×

NMB BANK
NIC ASIA

हिजो दिनभर : कार्यविभाजनपछि नेकपा अध्यक्षद्वय आ–आफ्नो काममा, पौडीमा गौरिकाले दिलाइन् चौथो स्वर्ण

मंसिर २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेविसंघले सार्वजनिक गर्‍यो कालापानी र लिपुलेक समेटिएको नक्शा

Muktinath Bank

भारतले नेपालीभूमि समेटेर नक्शा सार्वजनिक गरेपछि उत्पन्न राजनीतिक तरंगकाबीच विद्यार्थीले अतिक्रमित नेपाली भूमिसहितको नक्शा सार्वजनिक गरेका छन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल विद्यार्थी संघका नेता एवं ‘चिनौँ सीमा, जोगाऔं माटो’ अभियानका संयोजक नवराज त्रिपाठीको अगुवाइमा काठमाडौँको वसन्तपुरमा सोमबार हजारौं विद्यार्थीले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्शा प्रदर्शन गरेका हुन्।अतिक्रमित भूमि फिर्ता ल्याउन सरकारले पर्याप्त पहल नगरेको आरोप लगाउँदै नेविसङ्घले वृहद प्रदर्शनसहित नक्शा सार्वजनिक गरेको हो ।


Advertisment
Nabil box
Kumari

अभियानका संयोजक विद्यार्थी नेता नवराज त्रिपाठीले काठमाडौँका विभिन्न विद्यालयमा पुगेर नेपालको वास्तविक नक्शा बनाउन सिकाइएको जानकारी दिए। नेपालको भूमि मिचिदाँसमेत हजारौं नागरिकलाई आफ्नो देशको वास्तविक नक्शाबारे थाहा नभएको भन्दै त्रिपाठीले आम नागरिकलाई देशको भूमि चिनाउन अभियान गरिएको पनि जानकारी दिए।

Vianet communication
Laxmi Bank

नेविसङ्घका निवर्तमान महामन्त्री कुन्दनराज काफ्लेले गुमेको भूमि फिर्ता गराउने अभियानमा नेपाल विद्यार्थी सङ्घ ७७ वटै जिल्लामा सक्रिय हुने भन्दै सीमा मिचिँदासमेत सरकार गम्भीर नदेखिएको आरोप लगाए। 

४९ स्वर्णसहित नेपाल दोस्रो स्थानमा कायमै, कुन देशको कति पदक?

तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) मा नेपालको ४९ स्वर्ण पदकसहित दास्रो स्थानमा कायमै रहेको छ।

नेपालले सोमबारका खेल सकिँदासम्म ५१ रजत तथा ८३ कास्यसहित कूल १८३ पदक जितेको छ। 

भारत पदक तालिकाको शीर्षस्थानमै रहेको छ । भारतले १४३ स्वर्ण, ८३ रजत र ४३ कास्यसहित कूल २६९ पदक जितेको छ । श्रीलङ्का ३६ स्वर्ण, ७६ रजत र १०७ कास्यसहित तेस्रो, पाकिस्तान ३० स्वर्ण, ३३ रजत र ४९ कास्यसहित चौथो, बङ्गलादेश १९ स्वर्ण, ३० रजत र ७५ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र तीन कास्य जित्दै छटौँ तथा भूटान पाँच रजत तथा १३ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । 

नेपालले सोमबार बक्सिङमा दुई तथा पौडी र जुडोमा एक–एक स्वर्ण पदक जितेको हो ।

साग पदक तालिका:

देश    स्वर्ण    कास्य    रजत    जम्मा
भारत     १४३    ८३    ४३    २६९
नेपाल    ४९    ५१    ८३    १८३
श्रीलङ्का    ३६    ७६    १०७    २१९
पाकिस्तान    ३०    ३३    ४९    ११२
बङ्गलादेश    १९    ३०    ७५    १२४
माल्दिभ्स    १    ०    ३    ४
भूटान    ०    ५    १३    १८

नेकपाको अबको रणनीतिक लक्ष्य - वैज्ञानिक समाजवाद

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी एकताका सन्दर्भमा विभिन्न जिल्लामा केन्द्रको निर्देशनविपरीत काम भएका विषयमा छानविन गरी समाधान गर्न केन्द्रीय सङ्गठन विभागलाई जिम्मेवारी दिएको छ ।

पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा आज सम्पन्न बैठकले पार्टीका सदस्यको अभिलेखीकरण, नवीकरण र प्रशिक्षण अभियान सञ्चालनबारे सङ्गठन विभागले दिएको कार्ययोजनालाई अघि बढाउनेलगायतका निर्णय पनि गरेको छ ।

सोबारे सचिवालयका सदस्यको सुझावका आधारमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी सचिवालय बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने निर्णय भएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

