नेपाल भ्रमण वर्षलाई अमेरिकी पत्रकार नोयलले सहयोग गर्ने

क्रिस्टोफर फाउण्डेशन नामक संस्थाले भ्रमण वर्ष–२०२० सफल बनाउन सहयोग गर्ने भएको छ ।

फाउण्डेशनद्वारा  शनिबार आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष क्रिस्टोफर नोयलले भ्रमण वर्षमा नेपालमा २० लाख पर्यटक भित्र्याउन सरकारलाई सहयोग गर्ने जानकारी दिए। अन्तरराष्ट्रिय क्षेत्रमा मिडिया रिलेशनसीपमा सो संस्था स्थापना  भएको हो । संस्थाका अध्यक्ष नोयल अमेरिकन लेखक तथा पत्रकार हुन्।
 
सो अवसरमा उनले  आफूले नेपालका प्राकृतिक सुन्दरता, हिमालको अध्ययन तथा अनुसन्धान गरेको अनुभव सुनाउँदै नेपाल भ्रमण वर्षमा धेरै पर्यटक भित्र्याउन सकिने बताए
 
उनले भने, 'अगामी दिनमा नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्नुपर्छ । हिमालका बारेमा थप प्रचारप्रसारको खाँचो रहेको छ ।'
 


Advertisement


Advertisement

कमेन्ट गर्नुहोस्