×

NMB BANK
NIC ASIA

इन्धनले असुरक्षा

पेट्रोल पम्प भद्रगोल हुँदा आगलागीको जोखिम : सर्वसाधारण त्रसित, प्रशासन निरीह !

मंसिर २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवलको मिलनचोकस्थित भारी आयल स्टोर घरभित्रबाटै सञ्चालित छ । बुटवलको मुख्य चोकमा घरबाटै सञ्चालित पेट्रोल पम्पले त्यस क्षेत्रमा जोखिम बढाएको छ ।

Muktinath Bank

राजमार्ग चौराहा नजिकै रहेको भैरव आयल स्टोर नजिकै सिद्धार्थ कटेज रेस्टुरेन्टसँगै गाडीहरू मर्मत गर्ने वर्कशप छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुटवल हस्पिटल लाइनमा रहेको गैरे पेट्रोल पम्पको वरिपरि होटल र मेडिकलहरू छन् । पम्प र त्यहाँ सञ्चालित टहरामा उत्तिकै जोखिम छ । 


Advertisment
Nabil box
Kumari

पाल्पा बसपार्कमा ज्योति पेट्रोल पम्प घरसँगै जोडिएको छ । यी ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल बजार क्षेत्रभित्र रहेका जोखिमयुक्त पेट्रोल पम्प हुन् । 

Vianet communication
Laxmi Bank

बुटवलका पम्पहरू नेपाल आयल निगमले तोकेको मापदण्डविपरीत सञ्चालित छन् । बजार क्षेत्रमा भद्रगोल रूपमा सञ्चालित पेट्रोल पम्पमध्ये बजारको बीचैमा सानो ठाउँमा पम्प सञ्चालन गर्दा आगलागीको जोखिम हुने गरेको छ ।

पेट्रोल, डिजेल, मट्टितेलजस्ता अति प्रज्वलनशील पदार्थको कारोबारस्थल असुरक्षित र मापदण्ड विपरीत हुँदा समेत नियमनकारी निकायले कुनै चासो दिएको देखिँदैन । 

पटक–पटक उजुरी गर्दा समेत नियमनकारी निकाय उदासीन छ । बजारमा रहेका पेट्रोल पम्पको अनुगमन गर्ने जिम्मा नेपाल आयल निगमको हो । नेपाल आयल निगम भलवारी डिपो प्रमुख सुरज शाहले बजार क्षेत्रमा सञ्चालित धेरै पेट्रोल पप्पले जोखिम बढाएको स्वीकार गरे । ‘पप्पहरू व्यवस्थित गर्न आवश्यक छ तर सरकारले केही नियम बनाउनुपर्छ,’ उनले लोकान्तरसँग भने । 

बुटवलसँगै आसपास क्षेत्रहरू (सैनामैना, तिलोत्तमा, देवदह, सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक नगरपालिकामा सञ्चालित पेट्रोल पम्प पनि मापदण्ड अनुसार चलेका छैनन् । जसले गर्दा बजारवासीदेखि सर्वसाधारणले त्रासमा बस्नुपरेको छ । मापदण्ड विपरीत सञ्चालनमा रहेका पेट्रोल पम्पबाट एकातर्फ सर्वसाधारणले त्रासमा बस्नुपरेको छ भने अर्कातिर सिंगो बुटवल क्षेत्र नै ठूलो विपद्को जोखिममा परेको छ । नेपाल आयल निगम भलवाडी डिपो प्रमुख सुरज शाहले पुरानो विनियमलाई नयाँ मापदण्डमा नलैजाँदा पुराना पप्पलाई व्यवस्थित गर्न नसकिएको बताए । 

‘यो समस्या देशभर नै छ । २०५३ भन्दा पहिला सञ्चालन भएका पम्पहरू व्यवस्थित छैनन् । सडकको नजिकै छन् । बस्तीसँगै छन् । यिनलाई नयाँ मापदण्ड अनुसार सञ्चालनका लागि नयाँ नियमले केही बोलेको छैन,’ उनले भने, ‘शुरूमा सानो क्षेत्रमा खुले बजार विस्तार हुँदा पप्प विस्तार गर्ने ठाउँ भएन । त्यसैले नीति नै परिर्वतन गर्न आवश्यक छ ।’

