अनि स्वर्णबाट चुकिन् गौरिका

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग) मा २ वटा स्वर्ण जितेकी गौरिका सिंहले शनिबारको १०० मिटर ब्याकस्ट्रोकमा रजतमै चित्त बुझाउनु परेको छ।

सातदोबाटोस्थित पौडीपोखरीमा  भएको स्पर्धामा सिंहले निर्धारित दूरी १ मिनेट ३.१५ सेकेण्डमा पूरा गरिन्। स्पर्धामा उनी भारतकी मन्नाराजीव पटेलभन्दा १ सेकेण्डभन्दा कम दूरीले पछाडि परिन्। पटेलले सो दूरी १ मिनेट २.३५ सेकेण्डमा पूरा गरिन्।


Advertisement

जारी १३औँ सागमा  सिंहलेले दुई मिटर ब्याकस्ट्रोक र फ्रिस्टयालमा स्वर्ण जितेकी थिइन्। पौडीमा नेपालले हालसम्म दुई स्वर्ण, दुई रजत र एक कास्य जितेको छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्