×

NMB BANK
NIC ASIA

लुम्बिनीको विकास जिम्मा संघीय सरकारले लिन्छ : पोखरेल

मंसिर २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सिंगो लुम्बिनी क्षेत्रको विकासको लागि संघीय सरकारले जिम्मा लिने बताएका छन् ।

Muktinath Bank

उनले केन्द्रमा एउटा सरकार छ भन्ने मानसिकताबाट प्रभावित भएर माथि मात्र हेर्न थालिए विकास नहुने बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयमा निर्मित प्रज्ञास्तुपको उद्घाटन एवं बुद्ध अस्थिधातु प्रतिस्थापन समारोहलाई बिहीवार लुम्बिनीमा सम्बोधन गर्दै मन्त्री पोखरेलले संविधानमा किटान गरिएका कामहरुमा आधारित भएर प्रदेश सरकार र स्थानीय सरकार काम गर्नुपर्ने बताए ।


Advertisment
Nabil box
Kumari

उनले कुनै चुनौतीपूर्ण काम भए वा काम गर्दा बाधा आए त्यसमा संघीय सरकार सहयोग गर्न तयार रहेको बताए । ‘पर्यटन क्षेत्रको विकासको कुरा गर्दा केवल प्राकृतिक ढंगले निर्मित चिजलाई मात्र देखाउँदैछौं, अहिलेको प्रसंगसित सुहाउने हिसाबले त्यसको निर्माण गर्न सकेका छैनौं,’ उनले भने । हिजो बुद्धको जन्म लुम्बिनीमा भएको प्रसंगबाट मात्र विश्व चर्चित हुन नसकिने भएकाले यसलाई अहिलेको आवश्यकता अनुसार परिमार्जन गरी समृद्धि र विकासतर्फ लैजानुपर्ने उनले बताए ।

Vianet communication
Laxmi Bank

‘विकास गर्ने हो भने गतिका साथ अगाडि बढ्ने कुरामा जोड दिनुपर्छ, आजको आवश्यकतालाई सम्बोधन गर्ने र जनताको जीवनसँग सम्बन्धित भएर अगाडि बढ्नुपर्छ,’ मन्त्री पोखरेलले भने । १५ वर्षसम्म लुम्बिनी बौद्ध विश्वविद्यालयको यात्रा कसरी गुज्रियो भन्नेबारे वस्तुनिष्ठ समीक्षा हुनुपर्ने उनको भनाइ थियो ।

समीक्षा गर्दा बितेका दिनको कमीकमजोरीलाई मात्र नहेरी भविष्यमा गर्नुपर्ने कामबारे मार्गचित्र बनाएर अगाडि बढ्नुपर्ने बताए । विकासलाई जनताको स्थितिसँग गास्नुपर्ने उनले बताए । मन्त्री पोखरेलले अब अलमलको अवस्था रहन नहुने बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं लुम्बिनी बौद्ध विश्ववद्यालयका सहकूलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयको भीडमा लुम्बिनी बौद्ध विश्वविद्यालयले छुट्टै पहिचान बनाउन कसरी सक्छ भन्नेबारे सोच्न आवश्यक रहेको बताए । उनले झैंझगडालाई वैज्ञानिक रुपमा समाधान गर्नुपर्ने बताए । मन्त्री पोखरेलले विश्वविद्यालयलाई सामाजिक विकाससँग जोड्नुपर्ने बताए । अबको अपेक्षा भनेको प्राज्ञिक गरिमाको विकास रहेको उनको भनाइ थियो ।

प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले लुम्बिनी बौद्ध विश्वविद्यालयले छोटो समयमा प्रगति गरेको बताए । उनले संघीयताको मर्म अनुसार लुम्बिनी विकास कोषलाई प्रदेश र स्थानीय सरकारसँग जोड्नुपर्ने बताए ।

राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले लुम्बिनी क्षेत्रको बस्तीको विकास विना समग्र लुम्बिनीको विकास हुन नसक्ने दाबी गरे । उनले लुम्बिनी क्षेत्रको जनताको माग अनुसार अगाडि बढ्नुपर्ने बताए । भट्टराईले बौद्ध विश्वविद्यालयको उन्नति र प्रगतिको लागि भूमिका निर्वाह गर्न तयार रहेको बताए ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीले लुम्बिनी बौद्ध विश्वविद्यालयले बिस्तारै बौद्ध संस्कृति अँगाल्दै गएको बताए । उनले लुम्बिनी विकास कोषले बौद्ध विश्वविद्यालयसँग हातेमालो गर्दै आएको बताए ।

प्रदेशसभा सदस्य फकरुद्धिन खाँले कसैको एकल प्रयासबाट मात्रै मुलुकमा परिवर्तन नआएको बताए । उनले अहिलेसम्म सबैभन्दा बढी चुनौती प्रदेश सरकारलाई नै रहेको बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले म्यानमारबाट ल्याइएको अस्थिधातु प्रतिस्थापन गरिएको बताए । उनले बौद्ध दर्शन अध्ययन अध्यापन हुने स्थानमा बौद्धसँग सम्बन्धित संरचना निर्माण हुनुपर्छ भन्ने कुराको आवश्यकता महसूस गरिएको बताए ।

आचार्यले बौद्ध विश्वविद्यालय गठन भएको १५ वर्ष भएपनि ५ वर्षदेखि शैक्षिक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x