समुद्रमा अक्सिजनको मात्रा घट्यो, माछालगायत जलप्राणी संकटमा

जलवायु परिवर्तन र पोषक तत्वयुक्त प्रदूषणले समुद्रबाट अक्सिजन घट्दा माछालगायत जलप्राणी संकटमा परेको एक अध्ययनले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसिएन) ले एक बृहत् अध्ययनपछि सो निष्कर्ष निकालेको हो । अध्ययनअनुसार झन्डै ७ सय समुद्री क्षेत्रमा अहिले अक्सिजन अभाव छ । जब कि सन् १९६० को दशकमा जम्मा ४५ वटा समुद्री क्षेत्रमा अक्सिजन अभाव थियो, अक्सिजन अभावले टुना, मार्लिन र सार्क प्रजातिका माछाको जीवन जोखिममा परेको अनुसन्धानकर्ताको भनाइ छ ।


Advertisement

अध्ययनअनुसार खेतिपाती र उद्योगधन्दाबाट निस्किने नाइट्रोजन र फस्फोरसले समुद्री सतहको अक्सिजनको तहलाई प्रभाव पारेको छ । जति बढी कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ, समुद्रले अझै बढी तातो सोसिदिन्छ । चिसो पानीको तुलनामा तातो पानीमा अक्सिजनको मात्रा थोरै हुन्छ । वैज्ञानिकहरूका अनुसार सन् १९६० देखि २०१० को अवधिमा समुद्रमा अक्सिजनको मात्रा दुई प्रतिशतले घटेको छ । तर, केही उष्ण क्षेत्रमा ४० प्रतिशतसम्म घटेको छ ।

सानो परिवर्तनले सामुद्रिक प्रणालीलाई ठूलो असर गर्छ । समुद्रको न्यून अक्सिजन जेलिफिसका लागि उपयुक्त भए पनि टुनाजस्ता चाँडो पौडिने जीवलाई यसले नराम्रो असर गर्छ । ‘हामी केबल अक्सिजनको मात्रा अभाव भन्छाैँ, तर यसलाई जलवायु परिवर्तनसँग जोडेर हेर्दैनौँ, जुन वास्तवमै दुःखदायी पक्ष हो,’ आइयुसिएनका मिन्ना इप्सले भने । अक्सिजन अभावले टुना, मार्लिन र सार्क माछाको जीवन जोखिममा परेको अध्ययनमा दर्साइएको छ । यी ठूला माछालाई धेरै ऊर्जा आवश्यक पर्छ । नयाँ पत्रिकामा खबर छ । 


Advertisement

कमेन्ट गर्नुहोस्