निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष प्रस्तुत गर्‍यो उपनिर्वाचन प्रतिवेदन

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपतिसमक्ष प्रमुख आयुक्त थपलियाले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम उक्त प्रतिवेदन आज पेश गरेका हुन् ।


Advertisement

त्यस अवसरमा निर्वाचन आयोगका आयुक्तहरूको उपस्थिति थियो ।

प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा यही मंसिर १४ गते उपनिर्वाचन भएको थियो । 


Advertisement

उपनिर्वाचनबाट ५२ पदमा जनप्रतिनिधि चुनिएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्