सरकारलाई चित्रबहादुरको सुझावः सीमा विवादको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्छ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमाका बारेमा नेपालले भारतीय पक्षसँग स्पष्ट धारणा राख्न नसकेको बताएका छन्।

भारतले आफ्नो आन्तरिक नक्शामा लिपुलेक, कालापानी र लिम्पियाधुरा राखेपछि बहस भैरहेका बेला पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले सीमा विवाद मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्ने बताए।


Advertisement

उनले लिपुलेकमा भारत र चीनको मात्रै ट्रान्जिट प्वाईन्ट किन बनाइयो ?  र नेपाललाई किन राखिएन? भन्दै कडा प्रश्नसमेत तेर्साए ।

१८१६ मा नेपाल र ब्रिटिश सरकारबीच भएको सुगौली सन्धिका आधारमा नेपालको सिमाना दार्चुलाको काली नदी भएको उनको भनाइ छ।   १९६२ सालमा चीन र भारतबीच युद्ध भएको र भारतले युद्ध हारेपछि चिनियाँ भूभागबाट पछि हटेर कालापानीमा आफ्नो सेना राखेर बसेको पनि केसीले दृष्टान्त सुनाए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्