×

NMB BANK
NIC ASIA

कतारमा नेपाली कामदारको भूमिकालाई विशेष महत्त्व दिएका छौं– राजदूत युसुफ बिन [अन्तर्वार्ता]

'नेपालको राजनीतिक उपलब्धिलाई हामीले खुशीसाथ हेरिरहेका छौं'

मंसिर २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

युसुफ बिन मोहम्मद अहमद अल हेल नेपालका लागि कतारका राजदूत हुन् । नेपालका हजारौं कामदार कार्यरत मुलुक कतारले डिसेम्बर १८ मा राष्ट्रिय दिवस मनाउँदैछ ।

Sagarmatha Cement
Muktinath Bank

कतारमा नेपाली कामदारको अवस्था, भविष्यमा हुनसक्ने थप रोजगारी सिर्जनालगायत नेपाल–कतार सम्बन्धमा विभिन्न आयामबारे कतारका सफल कूटनीतिज्ञ मानिने राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलसँग लोकान्तरले कुराकानी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :


Advertisment
SBL

नेपालसँगको ४ दशक लामो कूटनीतिक सम्बन्धलाई कतारले कसरी परिभाषित गरेको छ ?

Vianet communication
Laxmi Bank

नेपाल र कतारबीचको दुईपक्षीय सम्बन्धका बारेमा म के भन्न चाहन्छु भने विगत ४ दशकदेखि सम्बन्ध उचाइमा पुगिरहेको छ । कतार सरकारले नेपालसँग विभिन्न सहयोगको क्षेत्रमा सम्झौताहरू गरेको छ, जसले दुई सरकारबीच रहेको सहकार्य औपचारिक रूपमा बलियो बनाएको छ । हामीले हाम्रो सम्बन्धलाई थप अगाडि बढाउन सकारात्मक कदमहरू लिएका छौं ।

हामीले पहिलो श्रम सम्झौता सन् २००५ मा गर्‍यौं जुन नेपलले कुनै दोस्रो देशसँगको पहिलो श्रम सम्झौता थियो । हामीले स्वास्थ्यको क्षेत्रमा पनि सहकार्यको सम्झौतामा हस्ताक्षर गरेका छौं, जसले लगानी सुरक्षणको व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय फोरममा पनि हामी दुवै देशको सहकार्य बढेको छ र संयुक्त राष्ट्रसंघले उठाउने विभिन्न मुद्दामा पनि हामी समान दृष्टिकोणबाट अगाडि बढेका छौं ।

भविष्यमा नेपाल र कतारले कसरी सहकार्य गर्न सक्छन् ? एक असल र समृद्ध मित्रराष्ट्रको हैसियतले ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियानलाई कतारले कसरी सघाउन सक्छ ? 

सन् २००६ पछाडिको नेपालको राजनीतिक उपलब्धिलाई हामीले खुशीसाथ हेरिरहेका छौं । सन् २०१५ मा बनेको संविधान र २०१७ को आम निर्वाचनको सफलता र त्यसपछिको राजनीतिक स्थिरतालाई हामी मित्रराष्ट्रले गरेको महत्त्वपूर्ण उपलब्धिको रूपमा लिन्छौं । नेपालसँग हामी कृषि, ऊर्जा र अन्य लगानीका क्षेत्रमा सहकार्य गर्न चाहन्छौं । 

पश्चिमा सञ्चारमाध्यमहरूले रंगशाला निर्माणमा संलग्न कामदारहरूको सन्दर्भमा गलत समाचारहरू प्रवाहित गरिरहेका छन्, तर उनीहरू पछिल्लो वास्तविकताबारे अनविज्ञ देखिन्छन् ।

सरकार र लगानी बोर्डले लिएका सुधारका प्रयासहरूको हामीले सर्‍हाना गछौं । हामीले अझै बढी महत्त्वपूर्ण आर्थिक विकासका सम्झौता गर्न खोजिरहेका छौं । मैले नेपाली व्यापारी समुदायलाई कतारमै बोलाएर व्यापार विस्तारको विषयमा निरन्तर छलफल गरिरहेको छु । कतारमा हुने व्यापार प्रवद्र्धन कार्यक्रमहरूमा नेपाली व्यापारीलाई बोलाएर द्विपक्षीय समझदारी गरेको छु र कतारका कम्पनीलाई पनि नेपालमा नयाँ सम्भावनाको खोजी गर्न आग्रह गरेको छु ।

नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउँदैछ, यो भ्रमण वर्ष सफल बनाउन र कतारका पर्यटकलाई नेपालको भ्रमण गराउन दूतावासले केही भूमिका खेल्छ ?

