नेकपा नेता नेपाललाई भेटे भारतीय राजदूतले

सत्तासिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का माधवकुमार नेपालसँग भारतीय राजदूत  मञ्जीवसिंह पुरीले भेटवार्ता गरेका छन्।

नेता नेपाललाई भेट्न पुरी उनकै निवास  कोटेश्वर पुगेका थिए। पुरी आफ्नो कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेकाले नेपालसँग बिदाइ भेट गरेको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।


Advertisement

 पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल नेकपाका विदेश मामिला विभाग प्रमुख पनि हुन्। सीमा विवाद हल गर्ने सम्बन्धमा नेपाललाई विशेषदूत बनाएर पठाउने खबर चर्चामा रहेका बेला भारतीय राजदूतले उनलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्