होमस्टेमा आगलागी हुँदा २६ लाखको क्षति

File Photo

इलामको श्रीअन्तुको घरवासमा (होमस्टे) सोमबार दिउँसो आगलागी भएको छ। 

विद्युत् सर्ट भएर आगलागी हुँदा २६ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 


Advertisement

सूर्योदय नगरपालिका– ५ अन्तुका मानवीर तामाङले सञ्चालन गरेको घरवासमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । आगलागीबाट तामाङको काठ र सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तला जलेर नष्ट भएको छ । आगलागीबाट चार तोला सुन, पाँच लाख नगद, लत्ताकपडा, भाडा वर्तन, फर्निचर, खाद्य सामग्री जलेर नष्ट भएका बताइएको छ । 

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक रमेश राईका अनुसार काठबाट बनाइएको घर भएकाले तत्काल आगो नियन्त्रणमा लिन समस्या भएको थियो । आगलागी स्थानीयवासीको सहयोगमा  प्रहरीले नियन्त्रणमा लिएका छन् । 


Advertisement

कमेन्ट गर्नुहोस्