नेपाल भ्रमण वर्ष २०२० अभियान कतारका साथसाथै संसारभरी घोषणा हुँदैछ, हामीले त्यसलाई स्वागत गर्छौं र नेपालको प्रयासलाई प्रवद्र्धन गर्न मद्दत गर्छौं । हामी के विश्वास गर्छौं भने नेपालले पर्यटनको क्षेत्रमा ठूलो सम्भावना बोकेको छ, जुन अन्य देशमा कम देखिन्छ । 

विगत केही वर्षयता कतारबाट नेपाल आउने पर्यटकको दर बढिरहेको छ । विशषेगरी हिमाल आरोहण गर्न आउनेको दर अझ बढी छ । नेपालमा प्राकृतिक चिकित्सा र चिकित्सकीय पर्यटनको पनि सम्भावना देखिन्छ, जसमा खाडी मुलुकहरू अनविज्ञ छैनन् । 

कतार नेपाली कामदारको रोजाइको एउटा मुख्य गन्तव्य हो, त्यहाँ काम गर्ने नेपाली कामदारको अवस्था कस्तो छ ? 

विगत केही वर्षयता कतारले श्रम सुधारको क्षेत्रमा ठूलो फड्को मारेको छ । हामीले श्रम ऐन संशोधन गरेका छौं । प्रायोजन सिस्टम बन्द गरेका छौं । कामदारको स्वतन्त्रतालाई सुनिश्चिता गरेका छौं र कामदारले रोजगादता कम्पनी परिवर्तन गर्न पाउने नियम ल्याएका छौं । हामीले कामदारलाई बैंकमार्फत नै तलब दिने, रोजगारदाता कम्पनीले जबरजस्ती पासपोर्ट राख्न नपाउने प्रावधान ल्याएका छौं । कामदार र रोजगारदाताको बीचमा हुने विवादको हल गर्न श्रम अदालतको स्थापना गरेका छौं । कामदारलाई मेडिकल र मनोरञ्जनका सुविधाहरू दिएका छौं । विशेष गरेर नेपाली कामदारको हकमा उनीहरूले कतारको विकासमा खेलेको भूमिकालाई विशेष मान्यता दिएका छौं ।   

श्रमका क्षेत्रमा केही समस्या अझै पनि छन्, विशष गरेर गैरकानूनी म्यानपावर, स्वतन्त्र भिषाको समस्या र तस्कर एजेन्टहरूले श्रम क्षेत्रमा समस्या पैदा गरिरहेका छन् । हामीले यस्ता समस्या हल गर्न प्रयास गरिरहेका छौं । नागरिक संगठनले चालेका कदमहरूको सर्‍हाना गरेका छौं र के विश्वास गर्छाैं भने आप्रवासी कामदारहरू दुवै देशका लागि उत्तिकै फाइदाजनक छन्, त्यसैले उनीहरूको अधिकार दुवै देशले संरक्षण गर्नुपर्छ । 

सन् २००५ मा गरेको श्रम सम्झौतालाई हामीले पुनः नवीकरण गर्न खोजेका छौं, त्यसका लागि संयुक्त समितिले काम गरिरहेको छ । कतारले नेपालमा कतार भिषा सेन्टर खोलेको छ, जसले आप्रवासी नेपाली कामदारको हितमा काम गरिरहेको छ । यस किसिमको सहकार्यका लागि नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छौ । 

कतार सरकारले भिजन २०३० नीति लिएको छ, जसमार्फत कतारमा थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

नेपाली कामदारप्रति कतार सरकारको धारणा कस्तो छ ? भविष्यमा कतारमा नेपाली कामदारका लागि रोजगारी थप गर्ने कुनै योजना छ कि ?

नेपाली कामदारको इमान्दारी र कामप्रतिको समर्पणलाई कतार सरकारले सर्‍हाना गरेको छ । स्वयं नेपाली कामदारहरू पनि आफ्नो काममा रमाएका छन् र उनीहरूले श्रमको सम्मान गरेका छन् ।

कतार सरकारले भिजन २०३० नीति लिएको छ, जसमार्फत कतारमा थप रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । सन् २०२२ को विश्वकप पछाडि हामीले अरू ठूला विकासका आयोजनाको परिकल्पना गरेका छौं जसबाट योभन्दा अझ बढी रोजगारी सिर्जना हुने देखिन्छ ।  

यो छोटो अवधिमै कतारले कसरी आर्थिक समृद्धि हासिल गर्न सक्यो ? नाकाबन्दीलाई सामना गर्दै कतार कसरी आत्मनिर्भर भयो ?

कतारको मुख्य नेतृत्वसँग एकदमै स्पष्ट भिजन छ, जसले कतारको विकास र कतारी जनताको समृद्धिलाई केन्द्रमा राखेको छ । 

बलियो अन्तर्राष्ट्रिय साझेदारीमार्फत हामीले आफ्नो देशको स्रोत र साधनको पहिचान तथा उपयोग गरेका छौं । 

हाम्रो राष्ट्रप्रमुख शेख तमिम बिन हमाद बिन खलिफा अल थानीले लिनुभएको एकताको मार्गदर्शन र कतारलाई संसारकै उच्च तहमा पुर्‍याउने अठोटले गर्दा नै कतार यहाँसम्म आइपुगेको हो र यो अझै अगाडि बढ्छ । उहाँले लिनुभएको राष्ट्रिय एकताको नीतिले नाकाबन्दीको समयमा पनि हामी निरन्तर अगाडि बढिरह्यौं । राष्ट्रिय एकताको अवधारणाले कतार थप आत्मनिर्भर भएको छ । 

सन् २०२२ मा कतारले विश्वकप आयोजना गर्दैछ, कस्तो तयारी छ ? पश्चिमा मिडियामा नेपाली कामदारबारे आइरहेको समाचारको वास्तविकता के हो ?

