पुस ११, २०८०
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
मंसिर २२, २०७६
प्रधानमन्त्री ओली केही दिनको सधन उपचारपछि अस्पतालबाट बालुवाटारस्थित सरकारी निवासमा फर्किएका छन् । मिर्गौला रोगबाट पीडित प्रधानमन्त्री ओलीलाई एपिन्डिसाइटिसको बिमारीले अशक्त बनाएको छ ।
एपिन्डिसाइटिसको अपरेसन सफल भई बालुवाटार फर्किएपनि उनी काममा फर्किन केही समय लाग्नेछ । यसबाट पूणरूपमा निको भएपछि मिर्गौलाको उपचार चाँडो भन्दा चाँडो नगरी नहुने अवस्था छ । मिर्गौलाको उपचार गरी पूर्णरूपमा स्वस्थ्य भई प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न ओलीलाई केही महिना लाग्ने निश्चित छ । प्रधानमन्त्री ओलीको अस्वास्थ्यताका कारणले सरकारका तर्फबाट गर्नुपर्ने महत्त्वपूर्ण कामहरू ठप्प हुन थालेका छन् । यसरी प्रधानमन्त्री ओलीको अपरिहार्यतामा सिंगो राज्य व्यवस्था नेतृत्वविहीन हुँदै गएको मात्र छैन, कुशासनको दलदलमा फस्दै गएको छ । यही बेला सिमाना लगायतका जटिल–जटिल समस्याहरू खड भइरहेका छन् । प्रधानमन्त्री ओली पूर्णरूपमा स्वस्थ भएर काममा फर्किनुअघि नै मुलुकको शासन व्यवस्था सञ्चालनमा अपुरणीय क्षति हुने त होइन ? भन्ने चिन्ता बढेको छ ।
बहुदलीय संसदीय व्यवस्थामा राज्यका तिन अंगमा नेतृत्वदायी भूमिका कार्यपालिकाको हुन्छ । कार्यपालिकालाई दिशा, गति र नेतृत्व दिने प्रधानमन्त्रीले नै हो । अस्वस्थता लगायत कुनै पनि कारणले प्रधानमन्त्रीले नेतृत्व दिन नसक्ने अवस्था भएमा त्यसको प्रत्यक्ष प्रभाव सरकारको काममा मात्र होइन, राज्यका अन्य अंगमा पनि स्वतः पर्दछ । प्रधानमन्त्री ओलीको अस्वस्थताको नकारात्मक प्रभाव अहिले सम्पूर्ण राज्य व्यवस्थामा अस्वभाविक रूपमा पर्दै गएको छ । मन्त्री मण्डलको सामूहिक भावना मन्त्रीहरूमा टुट्दै गएको छ भने व्यक्तिगत स्वार्थ प्रभाव बढ्दै गएको छ । काँधमा काँध र पाइलामा पाइला मिलाएर सामूहिकताको भावनाको साथ मन्त्रीहरू हिँडेनन् भने सरकार सफल हुन गाह्रो हुन्छ । मन्त्रीमण्डलको पुर्नगठनपछि पनि मन्त्रीहरू सही बाटो अवलम्बन गर्न नसकेको स्थिति छ ।
प्रधानमन्त्री प्रणालीमा पार्टी र सरकारबीच समन्वय गर्ने गहन दायित्व प्रधानमन्त्रीमा हुन्छ । प्रधानमन्त्री ओली अस्वस्थ हुँदा पार्टी र सरकारबीचको सहकार्य प्रभावकारी हुन सकेको छैन । पार्टी र सरकारको काममा तालमेल मिलेको अवस्था छैन । दलीय व्यवस्थामा सरकार र पार्टीबीच तालमेल हुन सकेन भने सरकार असफल हुने सम्भावना बढी हुन्छ । नेकपाका आम नेता र कार्यकर्ताले आफ्नो पार्टी सरकारमा रहेको अनुभूति गर्न पाएका छैनन् । मन्त्रीहरू र उनीहरूको वरीपरीको घेराले मात्र सरकारमा रहेको अनूभूति गरेको अवस्था छ । प्रधानमन्त्री र मन्त्रीविरुद्ध हुने बाह्य आक्रमणको प्रतिरोध पार्टी नेता र कार्यकर्ताले नगरेबाट यही कुराको संकेत मिल्दछ ।
गत आम निर्वाचनमा नेकपाले अभूतपूर्व जनसमर्थन पाएको थियो । यस्तो जनसमर्थनको जगमा प्रधानमन्त्री बनेका ओलीको लागि केही गरेर देखाउने प्रतिकूलता कम अनुकूलता बढी थिए । प्रमुख विपक्षी पार्टी नेपाली कांग्रेस यति धेरै कमजोर अवस्था थियो कि उसमा सरकारको गलत कार्यहरूको विरोध गर्ने सामर्थ्य पनि थिएन । आमजनताको अन्ध समर्थन प्रधानमन्त्री ओलीप्रति थियो । यो स्थितिमा राष्ट्र र जनताको पक्षमा उल्लेखनीय काम गर्न सक्ने अवसर प्रधानमन्त्री ओलीको हातमा थियो । ढंग नपुर्याउँदा प्रधानमन्त्री ओलीको हातबाट यो अवसर एक–एक गरी गुम्दै गएको छ । अहिले प्रधानमन्त्री ओलीका अगाडि अनुकूलताभन्दा बढी प्रतिकूलता छन् । यस्तो अवस्थामा अस्वस्थ्य प्रधानमन्त्री ओलीले प्रतिकूलतालाई अनुकूलतामा परिणत गर्न त्यति सहज छैन ।
