×

NMB BANK
NIC ASIA

कर्णालीका तीन जिल्लालाई उज्यालो बनाउने योजना

मंसिर २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी तीन वर्षभित्र कर्णाली प्रदेशका तीन जिल्लालाई पूर्ण रूपमा विद्युतीकरण गरिसक्ने लक्ष्य राखिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सामुदायिक विद्युतीकरण कार्यक्रमले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटलाई उक्त अवधिमा पूर्ण विद्युतीकरण गरी उज्यालो जिल्ला घोषणा गर्ने लक्ष्य लिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालका अध्यक्ष नारायण ज्ञवालीले पूर्ण विद्युतीकरणको लक्ष्य हासिल गर्न गत आर्थिक वर्षदेखि सुर्खेत र दैलेखमा सामुदायिक विद्युतीकरणमार्फत् विद्युतलाइन विस्तारको काम भइरहेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार दैलेखका नारायण नगरपालिका, गुराँस गाउँपालिका, भगवतीमाई गाउँपालिका, महाबु गाउँपालिका, भैरवी गाउँपालिका र नौमूले गाउँपालिका तथा सुर्खेतका सिम्ता गाउँपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिका र चिंगाड गाउँपालिकामा यो कार्यक्रम लागू छ ।

Vianet communication
Laxmi Bank

चिंगाड गाउँपालिकामा चिंगाड विद्युत् सहकारी संस्थामार्फत विद्युतीकरण कार्य सञ्चालन भइरहेको छ । जाजरकोटमा पनि चालू आवमै सामुदायिक विद्युतीकरणमार्फत विद्युत् सेवा विस्तार गर्ने तयारी थालिएको छ । 

हाल ५३ जिल्लामा लागू भएको सामुदायिक विद्युतीकरण परियोजनामा समुदायको १०, सम्बन्धित स्थानीय तहको १० र सङ्घीय सरकारको ८० प्रतिशत लगानी छ ।

'सरकारको तीन वर्षभित्र पूर्ण विद्युतीकरण गरिसक्ने लक्ष्य पूरा गर्न विद्युत् प्राधिकरण, सामुदायिक विद्युतीकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आआफ्नो क्षेत्रबाट ऊर्जा उत्पादन तथा विस्तार गरिरहेको अवस्था छ', अध्यक्ष ज्ञवालीले भने, 'विद्युत् प्राधिकरण नपुगेको ठाउँमा उपभोक्ताको अग्रसरतामा सामुदायिक विद्युतीकरणको अवधारणा लागू गरेर विद्युत् सेवा विस्तारको काम भइरहेको छ ।'

उनले सुर्खेत र दैलेखमा विद्युतीकरणका लागि करिब रु एक अर्ब लाग्ने बताए । सरकारले चालू आवमा ४० जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने लक्ष्य लिएको छ ।

सुर्खेतमा आज सञ्चारकर्मीसँग कुरा गर्दै विद्युतीय चुलोका अभियन्तासमेत रहेका ज्ञवालीले सरकारले खाना पकाउने एलपी ग्यासमा दिएको अनुदानको सट्टा विद्युत् महशुलमा छुट दिने हो भने उपभोक्ताको पैसा बचत हुने धारणा राखे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x