धेरैजसो तयारी पूरा भइसकेका छन् र केही रंगशालाहरू त सञ्चालनमा पनि आइसकेका छन् । हामीले गल्फ कोअपरेसन काउन्सिल (जीसीसी) फूटबल कम्पिटिसन आयोजना गरका थियौं जुन सफलतापूर्वक सम्पन्न भइसकेको छ । रंगशाला निर्माणका क्रममा नेपाली कामदारले दिएको योगदानका लागि धन्यवाद भन्न चाहन्छु । 

कहिले काहीँ पश्चिमा सञ्चारमाध्यमहरूले रंगशाला निर्माणमा संलग्न कामदारहरूको सन्दर्भमा गलत समाचारहरू प्रवाहित गरिरहेका छन्, तर उनीहरू पछिल्लो वास्तविकताबारे अनविज्ञ देखिन्छन् । अन्तर्राष्ट्रिय श्रम संगठन लगायतका अन्तर्राष्ट्रिय संघ–संस्थाहरूले कतारको नियमित अनुगमन र अध्ययन गरिरहेका छन् ।

२०२२ को विश्वकप आयोजना गर्ने सबन्धमा हामीले अन्तर्राष्ट्रिय संघ–संस्थासँग उपयुक्त पहल र परियोजना अगाडि बढाएका छौं, कतार एक्लैले यो सबै गर्न सक्दैन । 

नेपालको राजनीतिक उपलब्धिलाई हामीले खुशीसाथ हेरिरहेका छौं । सन् २०१५ मा बनेको संविधान र २०१७ को आम निर्वाचनको सफलता र त्यसपछिको राजनीतिक स्थिरतालाई हामी मित्रराष्ट्रले गरेको महत्त्वपूर्ण उपलब्धिको रूपमा लिन्छौं ।

कतारका तर्फबाट नेपालमा उच्चस्तरीय भ्रमणको सम्भावना छ ? 

नेपाल र कतारबीच द्विपक्षीय सम्बन्ध थप मजबुत पार्न दूतावासले उच्चस्तरीय द्विपक्षीय भ्रमण महत्त्वपूर्ण साबित हुने देखेको छ । नेपालकी राष्ट्रपति विद्या भण्डारीले गरेको कतार भ्रमणलाई हामीले सम्मान व्यक्त गरेका छौं । उक्त भ्रमण अत्यन्त सफल र फलदायी भएको थियो । भविष्यमा थप भ्रमण हुनेमा आशावादी छौं ।

कतारका तर्फबाट त्यो प्रकारको उच्चस्तरीय भ्रमणका लागि हामीले पहल गरिरहेका छौं, जसले द्विपक्षीय सहकार्यलाई झन मजबुत बनाउने छ । हामीसँग विदेश मन्त्रालयस्तरीय संयुक्त कार्यदल पनि छ । उक्त कार्यदलले राजनीतिक मामिलाको बारेमा छलफल गर्ने गर्छ । म तपाईंलाई के विश्वास दिलाउन चाहन्छु भने छिट्टै कतारका तर्फबाट उच्चस्तरीय भ्रमण हुन्छ । 

अन्त्यमा, यही डिसेम्बर १८ तारिखमा परेको करातको राष्ट्रिय दिवसको अवसरमा केही भन्न चाहनुहुन्छ कि ?

कतारको राष्ट्रिय दिवसको अवसरमा म राष्ट्रप्रमुख शेख तमिम बिन हमाद बिन खलिफा अल थानीलाई बधाई दिन चाहन्छु । साथसाथै कतारका जनतालाई पनि बधाई भन्न चाहन्छु । सोही अवसरमा नेपाल सरकार र नेपाली जनताको विकासको उत्कट चाहनालाई पनि गहिरो अभिवादन व्यक्त गर्न चाहन्छु । 

विगत केही वर्षदेखि नेपालको रूपान्तरण भइरहेको देख्न सकिन्छ, जसमा कतारले पनि साथ दिइरहेको छ । हामी एकआपसमा कुरा र सहकार्य गर्न तयार छौं । हामी नेपालको समृद्धि, सुरक्षा र स्थिरता देख्न चाहन्छौं । 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

असोज ३, २०८०

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...

पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

पुस २२, २०७९

नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि देशको राजनीतिले नयाँ कोर्स लिएको छ । तर, नयाँ प्रधानमन्त्रीले विश्वासको मत नलिँदै सरकार गिराउने खे...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x