×

NMB BANK
NIC ASIA

हिजो दिनभर : राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ गते, पुस ६ भित्र दल दर्ता गर्न आयोगको आह्वान

मंसिर २७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आयोगलाई राष्ट्रियसभा निर्वाचनको चटारोः पुस ६ भित्र दल दर्ता गर्न आह्वान

Sagarmatha Cement
Muktinath Bank

सरकारले राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ गते गर्ने निर्णय गरेसँगै निर्वाचन आयोग तयारीमा जुटेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगको सिफारिसमा मन्त्रिपरिषद्ले हालै मात्र  मिति घोषणा गरेको थियो। राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि आगामी फागुनमा सकिँदैछ। 


Advertisment
SBL

निर्वाचनका लागि आयोगमा दर्ता भएका दलहरुलाई यही मंसिर २७ देखि पुस ६ गतेसम्ममा राजनीतिक दल दर्ता गराउन आह्वान गरेको छ ।  

Vianet communication
Laxmi Bank

आयोगले पदावधि सकिनुभन्दा १ महिना अगाडि नै राष्ट्रियसभा सदस्य निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

काठमाडौंमा भूकम्पको झड्का

काठमाडौंमा बिहीवार साझ भूकम्पको धक्का महसुश गरिएको छ ।

साझ ७ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुश गरिएको हो। 

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक शर्माथाङ केन्द्रविन्दु भएर ४.८ मेग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का काठमाडौँसम्म महसुस भएको थियो। 

यसअघि ११ मंसिरमा पनि सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प भएको थियो।  

लुम्बिनीको विकास जिम्मा संघीय सरकारले लिन्छ : पोखरेल

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सिंगो लुम्बिनी क्षेत्रको विकासको लागि संघीय सरकारले जिम्मा लिने बताएका छन् ।

उनले केन्द्रमा एउटा सरकार छ भन्ने मानसिकताबाट प्रभावित भएर माथि मात्र हेर्न थालिए विकास नहुने बताए ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको केन्द्रीय कार्यालयमा निर्मित प्रज्ञास्तुपको उद्घाटन एवं बुद्ध अस्थिधातु प्रतिस्थापन समारोहलाई बिहीवार लुम्बिनीमा सम्बोधन गर्दै मन्त्री पोखरेलले संविधानमा किटान गरिएका कामहरुमा आधारित भएर प्रदेश सरकार र स्थानीय सरकार काम गर्नुपर्ने बताए ।

उनले कुनै चुनौतीपूर्ण काम भए वा काम गर्दा बाधा आए त्यसमा संघीय सरकार सहयोग गर्न तयार रहेको बताए । ‘पर्यटन क्षेत्रको विकासको कुरा गर्दा केवल प्राकृतिक ढंगले निर्मित चिजलाई मात्र देखाउँदैछौं, अहिलेको प्रसंगसित सुहाउने हिसाबले त्यसको निर्माण गर्न सकेका छैनौं,’ उनले भने । हिजो बुद्धको जन्म लुम्बिनीमा भएको प्रसंगबाट मात्र विश्व चर्चित हुन नसकिने भएकाले यसलाई अहिलेको आवश्यकता अनुसार परिमार्जन गरी समृद्धि र विकासतर्फ लैजानुपर्ने उनले बताए ।

नेपालको औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले सन् २०१९ मा ७.१ प्रतिशत कायम भएको नेपालको आर्थिक वृद्धि सन् २०२० मा ६.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । 

विप्रेषण आप्रवाह, सेवा र कृषि क्षेत्रको उल्लेखनीय योगदानका कारण उच्च आर्थिक वृद्धि हासिल भएको नेपालको आगामी वर्षको आर्थिक वृद्धि घट्दो विप्रेषण आप्रवाह, जलवायु परिवर्तन र प्राकृतिक प्रकोप, अनियमित मनसुनका कारण कृषि उत्पादकत्वमा पर्ने प्रभावले आर्थिक वृद्धि खुम्चिने प्रक्षेपण गरिएको हो ।

बैंकले बिहीवार सार्वजनिक गरेको ‘नेपाल विकास अद्यावधिक’ प्रतिवेदनमा अधिक पर्यटकको आगमन, नेपाल भ्रमण वर्ष २०२०, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रायः पूरा हुनका साथै ठूला होटल निर्माण, अन्तर्राष्ट्रिय विमान कम्पनीहरूसँग भएका नयाँ सम्झौतालाई अर्थतन्त्रका  सकारात्मक सूचकका रुपमा चित्रण गरिएको छ । 

