×

NMB BANK
NIC ASIA

गहुँ ‘जोन’ कार्यक्रम

मंसिर २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गहुँमा आत्मनिर्भर हुने उद्देश्यसाथ पश्चिम नवलपरासीको चार स्थानीय तहमा गहुँ ‘जोन’ कार्यक्रम लागू भएको छ । सङ्घीय सरकारअन्तर्गतको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत चालू आव २०७६/०७७ देखि जिल्लामा सो कार्यक्रम सञ्चालन गरिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

हालै जिल्लामा स्थापना भएको परियोजना कार्यान्वयन एकाइमार्फत रामग्राम, सुनवल नगरपालिका तथा पाल्हीनन्दन र सरावल गाउँपालिकामा यो कार्यक्रम लागू गरिएको एकाइ प्रमुख वरिष्ठ कृषि अधिकृत राकेशकुमार ओझाले राससलाई जानकारी दिए। 'हाल यस क्षेत्रमा परम्परागत रुपमा गरिँदै आएको गहुँखेतीलाई व्यावसायिक तथा आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्ने र गहुँमा आत्मनिर्भर हुने उद्देश्यले कार्यक्रम लागू गरिएको हो, चार स्थानीय तहका केही वडामा यो वर्ष कार्यक्रम सञ्चालन हुनेछ, आगामी वर्ष विस्तार गर्दै जान्छौँ', प्रमुख ओझाले भने।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कार्यक्रम रामग्राम नगरपालिका १६ र १८, सुनवल नगरपालिका– ११ र १२ पाल्हीनन्दन गाउँपालिका–६ र सरावल गाउँपालिका ३ र ४ मा लागू भएको हो । कार्यक्रमअन्तर्गत लाभान्वित हुने कृषकको यसै महिनाभित्र सूचीकृत गरिने र करिब दुई हजार २०० हेक्टर क्षेत्रफलमा कार्यक्रम सञ्चालन हुने परियोजनाले जनाएको छ । राष्ट्रिय आवश्यकता, स्थानीय सम्भाव्यता र तुलानात्मक लाभको प्राथमिकताको आधारमा यस जिल्लाबाट गहुँबाली छनोटमा परेको हो । नेपाल सरकारले परियोजना लागू भएको एक वर्षभित्र गहुँमा आत्मनिर्भर हुने लक्ष्य लिएको छ । स्वसञ्चालित उन्मुख हुने गरी नेपाल सरकारबाट उपलब्धिमा आधारित सहजीकरण गरिने परियोजनाले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

कार्यक्रममार्फत कृषकलाई आधुनिक कृषि औजार तथा उपकरण, प्रविधियुक्त तालीम, साना सिँचाइ कार्यक्रम, पोष्ट हार्भेष्ट सेन्टर स्थापना, कस्टम हायरिङ सेन्टर स्थापनामा सहयोग गरिनुका साथै कृषको खेतीबारीमै पुगेर आधुनिक तरिकाले गहुँ उत्पादन गर्ने विधिको प्रदर्शन गर्ने, अन्य जिल्लामा नमूनाको रुपमा गहुँखेतीको अवलोकन गराउने कार्यक्रम रहेको परियोजनाले जनाएको छ । परियोजनाले ५० प्रतिशत अनुदान उपलब्ध गराउनेछ । 

Vianet communication
Laxmi Bank

कानूनीरुपमा दर्ता भएका कृषक समूह, कृषक उद्यमी, कृषि सहकारी, जल उपभोक्ता संस्थामार्फत यो कार्यक्रम सञ्चालन हुनेछ । 'कार्यक्रमले कृषकको जीवनस्तरमा परिवर्तन आउनेछ, अहिलेसम्मको परम्परागत खेती प्रणालीलाई परिवर्तन गर्दै कृषिमा व्यावसायिकरण गर्नेछ भन्ने  अपेक्षा छ, गहुँको आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्छौं', एकाइ प्रमुख ओझाले भने। 

कृषिको व्यवसायीकरणमार्फत औद्योगिकीकरणमा रुपान्तरणका लागि भौगोलिक सम्भाव्यता र तुलानात्मक लाभका आधारमा छनोट गरिएको जोन कार्यक्रमको क्षेत्र र बालीमा एकीकृतरुपमा सघन कृषि विकासका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए। कार्यक्रमबाट कृषकमा उत्साह थपिने गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष दीपक गुप्ता बताउँछन्। पश्चिम नवलपरासीमा हाल छ हजार ९१५ हेक्टर क्षेत्रफलमा गहुँखेती गर्ने गरिएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x