×

NMB BANK
NIC ASIA

सरकारी संयन्त्रकै मिलेमतोमा तस्करी : भन्सारको आरोप प्रहरीलाई, प्रहरीको औंला भन्सारतर्फ !

मंसिर २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

२०७६ भदौ २८ गते जनकपुर भन्सार कार्यालयका कर्मचारी धनुषाको बिदेह नगरपालिकाको दुहबीस्थित नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाकामा छापा मार्न पुगे । 

Muktinath Bank

दुहबीका राजीव महासेठ तथा चाची भनिने एक महिलाले राजस्व छलेर ल्याएको २ करोड मूल्य बराबरको अवैध सामान आफ्नो पसलमा राखेको सूचना भन्सारलाई थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनकपुर भन्सार कार्यालयका प्रमुख रामेश्वर मिश्र जनकपुरबाट आफैं गाडी चलाएर त्यहाँ पुगेका थिए । 


Advertisment
Nabil box
Kumari

मिश्रले सूचना पाएलगत्तै नेपाल प्रहरीलाई खबर गरे, ‘ती व्यक्तिहरूको घर घेरेर राख्नू ।’ प्रहरीलाई आफूले पत्राचार समेत गरेको मिश्र बताउँछन् ।

Vianet communication
Laxmi Bank

दुहबीमै नेपाल प्रहरीको चौकी छ । प्रहरी नायब निरीक्षकको कमान्डमा २४ घण्टा नै सुरक्षाकर्मी तैनाथ रहन्छन् ।

मिश्रले दुहबीबाट ३ किलोमिटर दूरीमा रहेको जनकनन्दिनी गाउँपालिका खजुरीस्थित सशस्त्र प्रहरी बेस क्याम्पमा पनि सम्पर्क गरेर थप मद्दतसहित पुग्न अनुरोध गरेका थिए ।

जनकपुरबाट आफ्नो कमाण्डमा टोली घटनास्थल पुग्नुभन्दा २ मिनेटअघि मात्र नेपाल प्रहरीको टोली त्यहाँ पुगेको मिश्र बताउँछन् । सशस्त्र प्रहरीका निरीक्षक कपिलराज गिरीको टोली दुहबी आइपुग्न त अझै धेरै समय लागेको उनको आरोप छ ।

‘तपाईंको यो के राउडी पारा हो जति बेला मन लाग्यो छापामारी गर्न आइहाल्ने भन्दै सशस्त्र प्रहरीका इन्स्पेक्टर सा’बले मलाई हप्काउनुभयो,’ भन्सार प्रमुख मिश्रले भने, ‘ठीकै छ, घर छापामारी गरौं न भनेर हल्का स्वरमा जवाफ दिएँ ।’

घर घेर्न थालेपछि महासेठ र चाचीको समूहले भन्सार कर्मचारी तथा प्रहरी टोलीमाथि ढुंगामुढा गरे । प्रहरीसँगै आएका व्यक्तिहरूले ढुंगामुढा गरेपछि आफू अचम्मित भएको मिश्र सुनाउँछन् ।

‘अचम्मको कुरा त के थियो भने नेपाल प्रहरीको मोटरसाइकलमा बसेर आउने मानिसहरू नै तस्करहरूसँग मिलेर ढुंगामुढा गर्न थाले,’ मिश्रले भने, ‘ढुंगामुढा र इँटाले आक्रमण गरेर अवरोध सिर्जना गर्दै गोदाममा भण्डारण गरेर राखिएको सामान सिमाना कटाएर भारत ढुवानी गर्ने उद्देश्य रहेछ ।’

सामान पारी भारततर्फ सुरक्षित ढंगले पठाउन सफल भएपछि मात्र ढुंगामुढा रोकिएको उनी बताउँछन् ।

तस्करहरूले ढुंगामुढा तथा इँटाले आक्रमण गर्दा सशस्त्र प्रहरी तथा भन्सारका कर्मचारीहरू घाइते पनि भए ।

सशस्त्र प्रहरीहरू अमर पण्डित, मोहन थापा एवं भन्सारका कर्मचारीहरू निरबहादुर कटुवाल, रामबहादुर कापरी घाइते भएका थिए ।

‘उनीहरूलाई प्रादेशिक अस्पताल जनकपुरमा उपचार गराएर मेडिकल रिपोर्टसहित राजीव महासेठ तथा चाची भनिने महिलालाई पक्राउ गरेर आवश्यक कारवाही अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार नै गरेका छौं,’ मिश्रले भने, ‘तर हालसम्म ती व्यक्तिहरूलाई पक्राउ गर्न प्रहरीले कुनै चासो देखाएको छैन ।’