मजदूर किसान पार्टीले पठायो नरेन्द्र मोदीलाई विरोधपत्र

नेपाल मजदूर किसान पार्टीले नेपाली भूमि अतिक्रमणको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरोधपत्र पठाएको छ ।

अतिक्रमित पश्चिमी सीमा लिम्पियाधुरा, लिपुलेक, कालापानी फिर्ता गर्न माग गर्दै पार्टीले नेपालस्थित भारतीय राजदूतावासमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीलाई विरोधपत्र पठाएको हो ।

विरोधपत्र दूतावासका द्वितीय सचिव भारती नन्दनलाई हस्तान्तरण गरिएको सांसद प्रेम सुवालले बताए । दूतावासमा विरोधपत्र हस्तान्तरण गर्नुअघि पार्टीले रत्नपार्कबाट शुरू गरेको विरोध जुलुस जमल, नागपोखरी, उत्तरढोका हुँदै लैनचौर पुगेको थियो ।

सीमा अतिक्रमणविरुद्ध देशभर विरोध भइरहेको छ भने सरकारले कूटनीतिक पहल गर्न नसकेको आरोप लागेको छ ।

पौडीमा गौरिकाले दिलाइन् चौथो स्वर्ण
१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालकी गौरिका सिंहले पौडीमा चौथो स्वर्ण जितेकी छन् । 

सोमवार सातदोबाटोस्थित पौडी पोखरीमा भएको सय मिटर इन्डिभिज्युल प्रतिस्पर्धामा गौरिकाले स्वर्ण पदक जितेकी हुन् । 

यससँगै उनले पौडीमा चौथो स्वर्ण हात पारेकी छन् । 

जारी सागमा हालसम्म नेपालले ४७ वटा स्वर्ण जितिसकेको छ । 

प्रदेश ३ सरकारले सागमा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही १ लाख दिने

प्रदेश नम्बर ३ को सरकारले १३ औं दक्षिण एसियाली खेलकुद 'साग'मा पदक जित्ने खेलाडीहरूलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । 

सोमवार बसेको प्रदेश नम्बर ३ सरकारको बैठकले ३ नम्बर प्रदेशका पदक विजेताहरूलाई नगद पुरस्कारसहित सम्मान र प्रोत्साहन गर्ने निर्णय गरेको हो । 

निर्णयअनुसार स्वर्ण पदक विजेताले जनही एक लाख, रजत पदक विजेताले ५० हजार र कास्य पदक विजेताले २५ हजार रुपैयाँ दिइनेछ । 

जारी साग खेलकुदमा हालसम्म नेपालले ४६ स्वर्ण, ४८ रजत र ७९ कास्य पदक जितिसकेको छ । 

नेकपाले मंसिर २९ गतेका लागि बोलायो स्थायी कमिटी बैठक

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट (नेकपा)ले स्थायी कमिटी बैठक बोलाएको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा सोमवार बसेको सचिवालय बैठकले मंसिर २९ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठअघि बैठकबाट बाहिरिएका वरिष्ठ नेता झलनाथ खनालले भने मंसिर २८ र २९ गतेका लागि स्थायी कमिटी बैठक बोलाउने निर्णय भएको जानकारी दिएका थिए ।

बैठक पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको थियो । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली भने बैठकमा सहभागी थिएनन् ।

बक्सिङमा नेपालाई सफलता : मिनु गुरुङले जितिन् स्वर्ण

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १३औं संस्करणमा नेपालले अर्को एक स्वर्ण थपेको छ ।

महिला बक्सिङको ५२ केजी तौल समूहमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक हात पारेकी हुन् ।

प्रशासनले भन्यो– कोहलपुरमा कर्फ्यू आदेश जारी भएको छैन

बाँकेको कोहलपुरमा कर्फ्यू आदेश जारी नभएको जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।

निमित्त प्रजिअ कृष्णप्रसाद उपाध्यायका अनुसार कोहलपुरका केही स्थानमा निषेधित क्षेत्र मात्र घोषणा गरिएको हो ।

आइतबार कोहलपुरस्थित त्रिभुवन माविकी छात्रा प्रकृति चन्दलाई ना२ख ९४५९ नंको ट्रकले किचेपछि विद्यार्थी समूह र स्थानीयवासीको विरोधका कारण कोहलपुर क्षेत्रमा तनाव उत्पन्न भएको थियो । 

तनावको अवस्थालाई मत्थर पार्न र कुनै ठूलो दुर्घटना हुन नदिन कोहलपुरको केही स्थानमा निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालयले हिजै जारी गरेको सूचनामा उल्लेख छ । 

यस्तो बन्दैछ फास्ट ट्र्याक : साढे १० किलोमिटर त पुल मात्र, ३ स्थानमा सुरुङ निर्माण हुने

काठमाडौं–निजगढ द्रूत मार्ग (फास्ट ट्र्याक)को ट्र्याक खोल्नेसहित जग लेभलको काम ८० प्रतिशत सम्पन्न भएको दाबी नेपाली सेनाले गरेको छ ।

