संसारकै कान्छी प्रधानमन्त्री साना मरिनबारे केही रोचक तथ्य

युरोपको सुन्दर देश फिनल्याण्डको प्रधानमन्त्री बन्दै गरेकी संसारकै कम उमेरकी सुन्दरी साना मरिनको चर्चा जताततै छाएको छ ।

निवर्तमान प्रधानमन्त्री एन्टी रिनेले गत डिसेम्बर ३ मा राजीनामा दिएपछि मरिन प्रधानमन्त्री बन्ने बाटो खुलेको हो ।


Advertisement

मरिन ३४ वर्षे विवाहित महिला हुन् । उनको इमा नामकी एक वर्षीया छोरी पनि छन् ।

उनी फिनल्याण्डको हेलिन्स्की शहरमा जन्मेकी हुन् । त्यसपछि उनको परिवार टेम्पियर शहरमा बसाईं सरेका थिए ।


Advertisement

उनी समलिंगी अविभावककी छोरी हुन् । उनले प्रशासनिक विज्ञानमा मास्टर गरेकी छन् ।

उनी २७ वर्षको उमेरमा टेम्पियर शहर परिषदको अध्यक्ष बनेकी थिइन् । त्यसपछि सन् २०१५ मा फिनल्याण्डको संसद हुँदै २०१९ मा यातायात तथा सञ्चार मन्त्री बन्न सफल भएकी हुन् ।

उनी प्रगतिशील वामपन्थी राजनीतिज्ञ हुन् ।

आफू प्रधानमन्त्री हुने भएपछि मरिनले बीबीसीसँग कुरा गर्दै आफ्नो उमेर र लिंगका बारेमा कहिल्यै केही नसोचेको बताइन् ।

मरिनले यही बिहीवार सपथग्रहण गर्ने सम्भावना छ ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्