×

NMB BANK
NIC ASIA

बन्ने भयो जोरपाटी–सुन्दरीजल सडक

मंसिर २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्राविधिक, सामाजिक तथा कानुनी कारणले सङ्कटमा जेलिएको जोरपाटीबाट सुन्दरीजल जाने सडक बन्ने भएको छ ।

Muktinath Bank

लामो समय धुलो र हिलोले सरकारकै आलोचना हुने मुख्य एजेन्डाजस्तै बनेको यो सडक निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विशेष चासो लिएपछि सडक बन्न लागेको हो । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले स्थानीयवासी सहभागी गराई विशेष पहल गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जोरपाटी–सुन्दरीजल सडकखण्ड विस्तारका लागि बिहीबार सरोकारसँग भएको बैठकले नयाँ स्वरूप दियो । स्थानीयवासीसँग संयुक्त बैठक बसेर पाँच निर्णय गरिऐको छ ।


Advertisment
Nabil box
Kumari

निर्णयलाई कार्यान्वयन गर्ने गरी शुक्रबार केही काम पनि भएको छ । बैठकमा सहभागी सो क्षेत्रका सङ्घीय सांसद कृष्ण राईका अनुसार जहाँ जस्तो सम्भव हुन्छ सडक बनाई छाड्ने प्रतिबद्धता गरी त्यसैअनुसार काम थालिएको छ ।

Vianet communication
Laxmi Bank

'स्थानीय सरकारलगायत सबै सरोकारवालाले प्रतिबद्धता जनाएर सोअनुसार काम पनि शुरू गरिएको हो,' उनले थपे ।

लामो समयदेखि अन्योलमा रहेको यो सडक बनाउन सर्वपक्षीय सहमति भएपछि निर्माण कार्य अगाडि बढ्नेमा आशावादी रहेको काठमाडाैं उपत्यका सडक विस्तार आयोजनाका प्रमुख अर्जुन अर्यालले बताए। उनका अनुसार सडकक्षेत्रमा पर्ने घरटहरा र रुख हटाउन शुरूगरिएको छ ।

अब सार्वजनिक स्थलक्षेत्रमा २२ मिटर सडक चौडा भए पनि विवाद भएका समस्या ग्रस्त क्षेत्रमा न्यूनतम १४ मिटर सडक क्षेत्र रेखाङ्कन गर्ने र बाटो बनाउनेमा गोकर्णेश्वर नगरपालिका, स्थानीय सरोकारवाला र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश तथा सङ्घीय संसद् सहमत भएका छन् । 'नगरपालिकादेखि स्थानीय र मन्त्रीस्तरबाट समेत सरोकारवाला सबैको सहमति भएकाले हामी बाटो बन्नेमा आशावादी छाैं,' अर्यालले भने, 'शुक्रबार सडक विस्तारका लागि थप रेखाङ्कनको काम पनि भएको छ ।' गोरखापत्र दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x