यस घटनामा प्रहरीले शुरूदेखि नै असहयोग गरेको र हालसम्म पनि त्यही अवस्था रहेको भन्सार प्रमुख मिश्रको आरोप छ ।

यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) रामेश्वर कार्की भने प्रहरी अन्य नियमित काममा व्यस्त रहेकाले तिनीहरूलाई पक्राउ गर्न नसकिएको बताउँछन् ।

‘केही महिनाअघि धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिकामा तस्करहरूले प्रहरीको पेस्तोल नै खोसेर लगेका थिए, ती मानिसलाई त पक्राउ गर्न सकिएको छैन,’ डीएसपी कार्कीले भने, ‘मुद्दा दर्ता भएको छ, उनीहरू पक्राउ पर्छन् नै, र आवश्यक कारवाही पनि हुन्छ ।’

तर, भन्सारका कर्मचारी भने तस्करहरूलाई प्रहरीले नै संरक्षण दिएको आरोप लगाउँछन् । ‘जिल्लामा नामुद तस्कर भनेर चिनिने राजीव महासेठ तथा चाची भनिने महिला त्यहीँ दुहबीस्थित सीमा नाकामै पसल सञ्चालन गरेर बसेका छन्, पक्राउ गर्न खोजे एक मिनेट पनि लाग्दैन,’ भन्सारका एक कर्मचारीले लोकान्तरसँग भने ।

प्रहरीले असहयोग गरेको यो पहिलो घटना नभएको भन्सार प्रमुख मिश्र बताउँछन् । मिश्रकै अनुसार करीब ६ महिनाअघि धनुषाकै बालगंगा भन्ने स्थानमा तस्करहरूको सामान नियन्त्रणमा लिन खोज्दा पनि प्रहरीले असहयोग गरेका थिए ।

बिहान ८ बजेको समयमा केही तस्करहरूले भन्सार छलिएको सामान मोटरसाइकलमा नेपाल भित्र्याइरहेका थिए । भन्सारको टोली त्यहाँ पुगेपछि तस्करहरू भागे, कर्मचारीले मोबाइल भने नियन्त्रणमा लिन सफल भए ।

उनीहरूको मोबाइल सिम सिरियल नम्बर ८९९७७०२१५२२८११३८४३७ र ८९९७७०२१८२४४८८०१३३८ सहित लेखेर ती व्यक्तिहरूको खोजी गरी आवश्यक कारवाहीका लागि पत्राचार गारेको ६ महिनाभन्दा बढी भइसक्यो तर नेपाल प्रहरीले कुनै कारवाही अघि नबढाएको मिश्रको आरोप छ ।

‘ती दुईवटा नम्बर कसको नाममा  दर्ता छ, अनुसन्धान गरेर पठाउन तथा आवश्यक कारवाही अगाडि बढाउन पत्राचार गरेको नै ६ महिना भइसक्यो तर हालसम्म जिल्ला प्रहरी कार्यालय धनुषाले केही पनि कारवाही गरेको छैन,’ मिश्रले भने ।

यता धनुषा प्रहरीका प्रवक्ता डीएसपी कार्की भने ती व्यक्तिहरूको कल डिटेल तथा युजर प्रोफाइल झिकाउने काम अगाडि बढाइएको बताउँछन् । ‘उनीहरू फरार छन्, खोज तलासको काम जारी नै छ,’ कार्कीले भने ।

****

२०७६ मंसिर १ गते धनुषाको जनकनन्दिनी गाउँपालिकाको खजुरीमा केही तस्करहरूले अवैध मरिच भारततर्फ लैजान लागेको सूचना मिश्रले आफ्नो सुराकीबाट पाए । 

‘दुईवटा भारतीय नम्बर प्लेट तथा एउटा नेपाली नम्बर प्लेटको पिकअप गाडीमा मरिच लोड गरेर भारततर्फ लगिरहेको सूचना पाउनेबित्तिकै थप सुरक्षाका लागि मैले सशस्त्र प्रहरीलाई ७ जना प्रहरी उपलब्ध गराउन भनें तर ३ जना मात्र प्रहरी पठाइदिए, अनि त्यहाँका इन्स्पेक्टर कपिलराज गिरीलाई तस्करहरूलाई घेरा हालेर समात्न पटक–पटक फोन गरें, तर उहाँले उठाउनु नै भएन,’ मिश्रले भने, ‘पछि हामीले पनि केही गर्न सकेनौं, आँखैअगाडि ३ गाडी मरिच भारततर्फ निकासी भयो ।’ रित्तो हात भन्सारको टोली जनकपुर फर्किनुपरेको उनको कथन छ ।

