विद्यार्थीलाई ट्रकले ठक्कर दिएपछि कोहलपुर तनावग्रस्त, इलाका प्रहरी कार्यालयमा ढुंगामुढा [तस्वीरसहित]

तस्वीर : काँचुली खबर डटकमबाट

ट्रकको ठक्करबाट एक विद्यार्थी गम्भिर घाइते भएपछि बाँकेको कोहलपुर तनावग्रस्त बनेको छ ।

कोहलपुर नेपालगन्ज सडकखण्डको त्रिभुवन माविकी एक विद्यार्थीलाई ना २ ख ९४५९ नम्बरको ट्रकले ठक्कर दिएको थियो। 


Advertisement

बिहान पौने १० बजे ट्रकले विद्यार्थीलाई ठक्कर दिएपछि ती विद्यार्थीको मृत्यु भएको भन्दै स्थानीय तथा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।  प्रहरीले भने ती विद्यार्थीको मृत्यु नभघ गम्भिर घाइते भएकाे जनाएकाे छ । प्रहरी प्रधान कार्यालयका अनुसार, १२ वर्षकी प्रकृति चन्दको दुवै खुट्टा गम्भिर चोट छ । 

घटनापछि आक्रोशित विद्यार्थीहरूले विद्यार्थीलाई ठक्कर दिने ट्रकमा आजगनी गरेका छन् । सयौंको सँख्यामा रहेका विद्यार्थी तथा स्थानियवासीले दजनौं गाडी तोडफोड गरेका छन् ।


Advertisement

ट्रक चालकलाई भने प्रहरीले आन्दोलनकारीबाट बचाएर आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरीले भिडलाई नियन्त्रणमा लिन दुई दर्जन बढि हवाई फायर गरेको छ ।

आन्दोलत विद्यार्थीहरूले अहिले ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ गरेका छन् । 


 

कमेन्ट गर्नुहोस्