×

NMB BANK
NIC ASIA

हिजो दिनभर : प्रहरीका २९ एसपी र डीएसपीको सरुवा, त्रिविका विद्यार्थीले उपचार खर्च पाउने

मंसिर २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रहरीका २९ एसपी र डीएसपीको सरुवा

Muktinath Bank

प्रहरी प्रधान कार्यालयले ८ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डीएसपी)को काज सरुवा गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रहरीको शुक्रवारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालय कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङ्जा र स्याङ्जाका राजकुमार लम्साललाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ । 


Advertisment
Nabil box
Kumari

सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईलाई प्रहरी प्रधान कार्यालय कानून शाखा, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका विश्वमणि पोखरेललाई सर्लाही, महानगरीय ट्राफिक प्रहरी महाशाखाका रविकुमार पौडेललाई जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र काभ्रेका जयराज सापकोटालाई २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरमा सरुवा गरिएको छ । 

Vianet communication
Laxmi Bank

धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारलाई महानगरीय ट्राफिक प्रहरी महाखाशा तथा कर्णाली प्रदेश प्रहरी कार्यालयका एसपी रवीन्द्र रेग्मीलाई धादिङमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नेपाल प्रहरीले शुक्रवार नै २१ प्रहरी नायब उपरीक्षकको समेत काज सरुवा गरेको छ ।

सागको महिला क्रिकेटमा नेपाललाई कास्य पदक

तेह्रौं दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेट स्पर्धामा आयोजक नेपालले कास्य पदक जितेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा तेस्रो स्थानका लागि शनिवार भएको स्पर्धामा माल्दिभ्सलाई १० विकेटले पराजित गर्दै नेपालले कास्य पदक जितेको हो । 

सागमार्फत महिला क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगितामा शुरूआत गरेको माल्दिभ्सलाई यसअघि लिग चरणको खेलमा समेत नेपालले पराजित गरेको थियो । 

त्रिविका विद्यार्थीले १ लाख रुपैयाँसम्म उपचार खर्च पाउने

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले यसै आर्थिक वर्षदेखि विद्यार्थीलाई उपचारका लागि १ लाख रुपैयाँसम्म उपलब्ध गराइने भएको छ । 

त्रिविका आङ्गिक क्याम्पसमा अध्ययनरत प्रतिविद्यार्थीलाई उपचार खर्च १ लाख रुपैयाँसम्म उपलब्ध गराइने त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए । यसअघि त्रिविले प्रतिविद्यार्थी ५० हजार रुपैयाँसम्मको खर्च गर्ने गरेको थियो । 

त्रिविले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पोखरा, धवलागिरी अञ्चल अस्पताल बागलुङ, प्रदेश अस्पताल सुर्खेत र भेरी अञ्चल अस्पताल नेपालगञ्जबाट सुविधा दिनेछ । 

ती अस्पतालसँग त्रिविले उपचार खर्चका लागि १ लाखसम्म खर्च गर्ने गरी सम्झौता गरेको छ । देशभरि आङ्गिक क्याम्पसमा अध्ययन गरेका विद्यार्थीले उक्त सुविधा पाउने छन् । सम्झौताअनुसार ती अस्पतालले प्रयोगशाला परीक्षण, शय्या शुल्कमा प्रतिविद्यार्थीलाई १ लाख रुपैयाँसम्म उपचार खर्च व्यहोर्ने गरेका छन् । उनले यसै आर्थिक वर्षमा अन्य क्याम्पस र अस्पतालसँग सम्झौता गर्ने तयारी गरिरहेको जानकारी दिए ।

बसको ढोका छेउमा उभिएर चुरोट खाँदाखाँदै खसेर यात्रुको मृत्यु

काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ तिरतिरे धारास्थित बीपी राजमार्गमा शनिवार बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा १ जनाको मृत्यु भएको छ ।

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना६ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

मृत्यु हुनेमा झापाको तोपगाछी–७ बस्ने ४२ वर्षीय खड्गनारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । गाडीको ढोका छेउमा उभिएर चुरोट खाँदै गरेको अवस्थामा हात फुत्केर लडेको प्रहरीले जनाएको छ ।

बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको गिरीले बताए ।

विप्लव नेकपानिकट २ जना विद्यार्थी नेता पक्राउ

नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेकपानिकट २ विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयले शुक्रवार राति पक्राउ गरेको छ । 

