×

NMB BANK
NIC ASIA

नेपालमा पर्यटक भित्र्याउन चिनियाँ संस्थासँग सहमति

मंसिर २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल भ्रमण वर्ष २०२० को दौरानमा छिमेकी मुलुक चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न अन्तरदेशीय पर्यटन प्रवद्र्धन साझेदारीता अघि बढाइने भएको छ ।

Muktinath Bank

प्रयोजनका निम्ति प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र चाइना आउट बाउण्ड टुरिज्म रिसर्च इन्स्टिच्युट (कोट्री) बीच पर्यटन सहकार्यसम्बन्धी सम्झौता भएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्झौताअनुरूप चिनियाँ पर्यटकलाई नेपालमा भित्र्याउन आवश्यक बजारीकरण तथा प्रवद्र्धनात्मक कार्यक्रम, अनुसन्धानमार्फत आवश्यक ज्ञान तथा तथ्य सम्प्रेषण र वितरणलगायत मानव संसाधन विकाससम्बन्धी तालिम तथा कार्यशाला आयोजना गरिने जनाइएको छ ।


Advertisment
Nabil box
Kumari

कोट्रीसँग रणनीतिक साझेदारको रूपमा सहकार्य गर्ने सहमति भएको पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशसिंह बुडालले बताए । उनका अनुसार मंसिर २० गते भारतको नयाँदिल्लीमा पाटा इण्डिया च्याप्टरद्वारा आयोजित ‘टुरिजम पावर हाउस’ कार्यक्रममा पाटा नेपालका अध्यक्ष सुनिल शाक्य र कोट्रीका प्रमुख कार्यकारी (सीईओ) प्रोफेसर डा. वल्फ ग्याङ्गले सहकार्य सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

Vianet communication
Laxmi Bank

कार्यक्रममा पाटा नेपालका महासचिव विभूतिचन्द ठाकुर, सिइओ बुडाल र भ्रमण वर्ष २०२० का प्रबन्धक रोहिणी खनाल तथा कोट्रीका तर्फबाट हेडअफ सेल्स नवीनकुमार सहभागी थिए । कोट्री चाइनाको आउट बाउण्ड पर्यटन बजारको सन्दर्भमा अनुसन्धान, जानकारी, तालिम, गुणस्तर निर्धारण तथा परामर्श प्रदान गर्ने विश्वकै अग्रणी एवं प्रख्यात अनुसन्धान संस्था हो ।

पाटा नेपालद्वारा कोट्रीसँगको दीर्घकालीन सहकार्य गर्ने सम्झौता नेपालका लागि विश्वकै सबैभन्दा ठूलो पर्यटन स्रोत बजार (चीन) मा रहेको बृहत् अवसर र सम्भाव्यतालाई उजागर गर्न एक महत्वपूर्ण कदम भएको पाटा नेपालका महासचिव ठकुरीले जानकारी दिए । उनले पाटा नेपाल र कोट्रीको सहकार्य आगामी वर्ष फेब्रुअरी २२ देखि २५ सम्म काठमाडौंमा आयोजना हुने नाईस (नेपाल इण्डिया चाइना एक्सपो) देखि शुरूआत भई निरन्तर अगाडि बढ्ने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x