×

NMB BANK
NIC ASIA

स्कुलेलाई सडक पार गर्न जहिल्यै डर

मंसिर २६, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

बुटवलको कालिकानगरका सुजल र साहस भण्डारी न्यु होराइजन माविमा पढ्छन् । विद्यालय नपुगुन्जेल ठूला र साना सडक पार गर्नुपर्छ । उनीहरूलाई आमा रञ्जुले प्रत्येक बिहान विद्यालय पुर्‍याउँछिन् र छुट्टी भएपछि लिन पनि पुग्छिन् । ‘एक्लै बाटो काट्न डर लाग्छ,’ सुजलले भने, ‘सधैं ममीको हात समातेर स्कुल पुग्छौं ।’ सुजलका अनुसार मुख्य सडकमा गाडीको रफ्तार धेरै हुन्छ ।

Sagarmatha Cement
Muktinath Bank

बुटवल–भैरहवाको ६ लेन सडकमा बनाइएको आकासे पुल र पुलैमुनि जेब्रा क्रसबाट सडक पार गर्दै विद्यार्थी । तस्बिर : घनश्याम/कान्तिपुर


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भित्री सडकमा पनि गाडी धेरै हुन्छन् । सडकमा जेब्राक्रस छैन । ‘जहाँ गाडीको चाप कम देखिन्छ, त्यहींबाट सडक पार गर्नुपर्छ,’ रञ्जुले भनिन् ।


Advertisment
Nabil box
Kumari

रञ्जुका कान्छा छोराको छुट्टी ३ बजे हुन्छ । जेठो छोराको पढाइ ४ बजे सकिन्छ । त्यसैले रञ्जु छोरा लिन दुईपटक विद्यालय पुग्नुपर्छ । ‘मसित हिँड्दा त छोराहरू आत्तिन्छन्,’ उनले भनिन्, ‘एक्लै पठायो भने झन् के होला !’ न्यु होराइजनमै नर्सरीमा अध्ययनरत आविष्कार भट्टराईकी आमा सरिताले छोरालाई सुरक्षित ढंगले विद्यालय पुर्‍याउन आफैं जानुपरेको बताइन् । ‘आफू नजाने हो भने बसस्टप लगेर गाडी चढाउनुपर्छ,’ उनले भनिन्, ‘विद्यालय समयमा भित्री सडकमा भीडभाड हुने भएकाले अरू काम थाती राखेर छोरा छाड्न/लिन आउने गरेकी छु ।’

Vianet communication
Laxmi Bank

रञ्जु र सरिताजस्तै थुप्रै अभिभावकले सडकमा जोखिम रहेका कारण छोराछोरीलाई आफैं विद्यालय पुर्‍याउने र त्यहाँबाट ल्याउने गर्छन् । न्यु होराइजनमा कक्षा ८ मा पढ्ने ओजस्वी आचार्य, कक्षा ७ का पूर्णिमा श्रेष्ठ र प्रज्ञा रानाले भित्री सडकमा पनि विद्यालय परिसर नजिक जेब्राक्रस हुनुपर्ने बताए । ‘भीडका कारण सडक पार गर्न गाह्रो हुन्छ,’ ओजस्वीले भनिन्, ‘आँखा झिमिक्क गर्‍यो कि गाडी ठोक्किन आइसक्छ ।’

बुटवल–बेलहिया ६ लेन सडकसँग जोडिएको कालिका माविमा अध्ययनरत नीरञ्जन चौधरीले आकाशे पुल बनेपछि ढुक्क भएको बताए । ‘जेब्राक्रसबाट हिँड्दा पनि गाडी रोकिँदैनन्,’ ११ कक्षामा अध्ययनरत उनले भने । उनका साथीहरू मोहम्मद उस्मान, सराफत अली, आकाशराज भट्ट, धीरेन्द्र विक र सुदीप जीसीले सडकमा गाडीको लापरबाही देखेर हिँड्न मन नलाग्ने बताए । भित्री सडक होस् या मुख्य राजमार्ग, पैदलयात्रीका लागि जोखिमयुक्त रहेको सराफत अलीले बताए । ‘जेब्राक्रसबाट पार गरे पनि चालकले हतपत गाडी रोक्दैनन्,’ उनले भने, ‘मौका छोपेर पार गर्नुपर्छ ।’

पाल्पाको तानसेनस्थित कक्षा–८ मा अध्ययनरत आस्मा रेग्मीलाई विद्यालय आउजाउ गर्दा सडक पार गर्नुपर्छ । बर्तुङ–तानसेन सडक खण्डअन्तर्गत काजीपौवाबाट सडक पार गरेपछि मात्र विद्यालय पुगिन्छ । ‘सडक काट्ने बेला डर लाग्छ,’ उनले भनिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x