मंसिर १८ गते लेकम गाउँपालिका–१ को वडा कार्यालयको साइनबोर्ड मेटाएर विप्लव नेकपाको नाम लेख्नमा संलग्न रहेको भन्दै प्रहरीले खोजी गरिरहेका उनीहरूलाई शैल्यशिखर नगरपालिका–१ शिखर बलाँचबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लेकम–१ सर्मौलीका २० वर्षीय जीवनबहादुर विष्ट र बैतडी पुर्चौडी नगरपालिका–१० का २१ वर्षीय प्रेम महरा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

महोत्सवले उद्योग व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नेपाल भ्रमण वर्ष सन् २०२० लाई टेवा पुर्‍याउन मुलुकमा बेला बेलामा आयोजना हुने गरेका विभिन्न किसिमका महोत्सवले कला, संस्कृति, उद्योग र व्यवसायको प्रवद्र्धनमा ठूलो जोड पुग्ने बताएका छन् ।

झम्सिखेल युथ क्लबले आयोजना गरेको ‘झम्सिखेल महोत्सव–२०७६’ उद्घाटन समारोहमा शनिवार उनले विकसित देशले आफ्ना देशमा रहेका उद्योग र व्यवसाय प्रवद्र्धनका लागि समय समयमा विभिन्न प्रकारका महोत्सव गर्ने गरेका उल्लेख गरे ।

‘हाल मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेकाले यहाँ विभिन्न किसिमका महोत्सव आयोजना हुनुले बढीभन्दा बढी पर्यटकको मन जित्न सफल हुने अपेक्षा गरको छु,’ उनले भने ।

महोत्सवले प्लास्टिक मुक्त झम्सिखेल बनाउने योजना अघि बढाएकामा आफू निकै खुशी भएको मन्त्री थापाले बताए । झम्सिखेल समृद्ध भयो भने सम्पूर्ण मुलुक नै समृद्ध हुने गृहमन्त्री थापाको बुझाइ छ ।

कर्मचारीको कुशलता मूलद्वारदेखि नै झल्किनुपर्छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले कर्मचारीको कुशलता कार्यालयको मूलद्वारदेखि नै झल्किनुपर्ने बताएका छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, नापी विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभागद्वारा शनिवार आयोजित आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा कर्मचारीलाई निर्देशन दिँदै उनले आफ्नो व्यवस्थापकीय क्षमता कार्यालय प्रवेशसँगै झल्किने गरी काम गर्न आग्रह गरे ।

राष्ट्रसेवक कर्मचारीले जागिरे मानसिकताबाट माथि उठेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री अर्यालले उच्च मनस्थिति र सेवा भावनाका साथ कार्य क्षेत्रमा लाग्न अनुरोध गरे ।

मन्त्रालयले पहिलो पटक राष्ट्रिय भूमि नीति निर्माण गरेको बताउँदै उनले त्यसका आधारमा सरकारले अब एकीकृत भूमि ऐन बनाउने तयारी गरिरहेको जानकारी दिए ।

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणका सचिव सूर्यप्रसाद गौतमले कर्मचारीले जनतालाई सर्वसुलभ तरिकाले सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए । विभागका महानिर्देशक कृष्णप्रसाद ज्ञवाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी, गुठी प्रशासक नारायण चौधरी, कास्की जिल्लाका प्रजिअ रमेशकुमार केसीले आधुनिक प्रविधियुक्त सेवालाई प्रभावकारी बनाइँदै लगिएको जानकारी दिए ।

पिकनिक जानेक्रममा बिर्तामोड सडकमा बस दुर्घटना, १३ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै शनिवार बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।

झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए। 

प्रहरी निरीक्षक अधिकारीका अनुसार दुर्घटनामा परी बसका सहचालक मोरङ पथरी–१ निवासी ३० वर्षीय विकास लिम्बूसहित दमक–१० निवासी २७ वर्षीय सन्तोष खड्का, सोही ठाउँ निवासी १९ वर्षीय पवन खड्का र उर्लावारी–३ निवासी १७ वर्षीया स्मृति धिमाल रहेका छन् ।

त्यस्तै दुर्घटनामा परी दमक–१० निवासी १४ वर्षीय अभय धिमाल, मोरङ उर्लावारी–७ निवासी २२ वर्षीया माया घिमाल, दमक–१० निवासी १८ वर्षीया विविशा धिमाल, सोही ठाउँ निवासी १९ वर्षीया विनिता हमाल, २२ वर्षीय रोशन धिमाल, २८ वर्षीय नेत्र नेपाली, १८ वर्षीय आयुष नेपाली, १९ वर्षीय प्रदीप रिजाल र ४० वर्षीया नैनकला खड्का रहेका छन् । 