प्रधानमन्त्री भएलगत्तै योजनाबद्ध ढंगले जनताका अपेक्षा र राष्ट्रिय आवश्यकता पूरा गर्न ओली केन्द्रित भएको भए यस्तो निराशाजनक परिणाम आउने थिएन । सरकारको नेतृत्व पनि गर्ने र पार्टीको नेतृत्व पनि नछोड्ने दुईवटै हातमा लड्डुको नीति अख्तियार गर्दा प्रधानमन्त्री ओलीले न हाँसको चाल नत कुखराको चालको नियति भोग्नुपरेको हो । यस्तो नीतिबाट न त सरकारले काम गर्न सक्यो न त पार्टीले, दुवै क्षेत्र अस्तव्यस्त हुन पुगेका छन् ।
पहिलो चरणमा यसरी प्रधानमन्त्री ओली असफल हुँदा यिनीबाट पनि केही हुँदैन भन्ने नकारात्मक जनमत बनेको हो । पहिलो चरणमा भएका त्रुटिलाई सच्याउन नपाउँदै प्रधानमन्त्री ओली बिरामी परे । बिरामीपछि बिरामी र अस्पतालपछि अस्पतालको गोल चक्करमा फसेपछि प्रधानमन्त्री ओली काम गर्न सक्ने अवस्थामा नै रहेनन् । उनी अस्वस्थ हुँदा सरकार सञ्चालनमा सल्लाहाकारहरू अस्वभाविक रूपमा प्रभावी बने । प्रधानमन्त्री ओलीको अस्वस्थताबाट सल्लाहकारहरूले पार्टी, नेता, कार्यकर्ता र जनताबाट टाढा राखेर आफ्नो निहीत स्वार्थ पूरा गर्न खोज्दा सरकार निकै अलोकप्रिय भएको हो ।
विगतका असफलताका कारणहरूको समीक्षा गर्दै अब केही गर्ने जमर्को प्रधानमन्त्री ओलीले गरेका छन् । सल्लाहकारको परिवर्तन, मन्त्री मण्डल पुर्नगठन र पार्टी अध्यक्षको जिम्मेवारी प्रचण्डलाई दिएबाट यस्तो संकेत मिल्दछ ।
त्यसो त बढ्दो शारीरिक अस्वस्थताले प्रधानमन्त्री ओलीका अगाडि चुनौती थपेकै छ । प्रधानमन्त्री ओली आफू स्वस्थ्य हुँदै गएकाले देशका लागि केही गर्ने सन्देश अस्पतालको बेडबाटै दिने जमर्को गरे, तर उनको महत्त्वाकांक्षा र शारीरिक अवस्थाबीच तालमेल हुन सकेको छैन ।
प्रधानमन्त्री ओलीले बाँकी कार्यकाल सफल बनाउन युद्धस्तरमा काम गर्नुपर्ने हुन्छ । यसरी काम गर्न उनीलाई स्वास्थ्यले तत्काल साथ दिने सम्भावना छैन । एपिन्डिसाइटिसको अपरेसनबाट निको भएपछि तुरुन्त मिर्गौलाको उपचारमा प्रधानमन्त्री ओली विदेश जानुपर्ने अवस्था छ । एकातर्फ रोगको चिन्ता, अर्कातर्फ सरकारको चिन्ताले गर्दा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा जटिलता थपिने छ, तर यो स्थितिको आत्मासात गर्न प्रधानमन्त्री ओली तयार देखिँदैनन् । उनलाई घेराबन्दी गरेर निहीत स्वार्थ पूरा गर्दै आएकाहरू त कुनैपनि हालतमा प्रधानमन्त्री ओलीलाई आराम गर्न दिने पक्षमा छैनन् ।
२०६२/०६३ सालको जनआन्दोलनको उपलब्धिका रूपमा संघीय लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गर्ने प्रक्रिया कछुवा गतिमा घिस्रिरहेको छ । यसबाट आमजनता निराश हुँदै गएका छन् र यो व्यवस्थाप्रतिको आस्था र विश्वास अस्वाभाविक रूपमा घट्दै गएको छ । राष्ट्रिय राजनीति, जनताबीचको दूरी र अन्तरविरोध जसरी बढिरहेको छ, यो निकै चिन्ताजनक स्थिति हो । यस्तो अवस्था खडा हुनुको कारण राष्ट्रिय आवश्यकता र जनताका अपेक्षा पूरा गर्न सरकार असफल हुनु नै हो ।
यी सबै प्रतिकूलता र जटिलताका प्रमुख कारण प्रधानमन्त्री ओलीको अस्वस्थता नै हो । प्रधानमन्त्री ओलीको अस्वस्थ्यताबाट सरकार र पार्टीमात्र होइन, व्यवस्था नै संकटग्रस्त हुने सम्भावना प्रबल छ ।
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...