कात्तिक २३, २०७८
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपालमा सडक दुर्घटनामा बर्सेनि सयौं मानिसले ज्यान गुमाएका छन्। जीवन गुमाउनेभन्दा दोब्बर संख्यामा गम्भीर घाइते छन्। यसबाट परिवार, समाज र राष्ट्रले ठूलो मूल्य चुकाइरहेको छ। दुर्घटनाबाट हुने मानवीय क्षतिको मूल्य छैन। पारिवारिक र सामाजिक पीडाको मापन हुँदैन।
दुर्घटनाबाट अर्थतन्त्रमा हुने क्षतिका सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले केही समयअघि अध्ययन गरेको थियो। अध्ययनले सडक दुर्घटनाबाट नेपालको अर्थतन्त्र (कुल गार्हस्थ उत्पादन) मा ०.८ प्रतिशत क्षति भएको अनुमान छ। अध्ययन २०७२ सालमा भएको थियो। त्यसयता नेपालमा सवारीसाधन दुर्घटना र मृत्यु हुनेको संख्या बढिरहेकाले कम्तीमा पनि ०.९ प्रतिशत हाराहारीमा अर्थतन्त्रमा क्षति भइरहेको अनुमान छ।
दुर्घटना बढ्दा यस्तो क्षति बर्सेनि बढ्दो छ। सडक दुर्घटनाले नेपाली अर्थतन्त्रमा अघिल्लो आर्थिक वर्षमा ३० अर्बभन्दा बढीको क्षति पुगेको आँकलन छ। गत आर्थिक वर्षमा नेपाली अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब रुपैयाँ छ।
ट्राफिक प्रहरी निर्देशनलायका अनुसार यो वर्ष साउनयता चार महिना (आर्थिक वर्ष २०७६/७७ साउन–कात्तिक) मा देशभर ५ हजार नौ सय ८१ सडक दुर्घटना भएका छन्। ती दुर्घटनामा पाँच सय ८२ जना मारिएका छन्। एक हजार ६ सय ९२ जना गम्भीर घाइते छन्।
निर्देशनालयका अनुसार प्रतिदिन औसत ३७ सवारीसाधन दुर्घटना हुन्छन्। हरेक दिन औसतमा ७ जना मारिन्छन् भने १२ जना गम्भीर घाइते हुने गरेका छन्।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले दुर्घटनाको ठूलो आर्थिक सामाजिक मूल्य रहेको बताए। ‘परिवारले भोग्ने पीडा छँदै छ, आयआर्जन गर्ने उमेरका परिवारका सदस्यको अंगभंग या मृत्यु हुँदा यसले भयावह समस्या सिर्जना गर्छ,’ उनले भने, ‘अंगभंग भएकाको उपचारमा ठूलो खर्च गर्नुपर्ने हुन्छ भने आर्थिक रुपले सक्रिय हुन नसक्ने जनसंख्या बढ्नु देशका लागि पनि दीर्घकालीन भार सिर्जना हुनु हो।’
गम्भीर घाइते आयआर्जनका क्रियाकलापमा सहभागी हुन सक्दैनन्। अरूको सहायतामा जीवनयापन गर्नुपर्ने भएकाले उनीहरूलाई परिवारका अन्य सदस्यमा आ िश्रत हुनुपर्छ।दुर्घटना न्यूनीकरण गरी मानिसको जीवन बचाए त्यसले आर्थिक विस्तारलाई टेवा दिनेछ।
डब्लूएचओका अनुसार नेपाल दक्षिण एसियाकै बढी सडक दुर्घटना हुने राष्ट्रमा पर्छ। हरेक वर्ष प्रतिएक लाख मानिसमा कम्तीमा १६ जनाले सडक दुर्घटनाकै कारण जीवन गुमाइरहेका छन्। विश्वभर हरेक वर्ष १३ लाख ५० हजार मानिसको सडक दुर्घटनामा ज्यान जान्छ। लाखौंको सख्यामा गम्भीर घाइते या अंगभंग हुने गरेका छन्।
प्रहरी नायब महानिरीक्षक पोखरेलले सडक दुर्घटना न्यूनीकरणमा पहिलो दायित्व चालककै हुने बताए। ‘जसले ड्राइभिङ गर्छ, सुरक्षित ढंगले सवारी चलाउनु उसको पहिलो कर्तव्य हुन्छ,’उनले भने। हामीकहाँ सडक दुर्घटनाका प्रमुख कारण चालकको लापरबाही नै हो। सडक अनुशासन कायम नगरी जथाभाबी ढंगले ड्राइभिङ गर्दा बढी दुर्घटना भइरहेका छन्।
तीव्र गति, ओभरटेक, ओभरलोड, पैदल यात्रुको लापरबाही, यान्त्रिक गडबडी, सडकमा खुला छाडिने चौपाया आदिका कारणले पनि सडक दुर्घटना हुने गरेका छन्। ‘तीव्र गति, ओभरटेक, सडक अनुशासन पालना नगर्ने, ओभरलोडका कारणले बढी दुर्घटना हुने गरेका छन्,’ उनले भने, ‘पछिल्लो समय स्थानीय तहले कुनै इन्जिनियरिङ बिना डोजर लगाएर कच्ची सडक निर्माण गर्ने र त्यहाँ ओभर लोड राखेर सवारी चलाउँदा दुर्घटना बढेको छ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...