‘बलात्कारी इन्काउन्टर’ काण्डमा मुख्य न्यायाधीशको बयान : ‘बदला र न्यायमा फरक छ’

भारतको हैदराबारमा पशु चिकित्सकमाथि भएको बलात्कार घटनाका ४ जना आरोपीलाई प्रहरीले ‘इन्काउन्टर’मा मारेपछि भारतमा यसको पक्ष/विपक्षमा बहस भइरहेको छ ।

कतिपयले बलात्कारीलाई मार्नु ठीक भएको र प्रहरीको गोली ठीक ठाउँमा प्रयोग भएको दाबी गरिरहेका छन् भने अदालतबाट मुद्दाको फैसला नभइ आरोपीलाई ‘इन्काउन्टर’को नाममा मार्नु ठीक नभएको तर्क गरिरहेका छन् ।


Advertisement

शुक्रवार अपराध अनुसन्धानका क्रममा आरोपीसहित घटनास्थलमा पुगेको प्रहरीले आरोपीहरू भाग्न लाग्दा इन्काउन्टर गरिएको जनाएको छ ।

वादविवादबीच भारतका मुख्य न्यायाधीश एसए बोबडेले एक बयान दिँदै बदला लिने उद्देश्यले गरिएको इन्काउन्टरले न्यायिक चरित्र गुमाउने टिप्पणी गरेका छन् । उनले यस्तो तरिकाले कहिल्यै पनि न्याय नमिल्ने बताएका छन् ।


Advertisement

यसअघि अभिवक्ता जीएस मणि र प्रदीपकुमार यादवले प्रहरी कारवाहीविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।

अधिवक्ताले अनुसन्धानका क्रममा प्रहरीले सन् २०१४ मा अदालतबाट प्रहरीलाई  दिइएको निर्देशनको पालना गरिएन । रिटमा इन्काउन्टरमा संलग्न प्रहरी कर्मचारीविरुद्ध मुद्दा दर्ता गरेर कारवाही हुनुपर्ने माग गरिएको छ । यो रिटमा अदालतमा सोमवार सुनुवाइ हुनेछ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्