मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
मंसिर २२, २०७६
सीता जन्मभूमि जनकपुरमा शनिबार अर्को इतिहास बन्यो, १९ वर्षीया संगीता धामीले फाइनलमा बंगलादेशकी सर्केररिमलाई हराएर कुस्तीको ५५ केजी तौल समूहमा स्वर्ण जितिन् । सागमा नेपाली खेलाडी कुस्ती च्याम्पियन बनेको यो पहिलो अवसर हो ।
‘संगीतामा केही गरेर देखाउने भावना थियो । मैले पहिल्यै भनेको थिएँ कि तिमीले जित्नेछौ, तिमीले देखाउनेछौ,’ प्रशिक्षक ब्रह्मदेव यादवले भने, ‘उनले त इतिहास नै बनाइन् ।’
खेल सकिएपछि केही भावुक बनेकी संगीताले भनिन्, ‘यो स्वर्ण मेरी आमाका लागि, नेपाल आमाका लागि । आमाको नाम मात्रै लेख्नुस्, बाबुको नलेख्नुस् ।’ कञ्चनपुरको भीमदत्त–३, महेन्द्रनगरकी संगीताको सफलतामा आमाको माया र बाबुको तिरस्कारले ठूलो भूमिका खेलेको छ । आमा धानादेवी धामका चार छोरीमध्ये साहिली हुन् संगीता । छोरी मात्रै जन्माएको भन्दै उनका बाबुले दोस्रो बिहे गरे ।
बुहारी र भतिजीहरू सहाराविहीन बनेपछि संगीताका ठूलोबाबुले आफ्नो जग्गामा झुपडी बनाइदिए, त्यही झुपडीमा संगीता र उनका दिदीबहिनी हुर्किए । ज्यालादारी गरेर गाँसको व्यवस्था गर्ने धानाले छरछिमेकीसँग ऋण सापटी गरेर भैँसी किनेपछि अवस्था केही सुध्रियो । संगीताले भनिन्, ‘घरमा अर्थोपार्जनको कुनै उपाय थिएन, त्यसैले आमाले ज्यालादारी गर्नुहुन्थ्यो । भैँसी किनेपछि दूध बेचेरै हाम्रो पालन–पोषण गर्नुभयो । दुई दिदीको बिहे गरिदिनुभयो ।’ अहिले संगीता बिए प्रथम वर्षमा स्वास्थ्य विषय पढिरहेकी छिन् । बहिनी ८ कक्षामा पढ्छिन् । विद्यालयस्तरदेखि नै कुस्तीमा रुचि राख्ने संगीताले भनिन्, ‘आमा र दिदीहरूकै सहयोगमा आज स्वर्णपदक जितेकी छु ।’ प्रशिक्षक यादवले संगीताको सफलता अन्य महिलाका लागि उदाहरण बन्ने बताए । ‘नेपाली महिलाले राष्ट्रको नाम चम्काउन सक्छन् भन्ने यसले देखाएको छ । कुस्ती खेलको लामो इतिहासमा यो पहिलो स्वर्ण हो,’ उनले भने ।
नेपाललाई दोस्रो दिन पाँच पदक
कुस्ती खेलमा यस स्वर्णसहित नेपालले जारी सागमा अहिलेसम्म नौ पदक जितेको छ । नेपालबाट शनिबार ५७ किलो तौल समूहमा अम्बिका भण्डारीले रजत, ७९ किलोमा बुनिलाल यादवले कांस्य, १२५ किलो तौल समूहमा राज यादवले कांस्य र ७० किलो तौल समूहमा सुरेश यादवले कांस्य हात पारेका छन् । यसअघि शुक्रबार शिवांगी दुवेले रजत, नरेशप्रसाद यादव, सरोजकुमार यादव र मनीषा सिंहले कांस्यपदक जितेका थिए । शनिबारको खेलमा पाकिस्तानले दुई स्वर्ण र दुई रजत गरी चार पदक जितेको छ । त्यसैगरी, शनिबार भारतले पाँच स्वर्णपदक जित्दै आफ्नो स्वर्णसंख्या नौ पु¥याएको छ । शनिबार श्रीलंकाले तीन रजत प्राप्त गरेको छ भने बंगलादेशले एक रजत र एक कांस्यपदक जितेको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...