×

NMB BANK
NIC ASIA

कालापानी विवादमा भारत किन माैन ?

मंसिर २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतले कात्तिक १६ मा जारी गरेको राजनीतिक नक्सापछि कालापानी क्षेत्रको सीमा विवाद फेरि एकपल्ट बल्झेको छ।

Sagarmatha Cement
Muktinath Bank

त्यसपछि सर्वदलीय–सर्वपक्षीय बैठक राखेर नेपाल सरकारले लिम्पियाधुरासम्मको कालापानी क्षेत्र नेपालको भएको धारणा सार्वजनिक गरिसकेको छ। तर, यो समस्या कसरी समाधान गर्ने ? सरकार आफैं अलमलमा पर्दा भारतीय पक्षले पनि मौनता साँधेको नेकपाकै नेताहरुको बुझाइ देखिन्छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाली पक्षले भारतलाई ‘कूटनीतिक नोट’ पठाएर भारतको राजनीतिक नक्साको विरोध मात्र गरेको छैन, परराष्ट्रमार्फत सचिवस्तरमा वार्ताको पहलका लागि औपचारिक पत्रसमेत पठाइसकेको छ। डिसेम्बरमै वार्ता गर्ने मितिसहित नेपाली पक्षले भारतलाई पत्र पठाए पनि त्यसको जबाफ उसले दिएको छैन। एकातिर ‘ट्र्याक वान’ मार्फत परराष्ट्र सचिव, मन्त्रीस्तरको वार्ता र अर्काेतिर छिटो समाधानको खोजीका लागि विशेष दूत बनाएर ‘ट्र्याक–टु’ बाट जान खोज्ने दुविधाग्रस्त बाटोमा सरकार लागेपछि भारतले यसैमा खेल्न खोजेको नेकपा नेताहरु बताउँछन्।


Advertisment
Nabil box
Kumari

‘एकातिर प्रधानमन्त्रीले माधव नेपाललाई विशेष दूत भन्ने, अर्कातिर परराष्ट्रमन्त्रीले सचिवस्तरको वार्ता प्रयास भन्ने ! वास्तवमा गर्न खोजेको के हो भन्ने तपाईं–हाम्रोबीचमा पनि प्रश्न उठेका छन् नि ! छैन र ? ’ नेपाल निकट नेकपा स्थायी समिति सदस्य युवराज ज्ञवालीले अन्नपूर्णसँग भने, ‘समाधानमुखी एप्रोच गर्ने खालको दृष्टिकोणमा समस्या रह्यो। नत्र एकैपटक यो खालको कुरा किन आयो। प्रधानमन्त्रीले बोलिसकेपछि परराष्ट्रमन्त्रीले किन बोल्नुपथ्र्याे ?   परराष्ट्रमन्त्रीले प्रधानमन्त्रीको कुरा नबुझी बोलेका होइनन् होला। त्यसकारण जोडदार प्रयत्नै भएन।’

Vianet communication
Laxmi Bank

पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सचिवस्तरबाटै समस्या समाधान होस् भन्ने नेपालले चाहेको बताउँदै आइरहेका छन्। ‘कतिपय अवस्थामा सरकारका तर्फबाट खटाइने विशेष दूतको बहुआयामिक पहुँच र प्रभावको अर्थ पनि रहन सक्छ भनी विकल्प हेरिनु स्वाभाविक हो। हामीले दुवै पक्षले सहमति जनाएको सचिवस्तरीय संयन्त्रमार्फतको पहललाई प्राथमिकतामा राखेका छौं,’ मन्त्री ज्ञवालीले भने। नेपाली पक्षको कुन ‘ट्र्याक’ बाट कूटनीतिक संवाद थाल्ने भन्ने दुविधाकै कारण भारतले मौनता साँधको तर्क ज्ञवालीको छ। ‘संवेदनशीलता भएन। प्रधानमन्त्रीले माधव नेपाललाई जानू भन्नुभएको छ। फेरि परराष्ट्रमन्त्रीले किन बोले ? यो दुविधा किन छ ? 

 तालबेताल र दुविधाका कुरा गर्दा भारतीय पक्षले मौनता साँधेर बसेको देखिन्छ,’ ज्ञवाली भन्छन्। नेपाली पक्षले पठाएको पत्रको जबाफ भारतले दिन चाहेको छैन। भारत यस विषयमा मौन छ। न उसले परराष्ट्र सचिवस्तरमा वार्ताका लागि मन्त्रालयले गरेको पत्राचारको जबाफ दिएको छ, न भारतमा विशेष दूत बनेर जान खोजेका पूर्वप्रधानमन्त्री माधव नेपालका विषयमा। ‘भारतले नेपालमा विरोध चर्किरहेका बेला भन्दा केही शान्त रहेको अवस्थामा कुरा गर्न चाहेका कारण जबाफ नदिएको हुन सक्छ,’ नेकपाकै अर्का एक नेता भन्छन्। अन्नपूर्ण पोस्टमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x