×

NMB BANK
NIC ASIA

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष सन् २०२० को प्रदेश स्तरीय शुभारम्भ कार्यक्रम प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्वारामा आयोजना गरिने भएको छ । 

Muktinath Bank

प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भमा उद्घाटन कार्यक्रम प्रभावकारी र आकर्षक बनाउन तयारी थालेको छ । प्रदेश सरकारले नयाँ वर्षसँगै भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घाटन गर्ने जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भ्रमण वर्षको शुभारम्भको औपचारिक उद्घाटन ५ नम्बर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको भ्रमण वर्ष पर्यटन प्रवद्र्धन समितिले तयारी थालेको हो ।


Advertisment
Nabil box
Kumari

नेपाल भ्रमण वर्ष सन् २०२० आयोजक समितिको प्रदेश संयोजक समेत रहेका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले भ्रमण वर्ष शुभारम्भको उद्घाटन कार्यक्रम भव्य बनाउन आवश्यक तयारी थालिएको बताए । मन्त्री गिरीले पर्यटन प्रवद्र्धन समिति सचिवालयको मंगलवार बैठक बोलाएर आवश्यक तयारी थालेका हुन् । 

Vianet communication
Laxmi Bank

भ्रमण वर्ष शुभारम्भ कार्यक्रममा बर्दियाको ठाकुरद्वारामा ११ बजे मुख्यमन्त्री शंकर पोखरेलले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको सचिवालय बैठकमा मन्त्री गिरीले जानकारी दिए । कार्यक्रममा प्रदेशका अन्य मन्त्री, सांसद, सचिव, योजना आयोगका उपाध्यक्ष, १२ वटै जिल्लाका पर्यटन प्रवद्र्धन समितिका ५/५ जना सदस्य, स्थानीय तहका प्रमुख उपप्रमुखलाई निमन्त्रणा गरिएको छ ।

उद्घाटन कार्यक्रमलाई व्यवस्थित बनाउन बर्दिया जिल्लाका होटल व्यवसायी, यातायात व्यवसायी, पर्यटन समिति, सञ्चार क्षेत्र तथा विभिन्न सामाजिक संघसंस्थासँग समन्वय गर्ने, कार्यक्रममा विभिन्न भाषाभाषी तथा संस्कृति झल्कने झाँकी, भजन मण्डली तथा नाच प्रस्तुत गर्ने निर्णय गरिएको प्रदेश समितिका सहसंयोजक माधव नेपालले बताए ।

उद्घाटन समारोहमा स्थानीय तहमा समेत भ्रमण वर्षमा गरिने कार्यक्रम घोषणा गर्न जिल्ला पर्यटन प्रवद्र्धन समितिमार्फत माग गर्ने निर्णय समेत गरिएको छ । उद्घाटनका दिन जनवरी १ तारिखमा बिहान ७ बजे बाँके जिल्लाको गावर भ्याली क्षेत्रमा जंगल सफारीको समेत उद्घाटन गरिने सहसंयोजक नेपालले जानकारी दिए ।

उद्घाटन कार्यक्रमलाई थप भव्य बनाउन होटल व्यवसायी संघ ५ नम्बर प्रदेशले २०२० जना भारतीय पर्यटकलाई समेत सहभागी गराएर विशेष छुटमा एक रात दुई दिन नेपाल बस्ने व्यवस्था मिलाउने तयारी गरेको संघका प्रदेश समिति अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिए । ती पर्यटकले जंगल सफारी समेत गर्नेछन् । अन्य विदेशी पर्यटक आए उनीहरूलाई पनि विशेष छुट सहितको खाने–बस्ने व्यवस्था गरिने काफ्लेले बताए ।

सन् २०२० लाई नेपाल भम्रण वर्ष घोषणा गरेको सरकारले उक्त अवधिमा नेपालमा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । नेपालका ७ वटै प्रदेशले भ्रमण वर्ष अवधिमा विभिन्न कार्यक्रम गर्नेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x