मापदण्डमा सडकभन्दा २५ मिटर परको दूरीमा मात्रै पम्प सञ्चालन गर्न पाइने उल्लेख छ । मापदण्ड अनुसार पम्प अगाडिको भू–भाग कालोपत्रे हुनुपर्ने, शौचालय हुनुपर्ने, पानीको धारा हुनुपर्ने उल्लेख छ तर अधिकांश पप्पमा यी कुनै पनि कुरा लागू भएको देखिँदैन । रूपन्देही जिल्लामा १४५ वटा पेट्रोल पम्प सञ्चालनमा छन् । 

पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले पुराना पेट्रोल पम्पले असहजता बढाएको लोकान्तरलाई बताए । ‘नयाँ पेट्रोल पम्प व्यवस्थित छन् तर पुराना (२०५३ अगाडि) अनुमति लिएर सञ्चालितले जोखिम बढाएका छन् । आवास क्षेत्र र घरसँगै जोडिएका पेट्रोल पम्पले जोखिम सिर्जना भएको छ ।’

पम्पको अति संवेदनशील क्षेत्रमा सुरक्षाको कुनै घेराबन्दी नहुनु, जोसुकै व्यक्ति सलाई, लाइटरजस्ता आगजनी हुनसक्ने वस्तु लिएर र धुम्रपान गरेर संवेदनशील क्षेत्रमा जानसक्ने वातावरण हुनुले पेट्रोल पम्प जोखिमयुक्त अवस्थामा सञ्चालन भइरहेका छन् ।

पेट्रोल पम्प आफ्नै घरको छेउमा हुँदा आफूलाई सधैं त्रास महसूस भएको स्थानीय बताउँछन् । सुख्खानगरकी सीता पराजुलीले बजार क्षेत्रका असुरक्षित पम्पलाई राज्यले छिट्टै व्यवस्थापन गर्नुपर्ने बताइन् । ‘व्यस्त बजारमा अब पेट्रोल पम्पहरू राख्न हुँदैन । अन्यत्र सार्नुपर्छ । जोखिमलाई मोलेर जनता राम्रोसँग सुत्न सक्दैनन्,’ उनले भने ।

असुरक्षित पम्पहरू कुनै पनि बेला विपद्को कारक बन्न सक्ने उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष नोर्बु लामाले बताए । पेट्रोल पम्पको नियमन गर्ने मुख्य जिम्मेवारी नेपाल आयल निगमको भएपनि पेट्रोल पम्पले सुरक्षा जोखिम बढाउँदा जिल्ला प्रशासन कार्यालयले समेत अनुगमन गर्न सक्छ । 

पेट्रोल पम्प सञ्चालन सम्बन्धी पुरानो मापदण्ड र निर्देशिकामा १ पम्पदेखि अर्को पम्पको दूरी न्यूनतम ५ सय मिटर हुनुपर्ने उल्लेख छ । 

निर्देशिकामा १० किलोका ३ वटा अग्नि नियन्त्रक ग्यास सिलिण्डर, न्यूनतम १ हजार लिटर पानी, बालुवा, साबेल, पिग, बाल्टिन लगायतका सामग्री हरदम तयारी अवस्थामा राख्नुपर्ने उल्लेख गरिएको छ । सडकभन्दा २५ मिटर परको दूरीमा मात्रै पम्प सञ्चालन गर्न पाइने मापदण्डमा उल्लेख छ भने पम्प अगाडि रहेको जमिन कालोपत्रे हुनुपर्ने मापदण्डमा उल्लेख छ । पम्पमा आउने सेवाग्राहीलाई अनुकूल हुने गरी शौचालयको व्यवस्था गरिनुपर्ने कानुनी व्यवस्था छ । 

२०७५ सालमा आयल निगमले नयाँ पेट्रोल पम्पका लागि जारी गरेको मापदण्डअनुसार साधारण बिक्रेता र पेट्रोल विक्रेताबीचको बिक्रीस्थलको दूरी कम्तिमा ३ सय मिटरको दूरीमा हुनुपर्नेछ तर पूर्वपश्चिम राजमार्गको हकमा भने दूरी पाँच सय मिटरभन्दा बढी हुनुपर्नेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x