×

NMB BANK
NIC ASIA

नगदे बालीलाई व्यावसायिक बनाउन चिया कृषक पाठशाला

मंसिर २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पाँचथरमा यसअघि अदुवा, अलैंचीलगायत नगदे बालीलाई व्यावसायिक बनाउन सञ्चालन हुँदै आएको कृषक पाठशाला अब चियामा पनि लागू भएको छ ।

Muktinath Bank

कृषकलाई चिया उत्पादनको सरल तथा आधुनिक प्रविधि सिकाइ व्यावसायिक उत्पादन वृद्धि गर्ने उद्देश्यसाथ पाठशाला सञ्चालनमा ल्याइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषक पाठशालाले चियामा रहेका रोग किराका समस्या समाधान हुने अपेक्षा गरिएको छ । चिया तथा कफी विकास बोर्ड, चिया विस्तार आयोजना पाँचथरले फाल्गुनन्द गाँउपालिका–४ चिलिङदिनमा रहेको नामसामी चिया तथा कफी उत्पादक सहकारी संस्थामा पाठशाला सञ्चालनमा ल्याएको हो । 


Advertisment
Nabil box
Kumari

कार्यालयले चालू आर्थिक वर्षको कार्यक्रमअनुसार कृषकलाई व्यावसायिक बनाउने लक्ष्यसहित ‘असल कृषि अभ्यास चिया कृषक पाठशाला’ शुरूआत गरिएको कार्यालय प्रमुख प्रेमकुमार थिङले जानकारी दिए । निरन्तर प्राङ्गारिक चिया उत्पादन गर्दै आएको यस सहकारीमा आवद्ध कृषकलाई व्यावसायिक बनाउन पाठशाला सञ्चालनका लागि छनौट गरिएको उनले बताए ।

Vianet communication
Laxmi Bank

कृषक पाठशालामा उक्त सहकारीमा आवद्ध कृषकहरू प्रयोगात्मक सिकाइमा सहभागी हुने गरेका छन् । सहकारीमा पाठशाला सञ्चालन गर्न कार्यालयले आर्थिक र प्राविधिक सहयोग गरेको छ । कृषि प्राविधिक दीपक चौधरीले चियाको नर्सरी गर्ने तरिका, काँटछाँट प्रविधि, रोग किरा नियन्त्रण, पत्ति टिपाइसम्बन्धी तालिमलगायत चिया खेतीका सीप र प्रविधि प्रयोगात्मक विधिद्वारा कृषकलाई जानकारी गराउँदै आएका छन् ।

सहकारीको चिया बगान करीब ३०० रोपनी क्षेत्रफलमा फैलिएको छ । विक्रम संवत् २०५२ बाट विरुवा रोपणको काम थालनी गरी २०६० सालबाट चिया उत्पादन शुरू गरिएको सहकारीका अध्यक्ष मोतिराज नेम्वाङले जानकारी दिए ।

सहकारीले प्राङ्गारिक प्रमाणित भएको हरियो चिया पत्ति बिक्री गर्दै आएको छ । बर्सेनि २० हजार किलोग्राम हरियो चिया पत्ति बिक्री हुँदै आएको अध्यक्ष नेम्वाङले बताए । यहाँको हरियो चियापत्ति फिदिमस्थित कञ्चनजंघा टी स्टेटले खरिद गर्दै आएको छ ।

चियाको काँटछाँटका लागि आवश्यक यन्त्र तथा अन्य उपकरणको अभाव हुनु, ढुवानीको समस्याले दैनिक बिक्री गर्न नपाउनु, प्राङ्गारिक चियाको उचित बजार मूल्य नहुनु, उचित पारिश्रमिक उपलब्ध गराउन नसक्दा कामदारको अभाव हुनु लगायतले चिया सहकारीलाई व्यावसायिक उत्पादन गर्न समस्या पर्ने गरेको सहकारीको लेखा समिति संयोजक नरप्रसाद नेम्वाङको भनाइ थियो ।

कृषक पाठशालाको निरन्तरतासहित अन्य आर्थिक एवं प्राविधिक सहयोग हुनसके ग्रामीण कृषक चिया खेतीतर्फ आकर्षित हुनसक्ने सहकारीका अध्यक्ष नेम्वाङको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x