प्रदेशको वातावरण विधेयकका लागि संसदीय कार्यदल

प्रदेश  ३ सरकारले वातावरण विधेयकका लागि कार्यदल गठन गरिएको छ। 

 प्रदेश सभाको उद्योग, वन तथा वातावरण समितिका सभापति रमा आले मगरका प्रदेश उद्योग, वन तथा पर्यटन मन्त्रालयलाई सुझाव दिन ५ सदस्यीय संसदीय कार्यदल गठन गरिएको हो।


Advertisement

सांसद विराजभक्त श्रेष्ठको संयोजकत्वमा रहेको कार्यदलमा  सांसदहरु निमा लामा, पार्वती सिलवाल, प्रतिमा श्रेष्ठ र मणि राम फुयाल छन्। 

आगामी अधिवेशनमा सदनमा वातावरण विधेयक पेश हुनेछ। विधेयक जनमुखी र दीगो बनाउन यसरी सुझाव संकलन गर्न लागिएको जनाइएको छ।


Advertisement

प्रदेश सभाको उद्योग, पर्यटन, वन तथा वातावरण समिति अन्तर्गत रहेर कामकारवाही गर्ने अख्तियारी पाएको कार्यदलले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रायललाई सरोकारवाला र विज्ञसँग छलफल गरी अध्ययन प्रतिवेदन बुझाउने कार्यदलका संयोजक  श्रेष्ठले बताए।
 

कमेन्ट गर्नुहोस्