४ केजी २ सय ग्राम लागूऔषधसहित चिनियाँ नागरिक पक्राउ

४ किलो २ सय ग्राम लागूऔषध बनाउने कच्चा पदार्थ इफेड्रिनसहित प्रहरीले १ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले चिनियाँ ३१ वर्षका नागरिक च्याङ चाओ Zhang Chao लाई २ केजी २ सय ग्राम लागूऔषध बनाउन प्रयोग गरिने इफेड्रिनसहित पक्राउ गरेको लागूऔषध नियन्त्रण ब्यूरोका प्रहरी उपरीक्षक विरेन्द्रकुमार बस्यालले पत्रकार सम्मेलन गर्दै जानकारी दिएका हुन् । 


Advertisement

शुक्रवार प्रहरीले १० वटा फ्रेममा फल्स बटम बनाइ नेपालबाट न्यूजिल्याण्ड पठाउन लाग्दा प्रहरीले पक्राउ गरेको बस्यालले बताए ।

इफेड्रिनबाट एपफेटामाइन्, मेथा, यावा लगायत लागूऔषध बनाउन प्रयोग हुने प्रहरीले जनाएको छ । नेपालमा इफेड्रिन २ लाख २५ हजार र न्यूजिल्याण्डमा पुगेपछि यसको मूल्य ५० लाखसम्म पर्ने एसपी बस्यालले बताए ।


Advertisement

गत भदौ १२ गते यस्तै खालको ४ सय ७१ ग्राम स्डोइफ्रेड्रिनसहित आर्य फर्मा सिटिकल्सका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ परेको चिनियाँ नागरिकलाई लागूऔषध नियन्त्रण ऐन–२०३३ अन्तर्रगत मुद्धा दर्ताहुने प्रहरीले जनाएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्