×

NMB BANK
NIC ASIA

नेकपा स्थायी कमिटी बैठक - महिना दिनमा बस्ने वाचा वर्ष दिनपछि पूरा

मंसिर २३, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

गत साल मङ्सिर २९ गते बसेको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक यो साल पनि मङ्सिर २९ मै बस्ने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सोमवार बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठक मङ्सिर २९ गते बोलाइएको जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गतसाल बसेको स्थायी कमिटी बैठक १४ दिनसम्म बसेको नेकपा स्थायी कमिटी बैठकमा सरकार र पार्टी संचालन प्रक्रियाको विरोध भएको थियो । स्थायी कमिटी सदस्यहरूले पार्टी एकीकरण भएपछिको पहिलो बैठकलाई सरकारको आलोचना गर्ने 'फोरम' बनाएका थिए ।


Advertisment
Nabil box
Kumari

बैठकले पार्टी एकीकरणको संगठनात्मक खाका तयार गर्न भन्दै गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा 'बादल'को संयोजकत्वमा एक समिती गठन भएको थियो । पुसभित्र एकताको खाका तयार गरिसक्ने र माघमा अर्को स्थायी कमिटी बैठक बोलाउने बताइएको थियो ।

Vianet communication
Laxmi Bank

स्थायी कमिटी बैठकले बनाएको उक्त समिति काम गर्न नपाई सचिवालयमार्फत विघटन भयो ।

यो एक वर्षको बीचमा पार्टी एकताका आधारभूत प्रक्रियाहरू सम्पन्न भएका छन् । बाँकी रहेका केही निकायहरू छिटै सम्पन्न हुने नेताहरूले बताउने गरेका छन् ।

तर त्यतिबेला माघमा बोलाउने भनिएको स्थायी कमिटी बैठक ठ्याक्कै एक वर्षमा बस्ने भएको छ ।

स्थायी कमिटी सदस्य वेदुराम भुसालले एक महिनामा बस्ने भनिएको स्थायी कमिटी बैठक एक वर्षमा बस्नु खुसीको कुरा नभएको बताए ।

'यो नयाँ कुरा होइन, हामीलाई बैठक बसौं र निर्णय अनुसार पार्टी संचालन गरौँ भनिरहेका थियौं,' भुसालले भने, 'अब बस्ने भनिएको छ । विधिसम्मत काम गर्न निरन्तरको बैठक आवश्यक छ । त्यही अनुसार सचिवालयले बैठक आह्वान गरेको छ । यसलाई ठिकै भयो भन्नुपर्ला ।'

गत मङ्सिर ४ गते बसेको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीका काम हेर्ने र प्रधानमन्त्री ओलीले सरकारको काम हेर्ने गरी कार्यविभाजन गरेको थियो । त्यसयता प्रचण्डले दुईपटक सचिवालय बैठक बोलाइसकेका छन् ।

यसपालिको स्थायी कमिटी बैठक पनि प्रचण्डकै अध्यक्षतामा हुने प्रचण्डनिकट स्रोतले दाबी गरेको छ ।

'अध्यक्ष प्रचण्डले पार्टी हेर्ने गरी कार्यविभाजन भएपछि उहाँको सक्रियता बढ्नु स्वाभाविक हो,' प्रचण्डनिकट एक नेताले भने, 'स्थायी कमिटी बैठकको अध्यक्षता पनि उहाँले नै गर्नुहुनेछ र त्यसपछिको केन्द्रीय कमिटीको बैठकको अध्यक्षमा पनि उहाँ निर्विकल्प हो ।'

एक वर्ष अघि बसेको स्थायी कमिटी बैठकले नै पार्टीको विधान संशोधन गर्ने निर्णय गरेको थियो । तर हालसम्म त्यो निर्णय कार्यान्वयन हुन सकेन । स्थायी कमिटी बैठकको मिति तय गरेसँगै सचिवालयले त्यतिबेलै आएका सुझावका आधारमा विधान संशोधन प्रस्ताव तयार गर्ने निर्णय गरेको छ ।

यस्ता छन् सोमवार बसेको नेकपा सचिवालय बैठकका निर्णयहरू :

– यसभन्दा अगाडि बसेको स्थायी कमिटी बैठकको निर्देशनलाई मान्दै पार्टी विधानमा केही संशोधन गर्ने सन्दर्भमा स्थायी कमिटीको निर्देशन र यसअघि सचिवालय बैठकमा नै भएका निर्णयलाई आधार मानेर संशोधन प्रस्ताव तयार गर्ने ।

– हालै सम्पन्न उपनिर्वाचन समीक्षाका क्रममा २२ गतेभित्र रिपोर्ट पठाउन भनिएकोमा केही कमिटीबाट रिपोर्ट अझै पनि प्राप्त नभएकाले ५ दिनभित्र सबै कमिटीले अनिवार्यरूपमा रिपोर्ट पठाउनुपर्ने र सचिवालयको अर्को बैठकमा महासचिवले ती रिपोर्टहरू पेश गर्ने ।

 – संगठन विभागले विभागको तहबाट एक कार्ययोजनासम्बन्धी प्रस्ताव बैठकमा पेश गरेको छ । यसबारे पार्टी अध्यक्षलाई सुझावहरू पेश गर्ने र त्यसबारे संगठन विभागसँग समेत छलफल गरी अर्को बैठकमा अध्यक्षले निर्णयार्थ पेश गर्ने ।

– विभिन्न जिल्लामा संगठनात्मक क्षेत्रमा देखिएको समस्याबारे आवश्यक छानबिन र समाधान गर्न संगठन विभागलाई जिम्मेवारी दिने ।

– केन्द्रीय विभागहरूको पूर्णताका निम्ति सम्बन्धित विभागका प्रमुख र उपप्रमुखले ७ दिनभित्र महासचिवमार्फत प्रस्ताव प्रस्तुत गर्ने र आगामी बैठकले विभागहरूलाई पूर्णता दिने ।

– पार्टीका कर्णाली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले दिएको राजीनामा अस्वीकार गर्ने र यथावत काममा फर्किन निर्देशन दिने ।

– पार्टी सचिवालयको आगामी बैठक यही मंसिर २७ गते अपराह्न बस्ने ।

– पार्टीको स्थायी कमिटी बैठक यही मंसिर २९ गते बिहान ११ बजेबाट शुरू हुनेगरी तय गरिएको छ । उक्त बैठक सामान्यतया २ दिनमा सम्पन्न गर्ने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x