****

२०७६ साल कात्तिक १ गते धनुषाको हंशपुर नगरपालिका वडा नम्बर ५ सुगा निकासमा तस्करीको सामान गोदाममा भण्डार गरेर राखेको सूचना पाएपछि प्रदेश प्रहरी कार्यालयको टोली तथा जिल्ला प्रहरी कार्यालय धनुषाको टोली छापा मार्न पुग्यो । त्यहीँका स्थानीय शंकर साहले भन्सार छलेर अवैधरूपमा ल्याएको करीब १ करोडभन्दा बढी मूल्य पर्ने सामानहरू भण्डारण गरेर राखेको सूचना थियो ।

प्रहरी पुग्दा ती सामान ट्र्याक्टरहरूमा लोड गरिसकिएको थियो । स्थानीयलाई प्रयोग गरी ती सामान लुकाउन तस्करहरू सफल भए, टोली रित्तो हात फर्कियो ।

प्रहरीले ती सामान बरामद गर्नका लागि ६ राउण्ड हवाइ फायर समेत गरेका थिए । घटना भएको दिन तस्करहरूको सामान बरामद गर्नका लागि ६ राउण्ड हवाइ फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले लोकान्तरसँग त्यतिबेला नै प्रतिक्रिया दिएका थिए । तर, प्रहरीले कुल ३३ हजार रूपैयाँ बराबरको खाने तेल सहितको किराना आइटम बारामद गर्‍यो ।

भन्सार प्रमुख मिश्र भन्छन्, ‘स्थानीय प्रहरीले तस्करलाई पहिले नै सूचना दिएर सामान लुकाउन मद्दत गरेको थियो, प्रदेश प्रहरीको छुट्टै टोली गएकाले मात्र थोरै भएपनि सामान नियन्त्रणमा लिन सकियो ।’

‘उक्त घटनामा प्रदेश प्रहरीले नै पहिले सूचना पाएर छापामारी गर्न गएका बेला तस्करहरूले सामान लुकाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट अर्का डीएसपी सन्तुलालप्रसाद जैसवारको कमाण्डमा थप टोली नै पठाएका थियौं,’ डीएसपी कार्कीले भन्छन्, ‘६ राउण्ड हवाई फायर समेत गर्‍यौं, तर सामान उनीहरूले लुकाएपछि केही पनि चलेन ।’

****

माथिका घटना प्रतिनिधिमूलक मात्र हुन्, प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम रहेको धनुषा जिल्लाको विभिन्न नाकामा सरकारी निकायकै संरक्षणमा खुल्लमखुल्ला तस्करी हुने गरेको छ ।

भन्सार प्रमुख मिश्र प्रहरीको असहयोगका कारण तस्करी हुने गरेको आरोप लगाउँछन् । उता नेपाल प्रहरीका डीएसपी कार्कीको जिकिर भने भन्सारकै कर्मचारीको मिलोमतोमा तस्करी हुन्छ, भन्ने छ ।

तस्करी रोक्नका लागि नेपाल प्रहरीसँग सहयोग माग्दा नेपाल प्रहरीले सहयोग नगर्ने गरेको भन्सारका कर्मचारीको आरोप छ ।

यति मात्र होइन पक्राउ परेका मानिसहरूलाई जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा राख्नु पर्दा समेत प्रहरीले अनिक्षा देखाउने गरेको भन्सार प्रमुख मिश्रको आरोप छ । उता अपराध अनुसन्धानदेखि विभिन्न काममा समेत नेपाल प्रहरी इंगेज हुनुपर्दा केही समस्या भएपनि आफूहरूले पनि विभिन्न समयमा अवैध सामान बरामद गरेर बुझाउने गरेको डीएसपी कार्कीले बताउँछन् ।

भन्सारर प्रहरीको आरोपप्रत्यारोप हेर्दा पनि भइरहेको गडबडीबारे अनुमान लगाउन गाह्रो छैन ।

चालू आर्थिक वर्षको कात्तिक महिनासम्मको तथ्यांकअनुसार नेपाल प्रहरीले ४६ लाख ३ हजार ४ सय ६ रूपैयाँको सामान बरामद गरेको छ । 

सशस्त्र प्रहरीले ४० लख ५९ हजार रूपैयाँ तथा भन्सारका कर्मचारीले १९ लाख ९९ हजार रूपैयाँ मूल्य बराबरको सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाएको भन्सार अधिकृत मिश्रले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x