गृह प्रदेश पुगेर वाणिज्यमन्त्री भट्टले भने—छोटी भन्सारको स्तरोन्नति हुन्छ

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले कञ्चनपुरको बेलौरी छोटी भन्सारको स्तरोन्नति गरिने बताएका छन्।

भन्सारको स्तरवृद्धिको माग गर्दै आइतबार ज्ञापनपत्र बुझाउन गएको बेलौरी उद्योग वाणिज्य सङ्घको टोलीसहितको प्रतिनिधिमण्डललाई आश्वस्त पार्दै मन्त्री भट्टले बेलौरी नाकाको समस्याबारे समाधान गर्न तत्पर रहेको बताए।


Advertisement

गृह प्रदेश (सुदूरपश्चिम) पुगेका उनले सुदूरपश्चिमसहित समग्र देशको आर्थिक विकासमा सकारात्मक भएर लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

कैलालीको अत्तरियास्थित मन्त्री भट्टकै निवासमा पुगेर सुदूरपश्चिम प्रदेशसभा सदस्य कुलवीर चौधरीसहितका नेता र बेलौरी उद्योग वाणिज्य सङ्घको टोलीले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएको हो । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्