×

NMB BANK
NIC ASIA

अपराधीलाई उन्मुक्ति दिन राष्ट्रसंघीय दबाब

मंसिर २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

लागुऔषध दुव्र्यसनमा जेल परेका तीन सोमालियालाई उन्मुक्ति दिन संयुक्त राष्ट्रसंघीय निकाय लागेको छ। राष्ट्रसंघको शरणार्थी मामिलासम्बन्धी उच्चायुक्त (यूएनएचसीआर)को नेपाल कार्यालयका अधिकारीले ती सोमालियाली आफूलाई बुझाउन अध्यागमन विभागमा दबाब दिएको उच्च स्रोत बताउँछ। यसका लागि उनीहरूले गृह मन्त्रालयसम्म लबिङ गरेका छन्।

Muktinath Bank

विभागले भने सोमालियाका नागरिक आवादी फाहाद युसुफ, इब्राहान अलिहाजी र जामा अब्दिफाथा अहमेदलाई निष्काशनको तयारी गरेको छ। मन्त्रालयले पनि लागुऔषध सेवनजस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिलाई बुझाउन नसकिने जवाफ यूएनएचसीआरलाई दिएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यूएनएचसीआरले तीनै जनालाई शरणार्थीको हैसियत दिएर संरक्षण गर्दै आएको थियो। उसकै संरक्षणमा रहेका बेला उनीहरूले लागुऔषध सेवन गरेका थिए। सोही प्रकरणमा प्रहरीले उनीहरूलाई २०७४ सालमा पक्राउ गरेको थियो। उनीहरूले दुई वर्ष जेल सजाय भुक्तान गरेका छन्। अदालतले उनीहरूलाई २०७४ असोज २८ देखि २०७६ भदौ २७ सम्म जेल सजाय तोकेको थियो। जेल सजाय भुक्तान गरेका उनीहरूलाई कारागार व्यवस्थापन विभागले थप कारबाहीका लागि गत भदौमा अध्यागमनमा बुझाएको थियो।


Advertisment
Nabil box
Kumari

यूएनएचसीआरले आफूलाई बुझाउन लबिङ गरे पनि गृह र अध्यागमनका अधिकारीले प्रस्ताव अस्वीकार गरेको स्रोत बताउँछ। विभागले उनीहरूलाई निष्काशन गर्न सोमालियासम्मको हवाई टिकट पेस गर्न भनेको थियो। तर, उनीहरूले सोमालिया जान अस्वीकार गर्दै टिकट पेस गरेनन्। विभागले उनीहरूलाई पुनः कारागार चलान गरेको छ।

Vianet communication
Laxmi Bank

सोमालियासम्मको हवाई टिकट पेस गर्नासाथ उनीहरूलाई निष्काशन गरिने अध्यागमनका निर्देशक रामचन्द्र तिवारी बताउँछन्। ‘गम्भीर अपराधमा मुछिएका विदेशीलाई निष्काशन गर्नुको विकल्प छैन’, निर्देशक तिवारी भन्छन्, ‘टिकटलगायत आवश्यक कागजात बुझाउनेबित्तिकै उनीहरूलाई निष्काशन गर्छौं।’ यूएनएचसीआरलाई इमेलमार्फत यसबारे जिज्ञासा राख्दा कुनै घटनाविशेषबारे टिप्पणी नगर्ने प्रतिक्रिया प्राप्त भएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x