बाला नलाग्ने धानको बीउ, फौजी कीराको प्रकोपले कृषि उत्पादन घटाउने भएपनि सिमेण्ट तथा जलविद्युत्का क्षेत्रमा भएका नयाँ लगानीले औद्योगिक उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ । सरकारी कार्यालयमा कार्यसम्पादन सम्झौताले सरकारी खर्चमा सुधार आउने विश्वास गरिएको छ ।


महाधिवेशनको कार्यतालिका माग्दै रामचन्द्र–शशांक पक्षद्वारा कांग्रेस बैठक बहिष्कार
नेपाली कांग्रेसको चौधौं महाधिवेशनको कार्यतालिकाबारे केन्द्रीय समिति बैठकमा छलफल हुनुपर्ने माग वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् ।

सभापति शेरबहादुर देउवाले बिहीवारको केन्द्रीय समिति बैठकका लागि तयार पारेका ९ बुँदे प्रस्तावमा महाधिवेशनको कार्यतालिका समावेश नभएपछि पौडेल पक्षले बैठक बहिष्कार गरेको हो ।

पौडेलसहित पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य चन्द्र भण्डारी, रामकृष्ण यादव लगायतले बैठकमा सहभागिता जनाएका छैनन् । पौडेल पक्षको बहिष्कारपछि केन्द्रीय समिति बैठक प्रभावित भएको छ ।

नेता पौडेलले बैठकको कार्यसूचीमा महाधिवेशनको कार्यतालिकाको विषय राख्न सुझाव दिएपनि सभापति देउवाले कुनै जवाफ नदिएपछि पौडेल पक्षले बैठक बहिष्कार गरेको हो ।

सभापति देउवाले बिहीवारको बैठकमा पार्टीका विभिन्न विभागबारे निर्णय गराउने तयारी गरेका थिए । तर पौडेल पक्षले पार्टी महाधिवेशनमा केन्द्रित हुनुपर्ने माग राख्दै आएको छ । उपनिर्वाचनपछि महाधिवेशनको कार्यतालिका ल्याउने यसअघिको बैठकको सहमति देउवा पक्षले कार्यान्वयन नगरेपछि पौडेल पक्ष असन्तुष्ट बनेको छ ।

कांग्रेसको विधान अनुसार पार्टी महाधिवेशनको १ वर्षअघि नै स्थानीय तहका अधिवेशन हुनुपर्ने व्यवस्था रहेको पौडेल पक्षले जनाएको छ । आगामी फागुनमा पार्टीको १३ औं महाधिवेशन भएको ४ वर्ष पूरा हुँदैछ । फागुनमा स्थानीय तहका अधिवेशन गर्न अहिले नै कार्यतालिका निर्धारण गर्नुपर्ने पौडेल पक्षको अडान रहेको केन्द्रीय सदस्य रामकृष्ण यादवले बताए ।

सरकारको स्पष्टोक्ति - विशेष दूत पठाउने सन्दर्भमा भारतसँग कुनै सल्लाह भएको छैन

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले दुवै छिमेकी देशसँग सीमा यकिन गर्न समिति गठन गर्ने मन्त्रिपरिषदको निर्णय जसरी पनि कार्यान्वयन हुने बताएका छन् ।

मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न मन्त्रालयमा बिहिवार आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता बास्कोटाले सीमा अध्ययन गर्ने समिति गठन गर्ने मन्त्रिपरिषदको निर्णयअनुसार परराष्ट्र मन्त्रालयमा निर्देशन दिइसकेको बताए ।  

'सीमा सम्बन्धमा यकिन गर्न मन्त्रिपरिषदले निर्णय गरेको हो र परराष्ट्रलाई निर्देशन दिइएको छ,' बास्कोटाले भने, 'नेपाल-भारतबीचको सीमा पिलरका काम तत्कालै शुरू गरिनेछ, चीन सँगको मौसम अनुकुल भनेका थियौं । मौसमका कारण जटिलता उत्पन्न भएको छ । नापीका विभिन्न निकायहरू तयार छन् । यो प्रक्रिया अवरुद्ध हुन सक्दैन ।'

