×

NMB BANK
NIC ASIA

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई विजयबाबु स्मृति पत्रकारिता पुरस्कार

मंसिर २४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विजयबाबु स्मृति पत्रकारिता पुरस्कार २०७६ बाट लोकान्तर सञ्चार प्रालिका अध्यक्ष तथा वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी सम्मानित भएका छन् ।

Muktinath Bank

नेपाल समाचार केन्द्रले न्युज कारोबार डटकमको तेस्रो वार्षिकोत्सवको अवसरमा अधिकारीलाई मंगलवार पुरस्कार प्रदान गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले पुरस्कार हस्तान्तरण गरे । प्रमुख अतिथि नेपालले वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीलाई दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरे । स्व. पत्रकार विजयबाबुको स्मृतिमा स्थापना भएको पुरस्कार पहिलो पटक वरिष्ठ पत्रकार अधिकारीलाई प्रदान गरिएको छ ।


Advertisment
Nabil box
Kumari

स्व. विजयबाबु खत्रीले नेपालमा चलिरहेको पत्रकारिताको धारमा नयाँ क्षेत्र आर्थिक क्षेत्रमा कलम चलाउने प्रयत्न गरेको स्मरण गर्दै राष्ट्र बैंकका गभर्नर नेपालले भने, ‘अहिले कहाँबाट कतिबेला के छापिन्छ भन्ने त्राहीयुक्त वातावरण छ । पत्रकारिता क्षेत्र सबैभन्दा बढी अध्ययन गरिने क्षेत्र भएकाले समाजलाई कुन बेला के राम्रो हुन्छ, त्यो गर्नुपर्छ ।’

Vianet communication
Laxmi Bank

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले स्व. पत्रकार विजयबाबु खत्रीको स्मृतिमा अधिकारीलाई प्रदान गरिएको पुरस्कार नेपाली पत्रकारिता क्षेत्रलाई नै भएको बताए । ‘अहिले ठेगाना नै नभएका बेनामे अनलाइन र यूट्युबले पत्रकारिता क्षेत्रलाई नै प्रश्न उठाएको सन्दर्भमा पत्रकार ध्रुवहरि अधिकारी सम्मानित हुनु नेपाली पत्रकारिता क्षेत्रको नै सम्मान हो,’ अध्यक्ष आचार्यले भने ।

वरिष्ठ पत्रकार अधिकारी

पुरस्कार ग्रहण गर्दै वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले वाक स्वतन्त्रतालाई संविधानले पनि व्यवस्था गरेको उल्लेख गर्दै मिथ्या सञ्चारमाध्यमको बिगबिगी बढेको धारणा राखे । ‘समाचारको स्रोत आधिकारिक रुपमा नखुलाइकन प्रकाशन/प्रसारण गर्दा त्यसको विश्वसनीयता हुँदैन, मिथ्या समाचार र ट्रोलबाट सचेत हुनुपर्छ,’ अधिकारीले भने । पत्रकारिता क्षेत्रमा मर्यादाको प्रश्न उठेको बेलामा आफूले पाएको पुरस्कार नेपाली पत्रकारिता क्षेत्रको लागि भएको अधिकारीले बताए ।

स्व. पत्रकार विजयबाबु खत्रीको २०३४ सालमा स्याङ्जाको खिलुङ देउरालीमा जन्म भएको थियो । पत्रकारितामा सक्रिय रहेका सिलसिलामा दुर्घटनामा परेर २०६८ मंसिरमा खत्रीको निधन भएको थियो ।

स्व. पत्रकार खत्रीकी पत्नी लक्ष्मी श्रेष्ठले विगत ३ वर्षदेखि न्युज कारोबार डटकम सञ्चालन गरेर पत्रकारितालाई निरन्तरता दिएकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x