×

NMB BANK
NIC ASIA

सिन्धुपाल्चोकमा आवास पुनःनिर्माणको काम अन्तिम चरणमा

मंसिर २२, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

भूकम्पपछि शुरू भएको निजी आवास पुनःनिर्माण सिन्धुपाल्चोकमा करीब अन्तिम चरणमा पुगेको छ । 

Sagarmatha Cement
Muktinath Bank

गुनासोबाहेक अबको केही महिनाभित्रै पहिलो चरणको पुननिर्माण सकिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन कार्यालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छयासी हजार ३४६ लाभग्राहीले पहिलो किस्ता लिएकामा ७४ हजार ६१८ लाभग्राहीले अन्तिम किस्ता लिइसकेका छन् । पुनःनिर्माण अन्तिम अन्तिम भए पनि लाभग्राहीले भने छानो नहाल्दा भने समस्या भएको छ । 


Advertisment
Nabil box
Kumari

प्राधिकरणको कार्यविधिअनुसार अन्तिम लेन्टल राखिएपछि लाभग्राहीले तेस्रो किस्ता लैजान सक्छन् ।  तेस्रो किस्ता लिएर छानो नहाल्ने लाभग्राही भने करीब दुई हजार पाँच सय भएको जिल्ला आयोजना कार्यन्वयन एकाइ (भवन) का प्रमुख सन्तोष निरौलाले जानकारी दिए। 
 
'कार्यविधिअनुसार छानो नहाले पनि हामीले तेस्रो किस्ता निकासा गर्नुपर्ने व्यवस्था छ तर लाभग्राहीले छानो भने नहालेको देखियो', किस्ता लिएको लामो समय हुँदासम्म लाभग्राहीले छानो नै हालेनन् । पुनःनिर्माण सम्पन्नपछि प्राधिकरणले लाभग्राहीहरुलाई पुनःनिर्माण सम्पन्न भएको प्रमाणपत्र दिने गरेको छ । सबै प्रक्रिया पूरा गरेपछि हामी प्रमाणपत्र दिन्छौँ तर छानो नहालेका लाभग्राहीहरुलाई भने प्रमाणपत्र दिन सकिँदैन”, निरौलाले भने।
 
वडावडामा खटिएका प्राविधिकले छानो राख्नका लागि लाभग्राहीलाई आग्रह गरे पनि अटेर गरेको उनले बताए। 'वास्तविक पीडितहरुले किस्ता नलिए पनि छानो हालेर बस्न शुरू गरिसकेका छन्, अटेर गर्नेहरु वास्तविक पीडित नभएको पनि हुन सक्छ, हामी त्यो पनि छानबिन गर्छौँ', प्रमुख निरौलाले भने। 

Vianet communication
Laxmi Bank

 भूकम्पपीडितले लिएको दोस्रो किस्ताको तथ्याङ्क हेर्ने हो भने अब जम्मा तीन हजार ९८० लाभग्राहीले मात्रै घर निर्माण शुरू गरेका छैनन् । पहिलो किस्ता लिएका ८६ हजार ३४६ लाभग्राहीमध्ये ८२ हजार ३६६ ले दोस्रो किस्तावापतको रु १ लाख हाता पारिसकेका छन् । दोस्रो किस्ताको तथ्याङ्क हेर्दा अब सात हजार ५०० मात्रै घर निर्माण हुन बाँकी रहेको छ । गुनासोबाहेक आउने दशैँभित्र सबै लाभग्राहीले नयाँ घर पाउने निरौलाले जानकारी दिए।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x