उकालो यात्रामा नेप्से

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । लगातार सुधारको दिशामा रहेको नेप्सेमा मंगलवार पनि २.४८ बिन्दुले बढेर एक हजार १५१.३६ बिन्दुमा पुगेको हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३३ बिन्दुले बढेर २५३.५० मा पुगेको छ । 

नेप्सेमा सुधार देखिँदा त्यसको प्रभाव कारोबार रकममा समेत परेको छ । कूल १७० कम्पनीको १६ लाख ६१ हजार ८२८ कित्ता शेयर ५० करोड तीन लाख २८ हजार ९१५ मूल्यमा खरीद बिक्री भए । 


Advertisement

कारोबार भएका  कूल १२ उपसमूह मध्ये आज चार उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयर बढेको छ ।

जलविद्युत् ४.५२, निर्जीवन बीमा २.९५, उत्पादन ८.५७ र अन्य ११.२३ बिन्दुले घटेका छन् । यस्तै बैंकिङ ७.०९, व्यापार २३.७६, होटल २८.१८, विकास बैंक १.९२, वित्त ०.४७, लघुवित्त १.८८, जीवन बीमा ९.१४ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ । 


Advertisement

 

कमेन्ट गर्नुहोस्