×

NMB BANK
NIC ASIA

साग खेलकुद

प्रधानमन्त्रीको ‘टंग स्लीप’ले हिसाब गडबड : खेलाडीले पाउने वास्तविक रकम कति हो ?

मंसिर २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

दक्षिण एसियाली खेलकुद प्रतियोगिता ‘साग’को १३औं संस्करणका पदक विजेता नेपाली खेलाडीलाई बधाई र पुरस्कारको घोषणा गर्न बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइयो ।

Muktinath Bank

प्रधानमन्त्रीको बोलावटपछि पदक विजेता खेलाडीहरू बालुवाटार पुगे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो त अघिल्लो दिन साग समापन समारोहमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो लाइभमार्फत् छोटो सम्बोधन गरेका थिए ।


Advertisment
Nabil box
Kumari

सम्बोधनलगत्तै मिर्गौलाको नियमित डायलासिसका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज पुगेका प्रधानमन्त्री ओली खेलाडीलाई आमन्त्रण गरिएको समय बुधवार दिउँसो आफ्नो सरकारी निवास बालुवाटारमा उपस्थित थिए ।

Vianet communication
Laxmi Bank

सो अवसरमा खेलाडीका लागि प्रधानमन्त्रीले विशेष प्याकेज घोषणा गर्ने चर्चा अघिल्लो दिनबाटै थियो । 

स्वभाविक अपेक्षाका बीच प्रधानमन्त्रीले घोषणा गरे–

– यसपटकबाट हरेक कास्य पदक ऽऽऽ, कास्य पदक विजेता खेलाडीलाई सरकारले ३ लाख रकम दिने उद्घोष गरिएको छ । 

– रजत पदक प्राप्त गर्ने खेलाडीहरूलाई हरेक पदकबापत ६ लाख ।

– त्यसैगरी स्वर्ण पदक विजेता खेलाडीलाई एक स्वर्ण पदकको ९ लाख दिने निर्णय भएको छ । 

– एउटाभन्दा बढी स्वर्ण पदक ल्याउने खेलाडीले ११ लाखका दरले प्राप्त गर्नेछन् ।

प्रधानमन्त्रीले कास्य पदकको प्रसंगमा शुरूमा हरेक कास्य पदक भन्ने शब्द भनेपनि त्यसपछि केहीबेर रोकिएर कास्य पदक विजेता खेलाडीलाई सरकारले ३ लाख रूपयाँ दिने उल्लेख गरे ।

रजत पदकको प्रसंगमा 'हरेक पदक' भन्ने शब्द स्पष्टरूपमा उल्लेख गरे ।

त्यसैगरी एक स्वर्ण पदकको ९ लाख रूपयाँ दिने निर्णय भएको बताएका प्रधानमन्त्री ओलीले थपे– ‘एउटाभन्दा बढी स्वर्ण पदक ल्याउने खेलाडीले ११ लाखका दरले प्राप्त गर्नेछन् ।

प्रधानमन्त्रीले ११ लाखका दरले त भने तर त्यो दर प्रतिखेलाडी हो कि प्रतिपदक भन्ने स्पष्ट पारेनन् ।

त्यसपछि शुरू भयो यसको व्याख्या । कतिपय मिडियाले यसलाई प्रधानमन्त्रीकै प्रेस सल्लाहकार सूर्य थापाको कोट गरी प्रतिपदकको रूपमा व्याख्या गर्दै खेलाडीहरूले कति पाउँछन् त भनेर हिसाब किताब समेत निकालिसकेका छन् ।

तर, खेलकुद मन्त्रालयकै एक वरिष्ठ अधिकारीकाअनुसार प्रधानमन्त्रीको 'टंग स्लीप' हुँदा ठूलै गडबड परेको छ ।

‘हामीले तयार पारेको प्रस्ताव प्रधानमन्त्रीज्यूलाई दिएका थियौं, उहाँको टेबुलमा नै थियो, उहाँले हेर्नुभयो तर पढ्नुभएन,’ खेलकुद मन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने ।

स्रोतका अनुसार खेलकुद मन्त्रालयले प्रधानमन्त्रीलाई थमाएको फाइलमा स्पष्ट उल्लेख थियो–

– स्वर्ण पदक विजेता खेलाडीलाई जनही ९ लाख रूपैयाँ ।
– दुई वा दुईभन्दा बढी स्वर्ण पदक जित्ने खेलाडीको हकमा जनही ११ लाख रूपैयाँ ।
– टीम गेममा स्वर्णपदक विजेता खेलाडीलाई जनही ५ लाख रूपैयाँ ।
– रजत पदक जित्ने खेलाडीलाई जनही ६ लाख रुपैयाँ ।

– कास्य पदक जित्ने खेलाडीलाई जनही ३ लाख रूपैयाँ ।

प्रधानमन्त्रीले प्रतिखेलाडी कि प्रतिपदक भन्ने कुरा ख्याल नगरी जिब्रो चिप्ल्याउँदा प्रस्ताव तयार पार्नेहरू नै रनभुल्लमा परेका छन् । तालुकवाला मन्त्रालय जिल्ल छ ।

प्रधानमन्त्रीको मौखिक घोषणापछि सरकारलाई नैतिक दबाब पनि थपिएको छ ।

प्रधानमन्त्रीले पदक विजेता खेलाडीलाई पुरस्कार घोषणा गर्दै भनेका छन्–

'अब साथीहरूले मलाई लाग्छ ऽऽऽ, सरकारले खेलाडीहरूको ऽऽऽ, हाम्रोजस्तो गरीब देशको सरकारले उचित सम्मान गर्‍यो भन्ने लाग्छ ।'

खेलाडीहरूले अब प्रधानमन्त्रीको 'टंग स्लीप' भएर गरिएको घोषणाअनुसार नै रकम पाउँछन् कि मन्त्रालयले तयार पारेको प्रस्तावअनुसार, त्यो भने भावी दिनले नै देखाउला ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x