×

NMB BANK
NIC ASIA

अस्पतालजन्य फोहर व्यवस्थापनसम्बन्धी कार्यशाला शुरू

मंसिर २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

स्वस्थ नेपालका लागि एकीकृत स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन तथा स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ एवं स्वच्छता अभियानसम्बन्धी तीनदिने कार्यशाला राजधानीमा शुरू भएको छ ।

Muktinath Bank

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागलगायत संस्थाको आयोजनामा मङ्गलबारदेखि शुरूभएको कार्यशालामा स्थानीय तहका जनप्रतिनिधि, स्थास्थ्य संस्थाका अधिकारीलगायत गरी ३५० भन्दा बढीको सहभागिता छ । कार्यशालामा विश्व स्वास्थ्य सङ्गठन, जर्मन सहयोग जिआइजेड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, युनिसेफ, वाटर एड, एसएनभीलगायत संस्थाका प्रतिनिधिको पनि उपस्थिति छ ।
 
कार्यशाला उद्घाटन गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अस्पतालबाट निस्किएको फोहर सार्वजनिक स्थानमा फाल्दा उपचार पाएका बिरामीभन्दा बढीलाई सङ्क्रमण हुने गरेकाले अस्पतालजन्य फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए। 'विभिन्न स्थानमा अस्पताल माग हुने गरेको छ, माग गर्नुअघि त्यहाँ अस्पताल राखिनु वातावरणीय हिसाबले उपयुक्त छ कि छैन भन्ने हेरिँदैन, बनिसकेपछि ठक्कर खाएर यहाँ बनाउनु नहुनेरहेछ भन्ने चेत आउने गरेको छ, अब बेलैमा ध्यान दिने गरौँ, अस्पताल बनाउनुअघि वातावरणीय दृष्टिले ठीक छ/छैन भन्नेबारेमा अध्ययन गर्ने गरौँ', उनले भने।
 
मन्त्रालयका सचिव खगराज बरालले अस्पताल खोल्ने बेलैमा फोहर व्यवस्थापन गर्ने विधि भएपछि मात्र स्वीकृति दिने व्यवस्था भए पनि मानिसमा भएको चिन्तनको समस्याले कार्यान्वयन हुननसकेको बताए। घर–घरमा कुकुर पाल्ने काठमाडौं, पोखराजस्ता ठूला शहरका मानिसले दिसा गराउन बिहान–बिहान बाहिर निकाल्नेजस्ता कृत्यलाई दुरुत्साहित गरिनुपर्ने उनको भनाइ थियो । विभागका महानिर्देशक डा रोशन पोखरेलले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि देश सुहाउँदो अन्तरराष्ट्रिय मान्यताप्राप्त विधि तय गर्न सरोकार भएका निकायका प्रतिनिधि डाकेर कार्यशाला आयोजना गरिएको बताए।
 
वीरगञ्ज उपमहानगरपालिकाका प्रमुख विजय सरावगीले वातावरणविद् नहुँदा स्थानीय तहमा वातावरणीय व्यवस्थापनमा समस्या हुने गरेको बताए। वातावरण विषयका विज्ञ नगरक्षेत्रमा नहुँदा नसर्ने रोगको सङ्क्रमण बढिरहेको गुनासो उनको थियो । विभागका व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल, वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन शाखा प्रमुख चुडामणि भण्डारी, नेपालका लागि जर्मनी राजदूत रुमान सेफर्ड, कुनै क्षतिविना स्वास्थ्य सेवाका अन्तरराष्ट्रिय विज्ञान एवं नीति संयोजक रुठ स्ट्रिन्जरलगायतले अस्पतालजन्य फोहर व्यवस्थापनका लागि अपनाउनुपर्ने विधिका विषयमा विचारपत्र प्रस्तुत गरेका थिए ।
 
बिहीबारसम्म चल्ने कार्यशालामा यससम्बन्धमा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि सरोकार भएका निकायका प्रतिनिधिले छलफल गर्ने कार्यक्रम छ । दुई दिने छलफलपछि बिहीबार बेलुकी घोषणापत्र जारी गरेपछि कार्यशाला सम्पन्न हुने जनाइएको छ । अस्पतालजन्य फोहर व्यवस्थापनसम्बन्धी कार्यशाला नेपालमा पहिलोपटक कार्यक्रम आयोजना गरिएको हो ।
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x