×

NMB BANK
NIC ASIA

नागरिकता विधेयकको विरोधमा असममा प्रदर्शन : प्रहरीले चलायो गोली, इन्टरनेट अवरुद्ध

मंसिर २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको केन्द्रीय सरकारले संसदमा प्रस्तुत गरेको विवादास्पद नागरिकता संशोधन विधेयकको विरोधमा असममा जारी प्रदर्शनमा प्रहरीले बिहीबार गोली चलाएको छ ।

Muktinath Bank

असममा लगाइएको निषेधाज्ञालाई बेवास्ता गर्दै हजारौं मानिस प्रदर्शनमा उत्रिएका छन् । अधिकारीहरूले हालैका प्रदर्शनमा २० जना घाइते भएको बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदर्शनकारीले सवारी साधनहरूमा आगो लगाएका र स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार गरेको छ । परिस्थिति निकै नाजूक भएको भन्दै असममा हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री नरेन्द्र मोदीले एकपछि अर्को ट्वीट गर्दै आमजनतालाई शान्त रहन अपिल गरिरहेका छन्, तर राज्यका अधिकांश भागमा इन्टरनेट सेवा नै अवरुद्ध छ ।

Vianet communication
Laxmi Bank

भारतको माथिल्लो सदनले बुधबार पारित गरेको नागरिकता संशोधन विधेयकले तीन छिमेकी मुलुकका धार्मिक अल्पसंख्यक नागरिकहरू खासगरी हिन्दु धर्मावलम्बीका नागरिकता सम्बन्धी आवेदनलाई छिटो निरुपण गर्न अनुमति दिएको छ, तर यसमा मुस्लिम अल्पसंख्यकलाई त्यस्तो मौका दिइएको छैन ।

इस्लामी समूहहरू, विपक्षी, अधिकार समूह र अन्यहरूले यो प्रधामन्त्री मोदीको हिन्दू–राष्ट्रवादी एजेन्डाको एक हिस्सा भएको भन्दै विरोध गरिरहेका छन् । उनीहरुको भनाईमा भारतका २ करोड मुसलमानलाई सीमान्तकृत गर्नेगरी नागरिकता विधेयक आएको हो ।

भारतको सुदूर उत्तर पूर्वका धेरैजसो मानिसहरुलाई केन्द्र सरकारको पछिल्लो कदमले निकै त्रासमा राखेको छ किनभने नयाँ कानुनले बंगलादेशबाट आएका इस्लाम बाहेक हिन्दू आप्रवासीलाई मात्र नागरिकता दिने बाटो खोल्नेछ, र मुस्लिम समुदाय बिचल्लीमा पर्नेछन् ।

'म असमका मेरा भाइबहिनीहरूलाई आश्वस्त पार्न चाहन्छु कि नागरिकता संशोधन विधेयक पारित भएपछि पनि उनीहरूले चिन्ता लिनुपर्दैन,' प्रधानमन्त्री मोदीले उत्तरपूर्वको सबैभन्दा ठूलो राज्य असमका जनतालाई सम्बोधन गरेको ट्वीटमा उल्लेख गरेका छन् ।

सरकारले रातिको समयमा निषेधाज्ञा (कफ्र्यु) लगाएको भए पनि धेरैजसो स्थानमा त्यसलाई उल्लङ्घन गरिएको छ । सरकारले मोबाइल इन्टरनेट सेवा पनि बन्द गरेको छ । त्रिपुरा र असम राज्यतर्फ जाने सबैजसो रेलसेवा स्थगित गर्नुका साथै केही हवाई उडान रद्द गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x