भारतमा निर्भया घटनाका दोषीलाई मृत्युदण्डकोे सजाय हुँदैछ। पछिल्ला केही वर्षमा जसलाई फासीको सजाय दिइएको छ, तीमध्ये मुख्य अपराधी हुन् धनन्जय चटर्जी, अजमल कसाब, अफजल गुरू, अटो शंकर र याकूब मेमन।
तर, तपाईँलाई थाहा छ भारतमा मृत्युदण्ड दिँदा कुन-कुन तरिका अपनाइन्छ?
भारतमा फासीमा झुन्ड्याएर मात्र होइन अन्य तरिकाले पनि मृत्युदण्ड दिइन्छ।
द कोड अफ क्रिमिनल प्रोसीजरमा फासीमा झुन्ड्याएर मृत्युदण्ड दिने प्रावधान छ। यही प्रावधानलाई अदालतले 'कोड अफ क्रिमिनल प्रोसीजर'मा पनि अपनाएको छ।
उसो त फासीको तरिका सदियौँ पुरानो हो। तर, आधुनिक इतिहासमा फासीमार्फत् मृत्युदण्ड दिने तरिका बेलायतका विलियम मारवुडले खोजेका थिए। उनले नै फासीमा झुन्ड्याएर मृत्युदण्ड दिने तरिका प्रचलनमा ल्याएका थिए।
भारतमा मृत्युदण्डको सजाय दिने दोस्रो तरिका हो गोली हानेर मार्ने। तर, यो तरिका आममानिसका लागि उपयोग गरिँदैन। यसको उपयोग केवल भारतीय सेनामा हुने 'कोर्ट मार्शल' पश्चात गरिन्छ।
द आर्मी एक्ट, द नेवी एक्ट र द एयरफोर्स एक्टमा मृत्युदण्डको सजाय दिनका लागि गोली हान्ने प्रावधान छ। एयरफोर्स एक्टको सेक्शनमा भएको प्रावधान अनुसार कोर्ट मार्शल पश्चात कसैलाई मृत्युदण्ड दिनुपर्ने भएमा उसलाई फासीमा झुन्ड्याएर गोली हानेर मारिन्छ।
सेनाको कानूनमा लेखिएको छ कि मृत्युदण्डको सजाय दिनु परेमा कोर्ट मार्शल यो फैसला लिन सक्छ। अपराधीलाई फासीमा झुन्ड्याउने वा गोली हान्ने भनेर निश्चित गर्नुपर्छ। कोर्ट मार्सलमा दुबै तरिकाले मृत्युदण्डको सजाय दिइन्छ।
एजेन्सी