पुरुष म्याराथनमा नेपालको सफलता : किरणले दिलाए स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष म्याराथनमा शनिबार नेपालका किरण सिंहले बोगटीले स्वर्ण पदक जितेका छन् ।

बोगटीले निर्धारित ४२.१९५ किमिको दूरी २ घण्टा २१ मिनेट १७ सेकेन्डमा पूरा गरेका हुन् ।

त्यस्तै भारतका खेलाडीहरूले रजत र कांस्य पदक जितेका छन्।

एसपी र डीएसपीपछि ८ इन्सपेक्टरको पनि काज सरुवा, (सूचीसहित)

नेपाल प्रहरीका ८ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) को काज सरुवा भएको छ।

प्रहरी प्रधान कार्यालयले काठमाडौँ उपत्यकाका ३ वटा वृत्त र एक प्रभाग तथा  केही जिल्ला, इलाकाका इन्सपेक्टरको काज सरुवा गरेको हो।

सरुवा सूचीअनुसार इन्सेपक्टर दामोदर सिलवाल महानगरी प्रहरी महाशाखा रामशाहपथमा आएका छन् ।  महानगरीय प्रहरी प्रभाग बलम्वुमा खेमराज रावतको सरुवा भएकोमा निरञ्जन भभट्राई प्रहरी प्रधान कार्यालय अभिलेख तथा जाहेरी शाखा नक्सालमा पुगेका छन्।

सरकारलाई चित्रबहादुरको सुझावः सीमा विवादको मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्छ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सीमाका बारेमा नेपालले भारतीय पक्षसँग स्पष्ट धारणा राख्न नसकेको बताएका छन्।

भारतले आफ्नो आन्तरिक नक्शामा लिपुलेक, कालापानी र लिम्पियाधुरा राखेपछि बहस भैरहेका बेला पूर्वउपप्रधानमन्त्री समेत रहेका केसीले सीमा विवाद मुद्दा अन्तर्राष्ट्रिय अदालतमा लैजानुपर्ने बताए।

उनले लिपुलेकमा भारत र चीनको मात्रै ट्रान्जिट प्वाईन्ट किन बनाइयो ?  र नेपाललाई किन राखिएन? भन्दै कडा प्रश्नसमेत तेर्साए ।

१८१६ मा नेपाल र ब्रिटिश सरकारबीच भएको सुगौली सन्धिका आधारमा नेपालको सिमाना दार्चुलाको काली नदी भएको उनको भनाइ छ।   १९६२ सालमा चीन र भारतबीच युद्ध भएको र भारतले युद्ध हारेपछि चिनियाँ भूभागबाट पछि हटेर कालापानीमा आफ्नो सेना राखेर बसेको पनि केसीले दृष्टान्त सुनाए ।

कांग्रेस पार्टीमा बसिरहने र अन्तरघात गरिरहनेलाई कारवाही गर्नुपर्छ : देउवा

कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अन्तरघात गर्नेलाई कारवाही नभएसम्म पार्टीले चुनाव जित्न नसक्ने दाबी गरे ।

नेपाली कांग्रेस नगर समिति सिद्धार्थनगरको दोस्रो नगर भेला तथा साइकल/ह्वील चियर वितरण कार्यक्रमलाई शनिवार भैरहवामा सम्बोधन गर्दै देउवाले पार्टीमा बसिरहने र अन्तरघात पनि गरिरहनेलाई कारवाहीको आवश्यकता रहेकोमा जोड दिए ।

‘अन्तरघात गरेर पार्टीलाई हराउन लाग्ने नेता/कार्यकर्तालाई कसैले कुनै हालतमा बचाउनुहुँदैन, कारवाही नभएसम्म पार्टी हार्दै जान्छ,’ उनले भने ।

देउवाले पार्टीभित्र अन्तरघात भएसम्म कांग्रेसले चुनाव जित्ने सम्भावना नरहेको दाबी गरे । हालै सम्पन्न उपनिर्वाचनमा कांग्रेसले विशेषगरी धरानमा कम्युनिस्टको लालकिल्ला तोड्न सफल भएको देउवाले बताए ।

‘विगतदेखि पार्टीले पराजय भोग्दै आएको स्थानमा चुनाव जित्नु ठूलो सफलता हो,’ उनले भने । कास्की र दाङमा सहानुभूतिका कारण पनि नेकपाका महिला उम्मेदवारहरू निर्वाचित भएको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x