बास्कोटाले सीमासम्बन्धी प्रश्न जतिसुकै खर्चिलो भएतापनि पछि फर्किन नमिल्ने बताए । 'क्षमताअनुसार गर्दै जानुपर्छ,' उनले भने, 'सुस्ता लगायतका ठाउमा नदीको पानीले कटान गरेको छ । त्यस्ता ठाउँमा अलि जटिल छ । सीमा पिल्लर गाड्ने काम दुवै देशको सहकार्यमा हुनुपर्छ, न्यूनतम र आधारभूत सहमतिहरूका आधारमा गर्दै जानुपर्छ ।'


खेलाडीहरूले पैसाका लागि खेलेका थिएनन् : प्रवक्ता बास्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले खेलाडीहरूले पैसाका लागि नखेलेको भन्दै पुरस्कारका सन्दर्भमा असन्तुष्ट नहुन आग्रह गरेका छन् । 

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बास्कोटाले खेलाडीलाई प्रोत्साहन गर्ने धेरै विधि भएको भन्दै असन्तुष्ट नहुन आग्रह गरेका हुन् ।

सामूहिक खेलमा रजत पदक प्राप्त गर्ने खेलाडीका लागि पुरस्कार घोषणा नभएको असन्तुष्टि आएको भन्दै बास्कोटालाई पत्रकारले प्रश्न सोधेका थिए ।

‘उहाँहरू पैसाको लागि खेल्नुभएको थिएन,’ बास्कोटाले भने, ‘देशका लागि खेल्नुभएको थियो । मेहनत उहाँहरूको हो तर समर्पण देशका लागि गर्नुभएको छ । सम्माननीय प्रधानमन्त्री आफैंले अढाइ घण्टा गेम हेर्नुभयो । त्यो प्रोत्साहन थियो । समापनको दिन पनि प्राविधिक कारणले उहाँको भ्वाइस आएन तर पनि प्रोत्साहन नै भयो ।’ 

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ गते गर्ने निर्णय

सरकारले राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ गते गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगको सिफारिसमा सरकारले निर्वाचनको मितिबारे निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले निर्वाचन माघ ९ गते गर्ने निर्णय भएको जानकारी दिए ।

राष्ट्रिय सभाका एकतिहाइ सदस्यको पदावधि आगामी फागुनमा सकिने भएकाले माघमा निर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले पदावधि सकिनुभन्दा १ महिना अगाडि नै राष्ट्रियसभा सदस्य निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

नेपालले राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यका लागि उम्मेदवारी दिने

नेपालले सन् २०३७/०३८ को लागि संयुक्त राष्ट्र संघको अस्थायी सदस्यमा उम्मेदवारी दिने भएको छ । यसका लागि पहल शुरू गर्ने सरकारको निर्णय छ । 

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीवार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले सन् २०३७/०३८ सालको लागि उम्मेदवारी दिने निर्णय भएको जानकारी गराएका हुन् । 

अन्तर्राष्ट्रिस्तरमा सहयोग जुटाउन पहल गर्नको लागि परराष्ट्र मन्त्रालयलाई जिम्मा दिइएको मन्त्री बास्कोटाले जानकारी दिए । 

नेपालको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर : राजदूत पुरी

नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले राष्ट्रलाई आर्थिक–सामाजिक विकासको मार्गमाा अग्रसर गराउने नेपाल सरकारको समृद्धिको यात्रामा सघाउन भारत सदैव तत्पर रहेको बताएका छन् ।

आफ्नो सम्मानमा परराष्ट्र सचिव शंकरदास वैरागीले बिहीवार अपराह्न राजधानीमा आयोजना गरेको बिदाइ समारोहमा उनले ३ तहका निर्वाचन सम्पन्न गरेर नेपालले विश्वलाई एकता, शान्ति र प्रगतिका निम्ति पूर्ण प्रतिबद्ध रहेको सन्देश प्रवाह गरेको बताए ।

राजदूत पूरीले भने, ‘संसारका कुनै पनि देशले एकैपटक तीनवटा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको इतिहास छैन ।’

उनले भारत र नेपालबीचको सम्बन्ध अतुलनीय रहेको तथा शताब्दीऔं पुरानो आपसी मैत्री भविष्यमा अझ सुमधुर एवं सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताए । ‘देवभूमि नेपाल भारतीयहरूका निम्ति अति सम्मानीय छ, प्रकृतिको वरदानप्राप्त अति सुन्दर राष्ट्र नेपाल जलस्रोत र पर्यटनका माध्यमबाट विकासको पथमा लम्किन सक्षम छ,’ उनले भने । 

