कम्पनीले ३५ लाख बोनस दिँदा कर्मचारीका आँखामा आँसु !

एउटा रियल स्टेट कम्पनीले आफ्ना कर्मचारीलाई करीब ३५-३५ लाख बोनस दिएको छ।  १९८ कर्मचारीलाई बोनस दिन ७१ करोड रुपैयाँ खर्च भयो।

तर, बोनसको चेक लिएपछि केही कर्मचारी हैरान भए भने कयौँको आँखामा आँसु आयो।
अमेरिकाको बाल्टीमोरस्थित सेन्ट जन प्रोपर्टीज नामक कम्पनीले  होलिडे पार्टीको मौकामा बोनसको घोषणा गरेको थियो। 


Advertisement

न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार कर्मचारीलाई उनीहरुको कार्यकालको हिसाब अनुसार रकम मिल्नेछ । तर, बढीमा ३५ लाखसम्म। 

कम्पनीको भनाइ छ, कर्मचारीलाई  यसकारण अतिरिक्त पैसा दिइयो कि कम्पनीले शानदार प्रदर्शन गरेको छ।  अमेरिकाको ८ राज्यमा कम्पनीले अफिस,   रिटेल स्टोर र गोदामका लागि २ करोड स्क्वायर फीटको भवन बनाएको छ।


Advertisement

तर, होलिडे बोनस कम्पनीको र हरेक वर्ष दिने गरिएको बोनस फरक छ। कर्मचारीले यतिधेरै बोनस पाएकोमा खुसीका कारण आँसु खसेको थियो।

कमेन्ट गर्नुहोस्