×

NMB BANK
NIC ASIA

मारुती सिमेन्ट उद्योगले जागिरबाट निकालिदिएपछि मजदुरले गरे आत्महत्या

मंसिर २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गोलबजार– ९ स्थित मारुती सिमेन्ट उद्योग व्यवस्थापन पक्षले रोजगारीबाट हटाएको सूचना जारी गरेको केही घण्टामै एक महिला श्रमिकले आत्महत्या गरेकी छन् । गोविन्दपुरकी अनितादेवी पासवान मंगलबार बिहान उद्योग नजिकै झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

Muktinath Bank

१५ वर्षदेखि स्थायी श्रमिकका रुपमा कार्यरत उनले आत्महत्या गरेपछि मजदूरहरूले प्रदर्शन गरेका छन्। पासवानलाई अपमान जनक ढंगले कामबाट निकालेर आत्महत्या गर्न बाध्य पारेको भन्दै आफन्त, मजदूरले क्षतिपूर्तिको माग गर्दै उद्योग घेराउ गर्नुका साथै पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरे। प्रहरीले दुई घण्टापछि राजमार्ग खुलाएको थियो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उद्योग व्यवस्थापनले सोमबार अवकास दिएको सूचना टाँसेको थियो। नियमित कामका लागि मंगलबार बिहान ७ बजे उद्योग पुगेकी पासवान अवकासको सूचना पाएपछि त्यहाँबाट फर्किएकी थिइन्। उनी उद्योग नजिकैं रुखमा ११ बजेतिर झुण्डिएको अवस्थामा फेला परेको उद्योगका प्रशासकीय अधिकृत एवं सुरक्षा संयोजक मोहन शर्माले जानकारी दिए। पासवान दैनिक बिहान ८ देखि ४ बजेसम्म उद्योगमा काम गर्थिन्।


Advertisment
Nabil box
Kumari

मजदूरहरूले सेवा सुविधाको विषयलाई लिएर माग गरी केही दिनदेखि उद्योगमा अवरोध गर्दै आएका थिए। अवरोधमा संलग्न अनितालाई उद्योग प्रशासनले मंसिर ६ र १३ गते दुई पटक स्पष्टीकरण सोधेको थियो। प्रशासकीय अधिकृत शर्माका अनुसार स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै सोमबार उनलाई सेवाबाट अवकाश दिएको थियो। उनी उद्योगको अखिल नेपाल औद्योगिक मञ्चकी सदस्य थिइन्।

Vianet communication
Laxmi Bank

सबै मजदुर काममा गएका बेला अनितालाई अपमानजनक ढंगले महिला प्रहरी लगाएर उद्योगबाट निकालेकाले हतोत्साहित भएर आत्महत्या गर्न पुगेको दाबी मजदुरहरूको छ। मजदुरहरूले उद्योग व्यवस्थापनसँग उचित क्षतिपूर्तिको माग गरेका छन।

आफूहरूले खाईपाई आएको तलब कात्तिक महिना देखि घटाएर आएको विषयमा व्यवस्थापनसँग छलफलको लागि माग गर्दा आफूहरूमाथि अनावश्यक आरोप लगाउँदै व्यवस्थापन पक्ष एकपक्षीय ढंगले कार्वाहीमा उत्रिएको मजदूर पक्षको आरोप छ।
उद्योग व्यवस्थापनले अनितासँगै मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष समेत रहेका विनोदकुमार महतो, सभ्यकुमार यादव, मोहनकुमार यादव र मिथिलेशकुमार यादवलाई पनि एक महिनाका लागि निलम्बन गरेको उनीहरूले जानकारी दिए।

उद्योगका मजदूरहरूले चिया, मिठा (सख्खर) वापत प्रत्येक दिन ५० रुपैयाँका दरले पाउँदै आएको सुविधा व्यवस्थापनले पछिल्लो कात्तिकबाट दिन छोडेको आरोप लगाएका छन्। यस विषयमा छलफल गर्न माग गरेकै कारण मृतक पासवानलाई रोजगारीबाट हटाएको मजदूरहरूको आरोप छ।

घटनापछि उद्योग व्यवस्थापनले मजदूरहरूलाई वार्ताका लागि बुधबार बिहान बोलाएको मधेसी कारखाना मजदुर मञ्चका अध्यक्ष विनोदकुमार महतोले जानकारी दिए। कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x