फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले भारतले हालै जारी गरेको नक्सामा नेपाली भूमि नमिचिएको दाबी गरेका छन् ।
‘जुन सिमाना विगतका नक्साहरूमा थियो, त्यही नै नयाँ नक्सामा पनि छ,’ मंगलवार गोरखापत्र दैनिकलाई दिएको अन्तर्वार्तामा राजदूत पुरीले भनेका छन् ।
भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साले नेपालमा विवाद उत्पन्न गरेको छ । कालापानी आफ्नो भूमिमा पर्नेगरी नक्सा सार्वजनिक गरेकोमा सडकमा विरोध प्रदर्शनसमेत भयो । सडकमा भइरहेको विरोधलाई यहाँले पनि देख्नुभएको छ । यस्ता समस्यालाई कसरी समाधान गर्न सकिन्छ ? भन्ने प्रश्नमा राजदूत पुरीले यस्तो जवाफ दिएका छन् :
यो मुद्दामा मलाई बोल्न अप्ठ्यारो छ । त्यो नक्सा भारतभित्रका राज्यहरूको सीमामा भएका परिवर्तनसँग सम्बन्धित थियो । नेपाललगायत अन्य कुनै देशको बाहिरी सिमानासँग सम्बन्धित थिएन । जुन सिमाना विगतका नक्साहरूमा थियो, त्यही नै नयाँ नक्सामा पनि छ । हाम्रो युगौँदेखि रहँदै आएको एक हजार आठ सय किलोमिटर लामो खुला सीमा छ । हामी विशिष्ट भूगोल र समाजमा अवस्थित छौँ । त्यसैले त्यहाँ कुनै पनि मुद्दा हुन सक्छन् । यदि कुनै मुद्दाहरू छन् भने त्यसमा हामीले छलफल गर्नुपर्छ र समाधान निकाल्नुपर्छ । तर, हामीले केही विषयमा सावधान हुनुपर्छ, सचेत रहनुपर्छ, जसले कसैलाई फाइदा गर्दैन । मेरा लागि यो अत्यन्तै महत्त्वपूर्ण छ किनकि हामी एक–अर्कामा जोडिएकाले हामीसँगै रहेका छौँ र सँगै रहनेछौँ । र, हामीलाई थाहा छ– हामीले एक–अर्कालाई के गर्नुपर्छ ।
नेपाल सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न काम गरिरहेको छ । समृद्ध नेपालमा हाम्रोजस्तो निहित स्वार्थ अरू देशको हुन सक्दैन । हाम्रो समाज, अर्थतन्त्र एक–अर्कासँग जोडिएका छन् र हामी एक–अर्काबीच व्यवहार गरिरहेका छौँ । यदि तपाईं प्रगति गर्नुहुन्छ भने हामी पनि त्यसबाट लाभान्वित हुनेछौं । मलाई के विश्वास छ भने दुवै देशका सरकारहरू हाम्रो द्विपक्षीय मुद्दाहरूलाई अघि बढाउन परिपक्व छन् र दृढ छन् ।
सीमालगायतका विवादित मुद्दालाई समाधानका लागि के गर्न सकिन्छ ? तपाईंको कुनै सुझाव छ ?भन्ने प्रश्नमा राजदूत पुरीले यस्तो जवाफ दिएका छन् :
यदि कहीँ कतै त्यस्ता विवादित मुद्दा छन् भने त्यसमा द्विपक्षीय छलफल र वार्ताबाटै समाधान गर्नुपर्छ । म एउटा उदाहरण दिन्छु । नेपाल र भारतबीच खुला सिमाना छ र मानिस एक अर्को मुलुकमा स्वतन्त्र रूपमा आवतजावत गर्छन् । तर, कुनै वस्तुको ओसारपसार गर्नुपर्यो भने द्विपक्षीय व्यापार सन्धिमा उल्लेख भएका आधारमा मात्र नेपालबाट भारततर्फ वा भारतबाट नेपालतर्फ ओसारपसार हुन सक्छन् । वर्षौंदेखि यस्ता धेरै विषय थिए, जो समाधान भए । हामीले द्विपक्षीय वार्ताबाट समाधान गर्यौँ । यो स्वाभाविक हो केही मुद्दालाई समाधान गर्न समय लाग्छ । सीमाका मुद्दा पनि विगतमा समाधान भएका थिए ।
विगतमा जलाधार वा पानीढलोको सिद्धान्त वा अन्य भौगोलिक वस्तुलाई सीमा निर्धारणको आधार मानियो । तर, अहिले आधुनिक प्रविधिको प्रयोगबाट नदीले बाटो बदलेका कारण हुन सक्ने हेरफेरलाई पनि हामी निश्चित सीमाबिन्दु मान्यौँ । जब दुवै देशका सरकारले यो विषय समाधान गर्न सक्छन् भने उनीहरू अन्य कुनै पनि मुद्दालाई सम्बोधन र समाधान गर्न सक्छन् ।
नेपाल र भारतबीच ९८ प्रतिशत सीमा समस्या समाधान भएको छ ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...