द्रूतमार्ग निर्माणको जिम्मा पाएको सेनाले सोमवार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरी जग लेभलको काम ८० प्रतिशत सकिएपनि समग्रमा २८ प्रतिशत काम सम्पन्न भएको जानकारी गराएको हो ।

भौगोलिक अवस्था, पहुँच मार्ग, कार्य जटिलता, निर्माण गर्न लाग्ने समय आदिलाई मध्यनजर गरी निर्माण कार्यलाई प्राथमिकताका आधारमा विभाजन गरेर विभिन्न चरणमा काम अघि बढाइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

ललितपुरको खोकनाबाट शुरू भएर बाराको निजगढमा सम्पन्न हुने द्रूतमार्गको कूल लम्बाइ ७२.५ किलोमिटर हुनेछ ।

४ लेनको सडक पहाडी क्षेत्रमा २५ मिटर र समथर भू–भागमा २७ मिटर चौडाइको हुने नेपाली सेनाले जनाएको छ ।

द्रूतमार्गमा ८७ वटा त पुल नै हुनेछन् । पुलको मात्र लम्बाई १०.५९ किलोमिटर हुने बताइएको छ ।

यसका अलावा ३ स्थानमा सुरुङ निर्माण गरिनेछ ।

महादेवडाँडा, धोद्रे र लेनडाँडामा गरी ३ वटा सुरुङको कूल लम्बाइ ६ दशमलव ४१ किलोमिटर हुने सेनाले जनाएको छ ।

विद्युत् पोलमा ठोक्किएर कार दुर्घटना हुँदा १ जनाको मृत्यु

कपिलवस्तुको वाणगंगामा सोमवार बिहान कार दुर्घटना हुँदा १ जनाको मुत्यु भएकोे छ ।

पश्चिमबाट पूर्वतर्फ आइरहेको बा८च ६३९० नम्बरको कार वाणगंगा नगरपालिका–८ बोर्डगाउँ चोक नजिक दुर्घटना हुँदा कपिलवस्तु नगरपालिका–९ का २८ वर्षीय सुरेश पाण्डेको मृत्यु भएको छ । 

दुर्घटनामा अन्य ४ जना घाइते भएका छन् । तीब्र गतिमा रहेको कार विद्युत्को पोलमा ठोक्किएर दुर्घटनामा परेको हो । मृत्यु हुने पाण्डे आफैंले गाडी चलाएका थिए ।

घाइतेको कपिलवस्तु सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।

कार्यविभाजनपछि नेकपा अध्यक्षद्वय आ–आफ्नो काममा : ओलीले बोलाए क्याबिनेट, प्रचण्डले सचिवालय

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

नौ दिन लामो अस्पताल बसाइपछि बालुवाटार फर्केर आराम गरिरहेका प्रधानमन्त्री ओलीले सोमवार दिउँसो ४ बजे बालुवाटारमै मन्त्रिपरिषद् बैठक बोलाएका हुन् ।

यसअघि मन्त्रिपरिषद् हेरफेरपछि मंसिर ६ गते बैठक बसेको थियो । बैठकमा नवनियुक्त मन्त्रीहरूलाई बधाई र निर्देशन दिएका प्रधानमन्त्री ओली १० गते बिरामी परेपछि अस्पताल भर्ना भएका थिए ।

एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री ओलीको आकस्मिक शल्यक्रिया गरिएको थियो । ओली शल्यक्रिया गरिएको ९ दिनमा गत बिहीवार डिस्चार्ज भएका थिए । 

विद्यार्थीमाथि प्रहरी दमनविरुद्ध नेविसंघको प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

बाँकेको कोहलपुरमा स्कूले विद्यार्थीमाथि आइतवार प्रहरीले गरेको दमनविरुद्ध नेपाल विद्यार्थी संघले राजधानीमा प्रदर्शन गरेको छ ।

नेविसंघ काठमाडौं जिल्ला समिति र पशुपति क्याम्पस इकाइको आयोजनामा सोमवार चाबहिलमा विरोध प्रदर्शन भएको हो ।

विद्यार्थीहरूले प्रहरी दमनविरुद्ध चर्को नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा समेत मागेका छन् ।

पशुपति क्याम्पसबाट शुरू भएको र्‍याली चाबहिल चोक परिक्रमा गरी क्याम्पसमै आएर समापन भएको थियो । 

ट्रकको ठक्करबाट कोहलपुर– १० निवासी प्रकृति चन्द गम्भीर घाइते भएपछि विद्यार्थीले ट्रकमा आगजनीसहित प्रदर्शन गरेको थियो ।

त्यसक्रममा प्रहरीले विद्यार्थीहरूमाथि दमन गरेको हो ।

सात कक्षामा अध्ययनरत प्रकृतिको दुवै खुट्टा कामै नलाग्ने गरी किचिएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x