×

NMB BANK
NIC ASIA

कांग्रेसका केन्द्रीय विभाग बढाएर ४१ पुर्‍याउन प्रस्ताव, यी हुन् थप ४ निर्णय

मंसिर २६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली काँग्रेसले केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभागहरुको संरचनात्मक र सङ्ख्यात्मक परिमार्जनसम्बन्धी प्रस्ताव छलफलका लागि प्रस्तुत गरेको छ । काँग्रेसले विधानमा उल्लिखित २८ विभागलाई बढाएर ४१ पु¥याउने प्रस्ताव प्रस्तुत गरेको हो । 

Muktinath Bank

विधानमा केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम, कर्तव्य, अधिकार तोक्न सक्ने व्यवस्था उल्लेख छ । पार्टी केन्द्रीय कार्यालयमा सानेपामा आजदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा पार्टीको विधानको दफा ३७ (१) (क) मा व्यवस्था गरिएका केन्द्रीय विभागहरुलाई परिमार्जन र पुनर्गठन गरी विधानकै दफा ३७ ९२० अनुसार सो प्रस्ताव गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रस्तावित केन्द्रीय विभागमा सङ्गठन, सूचना, सञ्चार तथा प्रचार, अन्तर्राष्ट्रिय सम्बन्ध, राज्य प्रशासन, आर्थिक नीति तथा योजना, अभिलेख, अनुगमन तथा मूल्याङ्कन, नेपाली जनसम्पर्क समिति समन्वय, सङ्घीय मामिला तथा प्रदेश समन्वय, संसदीय मामिला, संवैधानिक तथा कानून, स्थानीय तह समन्वय, महिला, तरुण, विद्यार्थी, जिल्ला सम्पर्क समिति समन्वय, पेशागत तथा बुद्धिजीवी, शिक्षा, स्वास्थ्य, गैरसरकारी संस्था एवं सामाजिक सेवा, उद्योग–व्यापार, पर्यटन, निर्माण, यातायात तथा व्यवसाय समन्वय, कृषि तथा किसान, आदिवासी जनजाति र खेलकुद विभाग रहेका छन्। 
 
यसैगरी प्राकृतिक स्रोत, साहित्य, कला तथा संस्कृति, श्रम, वैदेशिक रोजगार समन्वय एवं आप्रवासन, फरक क्षमता समन्वय एवं उत्प्रेरणा, दलित, द्वन्द्व व्यवस्थापन तथा मेलमिलाप, मुस्लिम, वन तथा वातावरण, तराई मधेश, वित्तीय संस्था तथा सहकारी समन्वय, पिछडिएको क्षेत्र समन्वय, विज्ञान तथा प्रविधि, भूपू सैनिक, अन्य पार्टी सम्पर्क र समन्वय, शुभेच्छुक संस्था समन्वय र अन्य भ्रातृ सङ्घ समन्वय गरी ४१ विभाग गठन गर्ने प्रस्ताव प्रस्तुत गरिएको हो । 
 
तरुण दलको समयावधि ६ महिना थप प्रस्ताव
बैठकमा उपनिर्वाचन अनुगमन समिति र केन्द्रीय प्रतिनिधिहरुबाट जानकारी एवं उपनिर्वाचनको समीक्षा, भ्रातृ सङ्घ एवम् शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार तथा मापदण्ड निर्धारण र एकरुपता समितिको प्रतिवेदनलगायत प्रस्ताव प्रस्तुत गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए। त्यस्तै नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि ६ महिना थप गरेको निर्णयलाई अनुमोदनसम्बन्धी प्रस्ताव र कालापानी लगायतको सीमा अतिक्रमणसम्बन्धी प्रस्ताव पनि प्रस्तुत गरिएको छ । 
 
साग खेलका विजेता खेलाडीमा बधाई
 बैठकले हालै सम्पन्न दक्षिण एशियाली खेलकूदमा स्वर्ण लगायतका विभिन्न पदक प्राप्त गरी विजयी हासिल गरी मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्न सफल सबै खेलाडीमा बधाई ज्ञापन गरेको छ । साथै नेपालको समग्र खेलकुदको प्रगति र खेलाडीहरुको व्यावसायिक जीवन सुनिश्चिताका लागि विशेष प्याकेज निर्माण गर्न काँग्रेसले सरकारसँग आग्रह गरेको छ । 


Advertisment
Nabil box
Kumari

अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घको हालै जेनेभामा सम्पन्न बैठकबाट कार्यकारी प्रमुखमा चितवन जिल्ला निवासी नेपाली सामाजिक अभियन्ता जगन चापागाईं निर्वाचित हुनुभएकामा बैठकले बधाई ज्ञापन गरेको छ । बैठकले धान्य पूर्णिमा, उधौली पर्व र योमरीपुन्ही पर्वले सामाजिक सद्भावना बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा  सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै शुभकामना व्यक्त गरेको छ ।
 
संवैधानिक परिषद्सम्बन्धी कार्यविधिप्रति ध्यानाकर्षण   
 काँग्रेसले संवैधानिक परिषद्को गरिमा र सहमतिको परम्परा, पद्धति र अभ्यासलाई खण्डित गर्ने तथा लोकतन्त्र र संविधानको शक्ति पृथकीकरणको आधारभूत सिद्धान्तमाथि नै आघात पु¥याएको आरोप लगाएको छ । 

Vianet communication
Laxmi Bank

प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढङ्गले गर्न मिल्ने अधिकार लिएर सरकारले संवैधानिक आयोगलाई निर्देशित र नियन्त्रित गर्ने, फरक विचार राख्ने वा आफूसँग असहमत हुने व्यक्तिलाई राजनैतिक पूर्वाग्रहका आधारमा लाञ्छित गर्ने, झुटो मुद्दा चलाउने गरी संवैधानिक आयोगजस्ता गरिमामय संस्थाहरुलाई दुरुपयोग गर्न सक्ने खतरालाई काँग्रेसले गम्भीरतापूर्वक लिएको जनाएको छ ।

 बैठकमा पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउन विधानको धारा ७२ को उपधारा ४ बमोजिम अन्तरिम समायोजनसम्बन्धी निर्देशिका कार्यान्वयन सम्पन्न भएको र बाँकी रहेको सम्बन्धमा केन्द्रीय निर्वाचन समितिले सो सम्बन्धी जानकारी बैठकमा प्रस्तुत गरेको थियो । 
 
तेस्रो चरणको जागरण अभियान माघ १६ देखि
 सबै स्थानीय तहमा केन्द्रित रहने तेस्रो चरणको जागरण अभियानको मिति परिवर्तन गरेर आगामी माघ १६ गते शहीद दिवसका दिनदेखि माघ २५ सम्मलाई निर्धारण गरिएको मुख्यसचिव पौडेलले बताए।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकमा आज केन्द्रीय सदस्यहरु महेश आचार्य, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुङ्गाना, महेन्द्र यादव, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, रमेश लेखक र हरिप्रसाद नेपालले आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको अर्को बैठक यही मङ्सिर २९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने उनले बताए। भीष्मराज ओझा/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x