काठमाडौं महानगरले ट्राफिक व्यवस्थापनका लागि चालकलाई तालिम दिने

काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनलाई सुरक्षित र मर्यादित बनाउन सवारी चालकलाई सचेतनामूलक तालिम दिने भएको छ ।  

सवारी चालकको व्यवहारमा परिवर्तन गर्नका लागि उनीहरूलाई योजनाअनुरुप प्रशिक्षण दिन लागिएको हो । पहिलो चरणमा करीब २ हजार ५०० सवारी चालकलाई तालिम दिइने महानगरपालिकाले जनाएको छ ।

तालिममा उनीहरूलाई यात्रुसँग गनुपर्ने मीठो व्यवहार, कहाँ रोक्ने, कसरी यात्रु ओराल्ने भन्ने कुरा व्यवहारमा लागू गराउनका लागि प्रशिक्षण दिन लागिएको महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले जानकारी दिए ।

सार्वजनिक यातायात चालकलाई दिइन लागिएको प्रशिक्षणका लागि काठमाडौं उपत्यकामा सञ्चालित विभिन्न यातायात व्यवसायी प्रालिलाई पत्राचार गरिएको उनको भनाइ छ । प्रालिले सहभागी गराउनका लागि चालकको नामावली पठाएपछि महानगरले तालिमको आयोजना गर्नेछ । सचेतनामूलक तालिमपछि यात्रु र चालकबीचको सम्बन्ध सुमधुर हुनुका साथै दुर्घटनासमेत न्यूनकिरण हुने विश्वास गरिएको छ । 


मेलम्चीका सहायक ठेकेदारको भुक्तानीबारे अझै अन्योल

मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियन कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र सप्लायर्सको भुक्तानी टुंगो लाग्न सकेको छैन । 

स्थानीय कामदारको ज्यालाको टुंगो लागेपनि सहायक ठेकेदारका विषयमा टुंगो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ ।

सीएमसीले भुक्तानी गर्न बाँकी रहेको रकमसम्बन्धी माग दाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन गरिएको छ । मजदूरलाई ज्याला बापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए ।

भुक्तानी गर्न बाँकी रहेका भनिएका कम्पनीको माग सही छ छैन भनी भेरिफाइ (जाँच गर्ने) काम भइरहेको छ । ‘त्यो सकिना साथ भुक्तानी प्रक्रिया अघि बढ्ने छ,’ उनले भने । सीएमसी कम्पनी निर्माण कार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्तालाई भुक्तानी गरेको थिएन । कम्पनी गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गरेको प्रवक्ता शाक्यले बताए ।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

पश्चिमी न्यून चापीय वायुको प्रभावले बिहीवार देशभर बदली रही उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातसँगै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

बुधवार साँझ देशका पश्चिमी भूभाग हुँदै प्रवेश गरेको वायुको प्रभावले उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपात तथा पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् मञ्जु बासीले बताइन् ।

उनका अनुसार यो प्रणाली अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी भूभागमा समेत हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । 

उक्त प्रणालीका कारण आगामी ३ दिन देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा कमी आई चिसो बढ्ने जनाइएको छ । हाल देशका पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको बताइएको छ ।

हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । 

पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ ।

हिमपातले गर्दा जिल्लाको एकमात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ । नेपालगञ्ज सुर्खेतबाट बिहान ७ बजेदेखि हुम्लामा उडान गर्दै आएको तारा, सीता, समिट एयरलाइन्सको उडान प्रभावित भएको छ । हवाई यातायात बन्द हुँदा अत्यावश्यक कामका लागि बाहिर जाने स्थानीयवासी समस्यामा परेका छन् ।
। 

हिमपातका कारण चिसो अत्यधिक बढेको छ । यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । उत्तरी नाम्खा गाउँपालिकामा जिल्ला सदरमुकामभन्दा बढी चिसो रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

स्वधर्मको अनुयायी कसरी बन्ने ?

स्वधर्मको अनुयायी कसरी बन्ने ?

चैत ३, २०८०

स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

जनयुद्धको ‘माओवादी ह्याङओभर’ र नारायणकाजी

चैत १, २०८०

गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

एक पूर्व कर्मचारीको 'डायरी'– इमान्दार बन्दा कार्यालय नै नभएको ठाउँमा सरुवा

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

x