×

NMB BANK
NIC ASIA

दलहनको मूल्य आकासियो, दाल एक किलोमा ३० रुपैयाँसम्म मह‌गो

मंसिर २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो एक महिनामा दलहनको मूल्य आकासिएको छ । सो अवधिमा दालमा प्रतिकेजीमै ३० रुपियाँसम्म महँगो भएको हो ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल खुद्रा व्यापार सङ्घका अनुसार तेल, चामल, आँटा, चिनीलगायतको मूल्य प्रतिकेजी एक/दुई रुपियाँ मात्रै बढे पनि दलहनको मूल्य प्रतिकेजीमा ३० रुपियाँसम्म बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सङ्घका अनुसार पछिल्लो एक महिनामा मासको दाल सबैभन्दा बढी महँगो भएको छ । अघिल्लो महिना प्रतिकेजी १३० रुपियाँमा पाइने उक्त दाल अहिले बढेर प्रतिकेजीकै १६० रुपियाँ पर्छ । यस्तै, प्रतिकेजी ९० देखि १०५ रुपियाँमा पाइने मुसुरो दाल अहिले बढेर एक सयदेखि १३० रुपियाँ पर्ने भएको छ भने नेपाली रहर दाल प्रतिकेजी १४० रुपियाँबाट १६० पुगेको छ । मुङको खोस्टासहितको दाल प्रतिकेजी १५० बाट १६० रुपियाँ र छाँटा दाल प्रतिकेजी १५० बाट बढेर १७० रुपियाँ पुगेको छ । त्यसैगरी गेडागुडीमा राजमा, चना, केराउमा पनि अघिल्लो एक महिनाभन्दा प्रतिकेजीमा पाँचदेखि १० रुपियाँसम्म बढेको छ ।


Advertisment
Nabil box
Kumari

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले उपभोक्ता संरक्षण ऐन, २०७५ जारी भएको एक वर्षसम्म पनि नियमावली आउन नसक्दा बजार अनुगमन प्रभावकारी हुन नसकेको बताए।

Vianet communication
Laxmi Bank

उनले पछिल्लो समयमा बजार अनुगमनका क्रममा जतिसुकै ठूलो अपराध गरे पनि सामान्य जरिवाना मात्रै गर्ने प्रचलनले बजारमा डरलाग्दो बेथिति बढेको बताए। उनका अनुसार नेपाली बजारमा कुनै क्षेत्र यस्तो छैन, जहाँ उपभोक्ता नठगिएका होउन् । सरकारले १० वर्षदेखि बजार अनुगमन गर्दा मूल्यसूची र बिल बिजक भन्दै आएको छ र अहिले पनि त्यही मूल्य सूची बिलबिजक जारी गर्न परेको छ भने कसरी बजार अनुगमनको प्रभाकारी भयो ? उनले प्रश्न गरे। अध्यक्ष तिमिल्सिनाले सरकारको अनुगमन बिलबिजक र मूल्य सूचीमा मात्रै केन्द्रित हुँदा मूल्य, गुणस्तर र नामतौलमा उपभोक्ता झनै बढी ठगिने गरेको बताए।

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले पछिल्लो पटक दाल महँगो हुनुको कारण खासै नपाएको बताए। उनले भने, महँगो हुने भए सबै वस्तुको मूल्य बढ्नुपर्ने दाल मात्रै बढी महँगो भएको छ, सरकारका अनुगमनकारी निकायले पनि त महँगो हुनुको कारण खोज्नुपर्‍यो नि । त्यसो त विभागले चालू आर्थिक वर्ष २०२६÷७७ को साउनदेखि मङ्सिर १८ गतेसम्म उपत्यकामा ७३२ वटा व्यावसायिक फर्मको अनुगमन गरेकोमा २६१ वटा लाई ५१ लाख रुपियाँभन्दा बढी जरिवाना गरेको जनाएको छ । जरिवाना गरिएका फर्मलाई पाँच हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना तिराएको विभागले जनाएको छ ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले विमागबाट गरिने नियमित अनुगमन अहिले पनि भइरहेको जानकारी दिए। बजार अनुगमन निरीक्षकलाई तालिम दिने, बजार अनुगमन मापदण्ड तयार गर्ने काम भएपछि व्यवस्थित र प्रभावकारी अनुगमन अगाडि बढ्ने उनको दाबी छ । साथै उहाँले सरकारको पछिल्लो बजार अनुगमनमा बिलबिजक र मूल्य सूची बजार अनुगमनको पूर्वाधारका रूपमा लिएर यसमै केन्द्रित भएर अनुगमन भइरहेको पनि जानकारी दिए। उनले तरकारी र दालको मूल्य बढेको भन्ने कुराले आफ्नो ध्यानाकर्षण भएर यसको भोलि नै अनुगमन गरिने पनि प्रतिबद्धता व्यक्त गरे। गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x