१ सातादेखि आरोलो लाग्दै आएको सुनचाँदीको मूल्य बिहीवार फेरि वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार सुनमा प्रतितोला ४०० रुपैयाँ र चाँदीमा प्रतितोला १० रुपैयाँ वृद्धि भएको छ ।
महासंघले बिहीवारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७१ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ९०० रुपैयाँ तोकेको छ । चाँदीको मूल्य प्रतितोला ८४० रुपैयाँ निर्धारण गरिएको छ ।
अघिल्लो बुधवारदेखि लगातार ओरालो लाग्दै आएको सुनचाँदीको मूल्य बुधवार भने स्थिर रहेको थियो । बुधबार छापावाला सुन प्रतितोला ७० हजार ८०० रुपैयाँ, तेजाबी सुन प्रतितोला ७० हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ८३० रुपैयाँमा खरीद बिक्री भएको थियो ।
लोकान्तर संवाददाता