चितवनमा अटो पल्टियो, पाँच जनाको मृत्यु

चितवनमा अटो पल्टिँदा ५ जनाको मृत्यु भएको छ।

ना १ ह ६४०९ नम्बरको अटो राप्ती नगरपालिका ४ मा शनिबार बेलुका अनियन्त्रित भई पल्टिएको हो।


Advertisement

प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाका अनुसार मृतक कुस्मा नगरपालिका पिपलटारी बस्ने श्यामप्रसाद तिवारी बाहेक अन्य ४ जनाको परिचय खुल्न सकेको छैन।

दुर्घटनामा एक अर्का यात्रु पनि घाइते भएका छन्। घाइते २६ वर्षीय पुरुषको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 


Advertisement

अटो चेपाङमार्ग भएर चौकी डाँडातर्फ जाँदै गरेको थियो।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्