आफ्नै आमाको हत्या आरोपमा छोरा पक्राउ

 स्याङ्जाको चापाकोट नगरपालिका–७ वनकट्टामा प्रहरीले आमाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। 

७४ वर्षीया बालकुमारी तिवारीलाई हत्या गरेको आरोपमा उनका छोरा ४७ वर्षीय नारायण तिवारी पक्राउ परेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हेमराज घिमिरेले बताए।


Advertisement

 घिमिरेका अनुसार नारायणले मंसिर १२ गते ४ः३० बजे आमाले लगाएको कपडा तथा घरको पिँढीमा दिसापिसाब गरेको कारणले रिस थाम्न नसकी आवेशमा आई घाँटी अठ्याएर मारेको खुल्न आएको छ । पक्राउ परेका नारायणलाई कर्तव्य ज्यान  मुद्दा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको उनले बताए।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्