एक महिलालाई भेट्न घरभित्रै पसेका युवकलाई उनको परिवारले रुखमा बाँधेर कुटेका छन् । यतिमात्र होइन महिलालाई पनि कपाल समातेर भुँइमा पछारियो ।
उनीहरूले पिटाइ खाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पिटेपछि परिवारका सदस्यहरूले उक्त युवकलाई समातेर प्रहरीको जिम्मा लगाइदिए । परिवारका सदस्यले उजुरी दिएपछि उक्त युवकलाई प्रहरीले गिरफ्तार गर्यो । पक्राउ पर्ने युवकको नाम जीतू गुर्जर हो ।
शनिवार जीतू गाउँकै प्रह्लाद कुशवाको घरभित्र पसे । उनी भित्र पसेपछि उनलाई घरका मान्छेहरूले समाते ।
उनलाई घरका मान्छेले सोधे- कसलाई भेट्न आएको ?
उनले जवाफ दिए- एक महिलालाई भेट्न आएको ।
त्यसपछि उनले पिटाइ भेटे ।
लोकान्तर संवाददाता