कात्तिक १३, २०८०
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
सुस्त गतिको विकास, भ्रष्टाचार, प्रदूषण, बेरोजगारीलगायत तमाम निराशालाई बिर्साउँदै १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली खेलाडीहरूले आशाको दियो बालेका छन् ।
आइतवार बिहानसम्ममा नेपाली खेलाडीले ४३ स्वर्ण, ३४ रजत र ६५ कास्य गरी कुल १ सय ४१ पदक जितेका छन् । साग खेलकुदमा नेपालको यो कीर्तिमानी प्रदर्शन हो । यसअघि आठौं सागको पदक तालिकामा दोस्रो स्थान हात पार्दा नेपालले ३१ स्वर्ण जितेको थियो ।
यसपटक जसले नेपाललाई स्वर्ण पदक दिलाएका छन्, तिनीहरूमध्ये अधिकांशको आर्थिक स्थिति बलियो छैन । पारिवारिक र व्यक्तिगत जीवनका समस्या तथा अभावको पर्वाह नगरी खेलाडीहरूले देशका लागि स्वर्ण पदक जितेका छन् ।
कराँते, तेक्वान्दो, पौडी, म्याराथोनमाजस्ता विधामा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरे । कुस्ती, साइकिलिङलगायतमा पनि नेपाली खेलाडीको प्रदर्शन सम्झनलायक रह्यो ।
रजत पदकमा चित्त बुझाउनु परेपनि नेपालले महिला भलिबलमा राम्रो प्रदर्शन गर्यो । फूटबलमा पनि नेपालको अहिलेसम्मको प्रदर्शन प्रशंसायोग्य नै छ ।
खेल क्षेत्रमा लागेका खेलाडीहरूलाई राज्यले पर्याप्त लगानी गरेको छैन । खेल क्षेत्र उपेक्षाको विषय बनिरहेकै छ । राष्ट्रिय बजेटको अत्यन्त थोरै हिस्सा मात्र खेल क्षेत्रमा छुट्याइने गरेको छ ।
साथै खेल क्षेत्र राजनीतिबाट पनि टाढा रहन सकेको छैन । राष्ट्रिय खेलकुद परिषद् खेल क्षेत्रका विज्ञभन्दा राजनीतिक भर्तिकेन्द्र बनेको छ ।
विदेशमा हुने अवसरमा खेलाडीको कोटामा राजनीतिक दलका कार्यकर्ताले असवर पाउने गरेका छन् ।
साग गेममा नेपाली खेलाडीले देखाएको कौशलले खेल क्षेत्रमा नेपालको भविष्य छ भन्ने कुरा पुष्टि गरेको छ ।
खेलकुदमा लगानी बढाउन र खेलाडीलाई प्रोत्साहन गर्न सके भविष्यमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले देशको नाम राख्नेमा दुई मत छैन ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ । नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...
कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कार्यशैली परिवर्तनको घोषणा गरेका छन् । ४५ मिनेट लामो सम्बोधनमा प्रचण्डले एक वर्षमा...
कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...
संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...
काकाकुल काठमाडौंको सपना र विकासको विद्रूप नमूना बनेको मेलम्ची खानेपानी आयोजना फेरि एकपटक उद्घाटन गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बनाइएको धारो खोलेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रच...
काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...